• ११ वैशाख २०८१, मङ्गलबार

फिल्म 'राम सेतु' को टिजर सार्वजनिक

blog

काठमाडौं, असोज १० गते । बलिउड अभिनेता अक्षय कुमार अभिनित फिल्म 'राम सेतु'को टिजर सार्वजनिक गरिएको छ । अक्षयले फिल्मको टिजर सार्वजनिक गर्दै ट्वीटरमा लेख्नुभएको छ, "राम सेतुको पहिलो झलक" । फिल्ममा अक्षय पुरातत्वविद्को भूमिकामा देखिएका छन् । 

अभिषेक शर्माले निर्देशनमा बनेको फिल्ममा ज्याकलिन फर्नान्डिज, नुसरत भरुचा, सत्यदेव कंचराना, एम नासिरलगायतको अभिनय रहेको छ । 

फिल्म अक्टोबर २५ अर्थात् कार्तिक ८ गतेदेखि प्रदर्शन हुने तयारीमा छ ।