नेपाली कांग्रेसका महामन्त्री तथा युवा नेता विश्वप्रकाश शर्माले आफूलाई यसपटक चुनाव हार्न छुट नभएको बताउनुभएको छ।
फ्रान्समा हालै भएको विश्वकै प्रतिष्ठित अल्ट्रा रेस मोन्ट ब्लांक (यूटीएमबी) को १०० किमि दौडमा नेपालकी सुनमाया बुढामगर दोस्रो हुनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पुशपतिनाथको दर्शन गर्नुभएको छ।
नेकपा (माओवादी केन्द्र) ताप्लेजुङले आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आफ्ना उम्मेदवारको नाम सिफारिस गरेको छ। माओवादी केन्द्र ताप्लेजुङले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्नेहरुको नाम सिफारिस गरेको हो।
सरकारले विभिन्न मन्त्रालय मातहतका आयोजना तथा कार्यक्रमका लागि विभिन्न पदका छ सय ६३ अस्थायी दरबन्दी स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को यही भदौ १३ गते बसेको बैठकले आर्थिक वर्ष २०७९/८० का लागि मन्त्रालयअन्तर्गतका आयोजना, परियोजना, कार्यक्रम र समितिमा आवश्यक राजपत्राङ्कित श्रेणी वा सोसरहका विभिन्न अस्थायी दरबन्दी स्वीकृत गरेको हो।
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् । कार्यबाहक प्रशिक्षक प्रदीप हुमागाईंले प्रशिक्षणमा रहेका ३० खेलाडीबाट ३० खेलाडी अर्को चरणको प्रशिक्षणमा राख्नुभएको हो ।
काठमाडौं, भदौ १४ गते । बाँकी चार वर्षका लागि जी टु जी प्रावधानअन्तर्गत भारतबाट मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई तोक्ने निर्णय भएको छ।सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहार कार्कीले भारतबाट मल खरिदका लागि बाँकी चार वर्षको अवधि पनि कृषि सामग्री कम्पनी लिमिटेडलाई तोक्ने निर्णय भएको बताउनुभयो।भारत सरकारसँग हस्ताक्षर भएको समझदारीपत्रमा भएको व्यवस्था बमोजिम यो प्रक्रिया अघि बढेको हो। सरकारले गत वर्ष पाँच वर्षका लागि भारतबाट मल खरिद गर्ने गरी जी टु जी प्रक्रियामा हस्ताक्षर गरेको थियो। त्यति बेला नै मन्त्रिपरिषद् बैठकले एक वर्षका लागि मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेलाई तोकेको थियो। एक वर्षको अवधि असार मसान्तमै सकिएकाले खरिदको बाँकी चार वर्षको सबै अवधि कृषि सामग्री कम्पनी लिमिटेडलाई तोक्ने निर्णय भएको हो। अब कृषि सामग्री कम्पनी लिमिटेडले जी टु जी प्रक्रियाबमोजिम चार वर्षका लागि भारत सरकारसँग वार्ता गरेर मल खरिद गर्नुपर्ने छ।
ज्ञानेन्द्र मल्लको अर्धसतक र रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरेपछि टी–२० सिरिजको पाँचौँ तथा अन्तिम खेलमा नेपालले घरेलु टोली केन्यालाई जितको लागि १७६ रनको बलियो लक्ष्य दिएको छ ।
लामो समयसम्मको प्रयासपछि तनहुँको सदरमुकाम दमौलीस्थित दमौली अस्पताललाई जग्गा प्राप्त भएको छ। अस्पताल विकास समितिले धेरै पहिलादेखि नै जग्गा प्राप्तीको लागि पहल कदमी गरिरहेको भएपनि भोगचलनको लागि हालै स्विकृत पाएको हो।
