स्थानीय तहको सरकारले बाटै पिच्छे ढाट राखेर खसी, आलु र तरकारी बेच्दा मनपरि कर लिन थालेका छन् । बैतडीको पाटन नगरपालिकाले अनारखोली सडकमा निकासी कर लिन ढाट राखेर एउटा खसीको दुईसय रुपियाँ र आर्गनिक आलुमा प्रति क्विन्टल एकसय रुपियाँ कर लिन थालेपछि किसान मर्कामा परेका छन् ।
यस वर्षको पहिलो विदेशी पर्यटकको समूहले नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गरेको छ । हुम्लाको सदरमुकाम सिमकोट आइपुगेको चौथो दिन पर्यटकले मानसरोवर कैलाशको दर्शन गरेको हो । ट्रेकर सोसाइटीका प्रबन्धक प्रह्लाद लिम्बूले विभिन्न मुलुकका ५६ जनाको टोलीले लाप्चाबाट शनिबार दिउँसो मानसरोवर कैलाशको दर्शन गरेको बताउनुभयो ।
व्यावसायिक रूपमा सञ्चालनमा आएको तीन महिनापछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो सेवा सुरु भएको छ । शुक्रबार पहिलोपटक काठमाडौँको हिमालेक्स ट्रेडर्सले राइजिङ स्टार कार्गो प्रालिमार्फत कार्गो विदेश पठाउन सुरु गरेको हो । हाल कुवेतको जजिरा एयरले साताको तीनवटा उडान गर्दै आएको भैरहवा विमानस्थलमा यात्रु जहाजबाटै कार्गो पठाउन सुरु भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बताउनुभयो । काठमाडौँबाट ट्रकमार्फत भैरहवा पु-याइएको एक हजार तीन सय किलो हस्तकला र ऊनजन्य सामान निकासी गरिएको सो विमानस्थलका भन्सार प्रमुख टीकाराम गैरेले बताउनुभयो । उक्त कार्गो कुवेत ट्रान्जिट भएर शनिबार बिहान ७ बजेको उडानमार्फत फ्रान्स पठाइएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भन्सार महसुल, भूमिस्थ सेवालगायतका छुट सुविधाले गर्दा भैरहवाबाट भाडादरसमेत सस्तो छ । यसले यो विमानस्थलमा आकर्षण बढाउन र विदेशी मुद्रा आर्जनमा सहयोग पु¥याउने विश्वास छ । हाललाई यात्रु उडानमार्फत नै कार्गो निकासी सुरु भएको हो
कैलालीको बाढी, डुबान प्रभावित क्षेत्रका किसानले यस वर्ष लगाएको चैते धान दोस्रोपटक भित्र्याइरहेका छन् । मध्यअसारमा पहिलो पटक चैते धान काटेका किसानले डेढ महिनापछि दोस्रो पटक बाली भित्र्याइरहेका हुन् । पहिलो पटक काटेकै बोटमा नयाँ पालुवा पलाएर फेरि धान फलेपछि भित्र्याउने काम गरिरहेको भजनी नगरपालिका–३, पकरियापुरका बुद्धिराम चौधरीले बताउनुभयो । उहाँका अनुसार बाढीले नबिगारेका कारण यस वर्ष चैते धानखेती गरेका किसानलाई दोस्रो पटक पनि धान भित्र्याउने अवसर प्राप्त भएको हो ।
गरिबी, अशिक्षा तथा अनेक कारण कतिपय नेपाली बेला–बेलामा विभिन्न किसिमका बेइमानीका सिकार हुने गरेका छन्। यस्तै बेइमानीका आवरणमा मानव तस्करीको नयाँ रूप देखापरेको छ। मानव तस्करी धन्दा अहिले फस्टाएको छ। केही मानव तस्करहरूको मुख्य पेसा नै विदेशमा नेपालीलाई छलछाम गरेर पठाउनु रहेको छ। मानव तस्करी जस्तो डरलाग्दो तथा जघन्य अपराध फस्टाउनु निश्चित रूपमा सबैका लागि चिन्ताको विषय हो। सरकारका लागि गम्भीर चुनौती हो र यसले दीर्घकालमा समाजमा डरलाग्दो अवस्था सिर्जना गर्नेछ।
