• १५ चैत २०८०, बिहिबार

कथा सङ्ग्रह तनुजा सार्वजनिक

blog

अन्तर्राष्ट्रिय नेपाली समाज, भाषा साहित्य समितिका अध्यक्ष साहित्यकार डा.जानुका पौडेल नेपालद्वारा लिखित कथा संग्रह ‘तनुजा’को विमोचन ।

काठमाडौं, असोज १० गते । अन्तर्राष्ट्रिय नेपाली समाज, भाषा साहित्य समितिका अध्यक्ष साहित्यकार डा.जानुका पौडेल नेपालद्वारा लिखित कथा सङ्ग्रह ‘तनुजा’को सोमबार विमोचन गरिएको छ ।

साहित्यकार प्रा.डा. व्रतराज आचार्य, प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार डा. जर्नादन नेपाल, प्रधानमन्त्री कार्यालयका सचिव सुरेश आचार्य, डा. विद्यानाथ कोइरालालगायतले उक्त कृति संयुक्त रुपमा सार्वजनिक गर्नुभयो ।

एक्काइसौ शताब्दीका किशोरमैत्री कथाहरु समेटिएको सङ्ग्रहका बारेमा प्राडा. व्रतराज आचार्य, साहित्यकार विजय चालिसे, डा.रेनुका सोल, खगराज बराललगायतले टिप्पणी गर्नुभएको थियो ।

पुस्तकका लेखक डा.नेपालले शिक्षण पेशाका क्रममा विद्यालयभित्र हुने गरेका बालिका हिंसाका कुरालाई कथाको अङ्ग बनाएको बनाउनुभयो । किशोरकिशोरीको मनोविज्ञानमा आधारित कथाहरु नै सङ्ग्रहको मुख्य विशेषता भएको उहाँले उल्लेख गर्नुभयो ।