काठमाडौं, भदौ १४ गते । गत शुक्रबारबाट नेपालभर प्रदर्शनीमा आएको नेपाली चलचित्र राधाले आफ्नो प्रदर्शनी रोकेको छ। मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै चलचित्र निर्माण टिमले प्रदर्शन रोक्ने घोषणा गरेको हो । चलचित्रलाई सिनेमा हलहरूले अन्याय गरेको उनीहरूको आरोप छ। शुक्रबार ४५ सो पाएको चलचित्रले शनिबार ५० सो र तीजको दिन ५५ सो भन्दामाथि पाउने आस गरे पनि अपेक्षाकृत रूपमा हलले सो नदिएको उनीहरूको आरोप छ। नेपाली फिल्म राधाले दर्शकको राम्रो प्रतिक्रिया पाएको तर हलले प्रदर्शनको समय नदिएको उनीहरूको गुनासो छ। पत्रकार सम्मेलनमा बोल्दै फिल्मका निर्देशक सुवर्ण थापाले हलहरूले दर्शक जाँदाजाँदै पनि सो घटाएर अन्याय गरेको बताउनुभयो। उहाँले फिल्म लामो समयसम्म चल्ने अपेक्षा राखेको र दर्शक आइरहेको बेलामा सो नै नदिनु नेपाली चलचित्र क्षेत्रमै अन्याय भएको बताउनुभयो। आफूसँगै प्रतिस्पर्धामा रहेको प्रकाश चलचित्रले पनि पत्रकार सम्मेलन गरेपछि मात्रै केही सोहरू बढाएको बताउनु भयो। त्यस्तै अभिनेता सौगात मल्लले हलले सो नदिए वैकल्पिक उपाय सोच्नुपर्ने बताउनुभयो। अभिनेत्री श्रृष्टि श्रेष्ठले अब चाँडै अर्को विकल्प खोजेर दर्शकसामु पुग्ने बताउनुभयो। उहाँले वैकल्पिक उपायबाट दर्शकसँग जोडिने बारेमा छलफल भइरहेको र अन्यायमा पर्ने अन्य फिल्महरुका बारेमा यसले सहयोग पुग्ने बताउनु भयो। सुवर्ण थापाको निर्देशन रहेको फिल्ममा सौगात र श्रृष्टीबाहेक दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, दिव्यदेव पन्त, पुष्कर गुरुङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडा लगायतका कलाकारको अभिनय छ। फिल्म आदियोगी भिजन, महारानी इन्टरटेन्मेण्ट युके, मण्डला अनलाइन र एएमआइ फिल्मस्को प्रस्तुति र मन प्रोडक्शनको एसोसिएसनमा निर्माण भएको हो। फिल्म वीरजना इन्टरटेन्मेण्ट तथा विक्रमदास जोशी सह-निर्माता रहेका छन्। फिल्ममा सुवर्णको कथा, नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन र कालीप्रसाद बाँस्कोटाको सङ्गीत छ।
मंगलबार शेयर बजार मापक नेप्से परिसूचक सामान्य सुधार भएको छ ।
सप्तरीसहित मिथिला क्षेत्रमा मंगलबार चौरचन पर्व मनाएका छन् भने तीज पर्व हिन्दु नारीले मनाएका छन्।
नेपालगन्ज म्याराथन कोर्स अब अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हुने भएको छ । त्यसका लागि प्रक्रिया अघि बढेको छ । वल्र्ड एथ्लेटिक्स अन्तर्गत एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रनिङ(एम्स)का आधिकारिक प्रतिनिधि आमिर सान्डिवानले सोमबार नेपालगन्ज म्याराथनको नाप लिएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १२ वटा निर्णय गरेको छ।
ऊर्जा,जलस्राेत तथा सिंचाइमन्त्री पम्फा भुसालले विद्युत निर्यातले देशको व्यापार घाटा कम गर्न महत्वपूर्ण योगदान रहने बताउनुभएको छ । मंगलबार नेपाल विद्युत प्राधिकरणले काठमाडौंको रत्नपार्कमा सञ्चालनमा ल्याएको चार्जिङ स्टेसनको उद्घाटन गर्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो ।