• १० मंसिर २०८१, सोमबार

नेपालद्वारा केन्यालाई १७६ रनको बलियो लक्ष्य

blog

फाइल तस्बिर ।

काठमाडौं, भदौ १४ गते । ज्ञानेन्द्र मल्लको अर्धसत्तक र रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरेपछि टी–२० सिरिजको पाँचौँ तथा अन्तिम खेलमा नेपालले घरेलु टोली केन्यालाई जितको लागि १७६ रनको बलियो लक्ष्य दिएको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १७५ रन बनायो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले अर्धसतकीय इनिङ्स खेल्नुभयो । मल्लले ५९ रन बनाउनुभयो । उहाँले ४४ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा उक्त रन जोड्नुभएको हो । रोहित पौडेलले ४७, अर्जुन साउदले २९ र दीपेन्द्रसिंह ऐरीले २२ रन बनाउनुभयो ।

बलिङमा केन्याका नेहेम्याह ओडिम्बो, सेम नेगोचे र भिराज पटेलले दुई दुई विकेट लिनुभयो । लुकास ओलुचले एक विकेट लिनुभएको थियो । निर्णायक सिरिजमा नेपाल जितको लक्ष्य सहित प्रस्तुत भएको छ । पाँच खेलको सिरिज २–२ को बराबरी अवस्थामा छ ।