कोभिड–१९ को कहरबाट मुलुकले छुटकारा पाउँदै गर्दा विश्वव्यापी अर्थतन्त्रमा आएको गिरावटका बीच आवधिक चुनावको चटारोले मुलुकको घरेलु अर्थतन्त्रलाई चुनौती थपिदिएको छ । मुलुकको अर्थतन्त्र जटिल अवस्थाबाट गुज्रिरहेको र लोकतन्त्रलाई थप मजबुत र संस्थागत गरी मुलुक र जनताको समुन्नतिलाई सुनिश्चित गर्न राजनीतिक नेतृत्वको एकल प्रयत्न मात्र पर्याप्त हुँदैन । राजनीतिक नेतृत्वलाई मुलुकको प्रशासनयन्त्र र विकासे संरचनाहरूले थप प्रभावकारी तथा स्वतःउत्प्रेरित भई अहोरात्र खटेर बिनासर्त सघाउनुपर्ने हुन्छ । कर्मचारी प्रशासन र राजनीतिक नेतृत्वको सामूहिक प्रयासको उपलब्धि नै मुलुकको समृद्धि हो ।
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकले अहिले मुलुकको राजनीति तरङ्गित बनेको छ। सरकारले अन्य विषयलाई थाती राखेर नागरिकता पाउने पर्याप्त आधार हुँदाहुँदै पनि कानुनको अभावमा नागरिकता पाउन नसकेका लाखौँ युवालाई ‘अनागरिकबाट नागरिक बनाउन’ विधेयक ल्याएको हो। नेपालको संविधान २०७२ को धारा १० ले ‘कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिनेछैन’ भन्ने व्यवस्था कार्यान्वयन गर्न ल्याएको विधेयकलाई अनावश्यक रूपमा अतिरञ्जित गर्ने प्रयास भएको छ।
कोभिड महामारीपछि स्थानीयकरणको आवश्यकता टड्कारो महसुस भयो। स्थानीयकरण भनेको कुनै विशेष संस्कृति वा स्थानको माग पूरा गर्न स्रोत वा उत्पादनको अनुकूलन हो, जब कि भूमण्डलीकरण भनेको धेरै संस्कृति र स्थानको माग पूरा गर्न एक विशेष स्रोतको अनुकूलन हो । हामीले पिनदेखि प्लेन र स्क्रुदेखि पनडुब्बीसम्म सबै कुरा बनाउने रुचि त्याग्नुपर्छ । धेरै जसरी कम्पनीले ‘स्वट’ विश्लेषणमार्फत आफ्ना उत्पादन र सेवालाई तर्कसङ्गत बनाउन सिक्छन् । स्रोतसाधनका लागि कडा प्रतिस्पर्धा छ र स्रोत बाँडफाँटमा छनोटको दृष्टिकोण नभएसम्म आधारशीलाको राष्ट्रमै सीमित हुनेछौँ ।
देशको वर्तमान परिस्थितिलाई गहिरिएर हेर्दा पहाडी क्षेत्रका खेतीयोग्य जग्गा बाँझिँदै गएका छन्। खेती गरिएको छ भने पनि जङ्गली जनावरको बिगबिगीबाट खेतीपाती जोगाउन कठिन भएको छ। तराई र सहरका खेतीयोग्य जमिन सिमेन्ट र कङ्क्रिटले भरिँदै गएका छन्। कर्मठ युवाको ठूलो सङ्ख्या वैदेशिक रोजगारीमा बाहिरिएका छन्। जलवायु परिवर्तनका कारण खेती गर्ने वातावरण बिग्रँदै गएको मात्र होइन, यहांँका धेरैजसो कृषक खासगरी युवा महिला काम गर्ने वातावरणबाट टाढिँदै गएको देखिन्छ। नेपाली युवा स्वदेशमा रोजगारी नपाएर बाध्यतावश आफ्नो परिवारबाट टाढा विदेशतिर लागिरहेको अवस्थामा यहाँका उनका परिवारहरू पहाडबाट बसाइँसराइ गरी तराईमा तथा सहरमा बस्ने, काम नगर्ने, आयातित खाद्यान्नको प्रयोग, महँगा कपडा, घडी, मोबाइल फोन, सुनका गरगहनामा सजिसजाउ र सधैँ फुर्सदमा रमाएका देखिन्छन्।