• ८ जेठ २०८१, मङ्गलबार

बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिए

blog

काठमाडौं, भदौ १४ गते । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् । कार्यबाहक प्रशिक्षक प्रदीप हुमागाईंले प्रशिक्षणमा रहेका ० खेलाडीबाट ३० खेलाडी अर्को चरणको प्रशिक्षणमा राख्नुभएको हो ।

बाहिरिने खेलाडीहरुमा देवेन्द्र तामाङ, छिरिङ गुरुङ, निशान खड्का, अमित तामाङ, गौतम श्रेष्ठ, पुजन उपरकोटी, राजन गुरुङ, सुवाष गुरुङ, जर्ज प्रिन्स कार्की र आशिष चापागाइँ हुनुहुन्छ । नेपाली टोली अहिले बंगलादेशसँग असोज ११ गते दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेलका लागि प्रशिक्षणमा ब्यस्त बनेको हो । 

बन्द प्रशिक्षणमा रहेका खेलाडी  

गोलरक्षक : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ र दीप कार्की

रक्षक : अनन्त तामाङ, रोहित चन्द, विकाश तामाङ, विकाश खवास, दिनेश राजवंशी, सुमन अर्याल  रन्जित धिमाल

मिडफिल्डर : तेज तामाङ, शेशेहाङ आङ्देम्बे, विशाल राई, एरिक विष्ट, मनिष डाँगी, सुरज जीउ ठकुरी, सुनील बल, आयुष घलान, सुजल श्रेष्ठ, आभाष लामिछाने, सुदीप गुरुङ, संजोग राई र अन्जन विष्ट

स्ट्राइकर : विमल घर्तीमगर, रितिक खड्का, अभिषेक रिजाल, भरत खवास, आशिष चौधरी र नवयुग श्रेष्ठ ।