आडम्बरी र देखासिकी जीवनशैलीतर्फ आशक्ति बढेका कारण गृहस्थ्य जीवनमा प्रवेश गरेको पुस्ता परिवारबाट टाढिन बाध्य भएकाले समाजमा अनेकाँै विकृति मौलाएको हामी सबैले महसुस गरेकै कुरा हो। उनीहरूलाई पहिले पहिलेका आमा, दिदीबहिनीहरूले गरेका उत्साहजनक कामको अनुसरण गर्न गर्व लाग्दैन। आफ्ना सासुससुराले बालबालिका हुर्काउँदा भोग्नु परेका दुःख कष्ट, बुहार्तन, पेटभरी खान नपाउँदाको पीडा त दन्त्यकथाजस्तो भइसक्यो। हिजोका दिनमा हाम्रा आमा, दिदीबहिनीहरू विद्यालयसम्म टेक्न पाएनन् तर उनीहरूमा प्रकृति र वातावरणका बारेमा धेरै ज्ञान थियो। आपूmलाई चाहिने सम्पूर्ण औषधिजन्य जडीबुटीहरू आफँै पहिचान गर्ने, संरक्षण गर्ने र उपभोग गर्र्ने चलनको विकास भएको थियो। असार र साउन महिनाभरि त वर्ष दिनलाई पुग्ने खाद्यान्न जोहो गर्नका लागि खेतीपातीमा व्यस्त बन्नु पर्दथ्यो। अन्धविश्वास र कुरीति व्याप्त थियो तापनि अहिलेजस्तो श्रीमान्को आयु वृद्धिका लागि भनेर आफ्नै शरीरमा शिरदेखि पाउसम्मको आवरण हरियो बनाएर साउन महिना मनाउने तथा एक महिना पहिलादेखि दर खाने तीज मनाउने भड्किलो र खर्चिलो परम्परा भने चलनमा थिएन। नेपाली समाजका चाडपर्वहरू हाम्रा सांस्कृतिक सम्पदा हुन्। यिनीहरूले हाम्रो मौलिकता, पूर्खाप्रतिको सम्मान र हाम्रो पहिचानलाई जीवित राख्न सघाउँछन्। विगतका दिनहरूमा उत्पादनमा व्यस्त भएका महिला भदौ महिना लागेपछि मात्र दिनभरीको कृषि कामबाट फुर्सद भएपछि रातको समयमा टोल छिमेकमा जम्मा भएर गीत गाएर रमाइलो गर्ने चलन थियो। सबै आ–आफ्नै घरमा खाना खाएर जम्मा हुन्थे। बारीमा फलेका काँक्राबाहेक चिया खानेसम्मको पनि चलन थिएन। आपूmले भोग्न परेका लैङ्गिक विभेदका कुरा, घरपरिवारमा भोग्नु परेका महिला हिंसाका कथा, बिरामी पर्दा परिवारबाट अपहेलित हुनुपर्दाको दुःख, कामको बोझ भए पनि पेटभरी खान नपाउँदाको पीडा तथा समाजमा घटेका घटना र प्राकृतिक प्रकोपका घटनालाई मालाजस्तै बनाएर तीज गीत आफैँले रचना गर्ने, गाउने र नाच्ने चलन थियो। अहिलेजस्तो सञ्चार क्षेत्रले फड्को मारेको परिस्थिति भएको भए यस्ता सन्देशमूलक गीतका भावले संसारका कुना–कुनामा पुगेका नेपालीलगायत अन्य मुलुकका मानिसले समेत प्रशंसा गर्ने थिए होलान्। दरखाने दिन त एक दिन मात्र हुन्थ्यो, तीज पनि एक दिन मात्र मनाइन्थ्यो।यसै अवसरमा टाढा–टाढाबाट माइतीघरमा जम्मा भएका बालसखाको लामो समयपछिको भेटघाट, आमाबुवा दाजुभाइसँगको मिलन, आत्मीयता, मेलमिलाप तथा सद्भावका रूपमा लिने गरिन्थ्यो। अघिल्लो दिन रातिसम्म दर खाने र अर्को दिन श्रीमान्को दीर्घायुको कामना गर्दै पानीसमेत नपिएर निराहार व्रत बस्ने, महिनावारीलाई पाप हो भन्ने अन्धविश्वासले गर्दा पाप कटाउन पञ्चमी पूजा गरी अर्को दिन कर्मघरको भाका ननघाई फर्कने चलन थियो। एकातिर निराहार बस्ने, अर्को पञ्चमी पूजा गरी पाप कटाउने परम्परा सकारात्मक संस्कृति होइनन्, यो त अचेतनाको पराकाष्ठा हो, जुन अहिलेको समयमा पनि विद्यमान छ। हामी पूर्खाभन्दा कति चेतनशील भयौँ, मापनका लागि कुनै कसीको आवश्यकता पर्दैन यो हाम्रा आजका व्यवहारले पुष्टि गर्दै छ। तीज आयो भनेर चेलीबेटी बटुल्छन्,पञ्चमीको अर्को दिन रुँदै पठाउँछन् आज विज्ञान तथा प्रविधिको विकासले संसारको कुनै स्थानमा होस् वा कसैको घरको कोठामा भएका नेपालीले मनाएका तीज कार्यक्रमका दृश्यहरू संसारभर छरिएका नेपालीले प्रत्यक्ष हेर्न सकिने भएको छ। साउन महिना लागेदेखि नै नेपालमा मात्र होइन, युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलिया, जापानलगायतका नेपाली बसोबास गर्ने देशहरूमा तीज कार्यक्रम सञ्चालन भएका देखिएका छन्। सबैले युट्युबमा भएका गीतहरू बजाएर नाच्ने गरेको देखिन्छ, जसमा कपडा र गहनाको बयान तथा मायापीरतिमा आधारित तर अश्लील र उत्तेजनात्मक भाव प्रयोग भएको पाइन्छ। समाजको स्वरूप यसरी बदलियो कि प्रविधिले पनि नयाँ मोड लिएसँगै आधुनिक गीतहरू बनाएर युट्युबमार्फत नाच्ने प्रचलन हावी हुँदै छ, जसमा पुराना मौलिक गीतको त आभास नै हुँदैन बरु तीज मनाउने कार्यक्रममा हिन्दी गीतहरूले प्रश्रय पाउन थालेको देखिन्छ।हङकङको सारीले नेपालको धुलो उडायो भन्ने गीतले नेपालको बारेमा कस्तो सन्देश दिन्छ ? हामी आफ्नो जन्मभूमिको बदनाम त गरिराखेका छैनौँ ? सोच्न आवश्यक छ।वेशभूषामा पनि नेपालबाहेक अरू विभिन्न देशबाट आयातित महँगा सारी तथा लेहङ्गा लगाउने प्रवृत्तिको विकास भएको देखिन्छ। पुराना र मौलिक तीजका गीतहरू नगाए पनि गरगहना भने शताब्दी पहिलेका महिलाले लगाउने गरेका जन्तर, छड्के तिलहरी, चन्द्रमा, नौगेडी लगाउने प्रचलन भने बढ्दो क्रममा छ। नेपाली महिलाको जस्तो सुनका गरगहनाप्रतिको आशक्ति सायद विश्वका कुनै देशका महिलामा होला। परम्परालाई अनुसरण गर्ने नाममा साउन महिना लागेदेखि नै घर तथा सरकारी कार्यालय, सङ्घसंस्थाहरू, सहकारी, महिला समूह आदिले दैनिकजसो छुट्टाछुट्टै दर खाने प्रचलन बढ्दो देखिन्छ। कता गयो मौलिकता, कता गए वेदनाका गीत, कता गयो समाज, कता मोडियो रीतिरिवाज ? सर्जकले पनि तीजको सामाजिक र सांस्कृतिक महìवको पाटोभन्दा व्यापारिक पाटोलाई बढी ध्यान दिँदा संस्कारमा विकृतिले प्रश्रय पाएको भान हुन थालेको छ। कोरोनाजस्तो महामारीमा पनि जमघट गर्ने, आडम्बरी र तडकभडकपूर्ण वातावरणले छाड्न सकेको देखिँदैन। प्रविधिको यस्तो विकास भइरहेको सन्दर्भमा हाम्रा चाडपर्वहरूले धेरै कुरामा हाम्रो देशको मौलिकता, जातजातिमा भएका परम्परा झल्काउने, देशको गौरव हाम्रा हिमाल, नदीनाला, तालतलैया, पवित्र धार्मिक स्थलको बयान विविधतामा पनि एकता भएको समाजको बयान गरेको हुनुपर्दछ। बुद्ध जन्मेको देशका शान्तिप्रिय हामी नेपालीले विश्वमा शान्ति फैलाउने सन्देशमूलक गीत सिर्जना गरी विश्वमा फैलिँदै गरेको अशान्तिलाई कम गर्ने काममा योगदान पु-याउन सक्नुपर्दछ। सीता र भृकुटीजस्ता आदर्श नारी जन्मेका देशका हामी नेपाली महिलाले आफ्नो क्षमता, योग्यताको विकास गरी धैर्यता र सहनशीलताको खानी र परिवर्तनका संवाहक हौँ भन्ने प्रत्याभूति गराउन सक्नुपर्दछ। केही दशकयता कतिपय सर्जकहरू जस्तै– हरिदेवी कोइराला, शान्तिश्री परियार तथा विष्णु माझीजस्ता समाज बुझेका, भोगेका व्यक्तिबाट समाजमा भएका विकृति, भ्रष्टाचार र बेथिति, वर्गीय विभेद, जातीय विभेद, लैङ्गिक विभेद, देशको सामाजिक अवस्था, रोजगारीको अभावले विदेशमा नेपाली युवाले भोग्नु परेको पीडा आदिका बारेमा राम्रा र सबैले सुन्नैपर्ने खालका कारुणिक तीज गीत रचना गरेका छन्। यस्ता सिर्जनामा मौलिकता देखिन्छ। हाम्रो कला, संस्कार, संस्कृित र सभ्यता विश्वविजयी छ, यिनैको विकासबाट हाम्रो पहिचान बन्नुपर्दछ । श्रमजीवी वर्गको सम्मान गर्दै सिद्धान्तलाई व्यवहारमा लागू गरी आर्थिक र सामाजिक अधिकारद्वारा समानता स्थापना गर्न सकिन्छ। यसैमा देशको मौलिकता भेटिन्छ। परिवर्तित परिस्थितिसँगै वर्तमान समाजको चित्रण गर्दै तीजको परम्परा र मर्मलाई जोगाउनु आजको आवश्यकता हो। कृत्रिम गतिविधि सृष्टिको गति होइन।
गए रातिको बाढीले मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची–११ मा सडक अवरुद्ध भएको छ । सीमखेत नजिकै नदी सडकमा पसेर कटान गर्दा यातायातका साधन सञ्चालनमा समस्या आएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।
आइतबार बिहानैदेखि देशभर वर्षा भइरहेको छ । आज दिनभर देशैभरिको मौसममा सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिलेसम्म कसैको दृष्टि नपुगेको दोलखाको शैलुङ गाउँपालिका–४, चिनाखोरियाका खानेपानीको अभाव झेल्दै आएका २२ घर भुजेल परिवार घरआँगनमै खानेपानी प्रयोग गर्न पाएपछि खुसी भएका छन् । खानेपानी सुरक्षा तथा बास उत्थानशीलता परियोजनाबाट छरछरे चिनाखोरिया खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएर घरआँगनमै खानेपानी प्रयोग गर्न पाएपछि उनीहरू खुसीले भएका ९७ वर्षीया रत्नकुमारी भुजेलले बताउनुभयो ।
मेलम्ची नगरपालिका–१० का मनोज अधिकारीको बिहानै उठेर फार्ममा पुगी बिक्रीका लागि कुखुरा तथा खसीको मासु तयार गरी वडा नं. ११ स्थित मेलम्ची बजारमा रहेको पसलमा लैजानु दैनिकी बनेको छ। फार्मबाट दैनिक तीन सय केजी मासुसहित अन्य सामान बोकेर बजारसम्म जाने एकमात्रै विकल्प हो झोलुङ्गे पुल। मेलम्ची बजारमा रहेको मोटरेबल पुल बगाएपछि बजार आउन कि त झोलुङ्गे पुलबाट आउनुपर्छ कि त बाहुनेपाटी हुँदै घुमेर लामो बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पोखरामा हाल सञ्चालनमा रहेको आन्तरिक विमानस्थलका संरचना र भूभागको अधिकतम सदुपयोग आग्रह गर्नुभएको छ ।
यो वर्षको मदन पुरस्कार डा. नवराज लम्सालको पुस्तक ‘अग्नि’ले पाएको छ।