नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबी भेटघाट भएको छ ।
नमराज सुवेदीनुवाकोट, असार १८ गते। नुवाकोटको विदुर नगरपालिका–३ का संगीता श्रेष्ठ र उनको छोरालाई शनिबार अपराह्न त्रिशूली नदीले बगाएर बेपत्ता बनाएको छ। सात वर्षका छोरा युनिक श्रेष्ठलाई नदीले बगाएपछि बचाउने क्रममा उनकी आमा २८ वर्षीया संगीतालाई पनि नदीले बगाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख रामप्रकाश शाहले जानकारी दिनुभयो। उनका अनुसार वडा नम्बर ३ मैरिटारमा निवासी उनीहरू घर नजिकै ढोडेनीमा रहेको खेतमा काम गर्न गएका थिए। खेतको काम सकेर घर फर्कनुअघि हातगोडा धुन लागेका युनिकलाई त्रिशूली नदीले बगाएपछि बचाउन नदी पसेको आमालाई समेत बगाएको स्थानीयवासीले प्रहरीलाई बताएका छन्। नदीमा पानीको बहाव ठूलो र पानीसमेत धमिलो भएकाले खोजतलासमा कठिनाइ भएको प्रहरीले जनाएको छ। हराइरहेका उनीहरूको खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटसहित मातहतका प्रहरी एकाइ, सशस्त्र प्रहरी बल १९ नम्बर गुल्म नुवाकोट र जबरजङ्ग गण देवीघाटबाट खटिएका १०० भन्दा बढी सुरक्षाकर्मी एवं स्थानीयवासी खटिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिनुभयो।
पूर्व मन्त्री एवम् नेपाली काँग्रेसका नेता भीमसेनदास प्रधानले गिरिजाप्रसाद कोइरालाको दृढ इच्छाशक्तिले नै २०६२-०६३ को आन्दोलन सफल भएको बताउनु भएको छ ।
धरान उपमहानगरपालिकाले खानेपानीको समस्यालाई अल्पकालीन रुपमा समाधान गर्न पकुवा खोलामा खानेपानीको दुईवटा ट्याङ्की निर्माण गरेको छ ।
नुवाकोटे टाइगर चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगितामा शनिबार शनिबार च्याम्पियन बन्नुभएको छ । प्रतियोगिताको मुख्य स्पर्धा मानिने हेभिवेट भिडन्तमा नुवोकोटेले डेविडलाई पराजित गर्दै राष्ट्रिय प्रतियोगितामा पहिलोपटक च्याम्पियन बन्नुभएको हो । अघिल्ला तीन संस्करणमा डेविड, साइन र चट्टान विजेता बन्नुभएको थियो । उपाधिसंगै नुवाकोटेले १ लाख २५ हजार रुपियाँ पुरस्कार पाउनुभयो ।
बागमती प्रदेश न्यू डायमण्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । कीर्तिपुरस्थित बहुउदेश्यीय कभर्डहलमा शनिबार भएको फाइनल खेलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हरायो ।
काठमाडौं असार १८ गते। भाषाविज्ञ तथा राजनीतिज्ञ डा. गोपाल ठाकुरद्वारा लिखित ‘जीवंत भोजपुरी मजबुन’ पुस्तक सार्वजनिक भएको छ।लिंकम युरोपा जर्मनीबाट प्रकाशित अनुसन्धानमूलक उक्त ग्रन्थमा भोजपुरी रहनसहन, भेषभूषा, संस्कृति, भाषा, लोककथा, दैनिकी, घरेलु काम, अन्तर्वार्ता, मनोवाद, संवाद लगायतका सामाजिक, सांस्कृतिक तथा जनजीवनका विभिन्न पक्ष समोवश छन्। ग्रन्थकार डा. ठाकुरले भोजपुरी भाषा, संस्कृति, रहनसहन, रीतिथिति, जनजीवन, कृति, खाद्य प्रणाली लगायतका विविध पक्षलाई बुझ्न कृतिले मद्दत गर्ने बताए। उनले भने, ‘अन्तर्राष्ट्रिय रुपमा जसले भोजपुरी बुझेका छैनन् तिनका लागि समेत कृतिले सहयोग पुर्याउँछ। साथै शब्दकोशको काम गर्नेका लागि समेत यसले मद्दत पु¥याउँछ।’ उनका अनुसार भोजपुरी शब्दको प्रयोग कसरी भएको छ त्यसलाई थाहा पाउनका लागि समेत पुस्तक निकै उपयोगी छ।कृतिमा विभिन्न १३ वटा अलग अलग विधाको खोजी गरिएको छ। भोजपुरी संस्कृति, समाज, कृषि, पाककला, लोकवार्ता, पर्यावरण लगायतका विविध पक्ष समेटिएको उक्त कृतिमा विभिन्न व्यक्तिका अन्तर्वार्ता, अनुभव, लोककथा आदि रहेका छन्। यो कृतिको प्रस्तुतिकरण, अन्तर्राष्ट्रिय ध्वनी वर्णमालामा नेपालको भोजपुरी क्षेत्रको रुपमा परिचित बारा–पर्साको बोलीलाई केन्द्रविन्दुमा राखी लेखकद्वारा अन्तर–रेखीयकरण प्रस्तुति गरिएको छ। जसमा देवनागरी, अन्तर्राष्ट्रिय ध्वनी वर्णमाला, रुपविन्यास, शाब्दिक अनुवाद र स्वतन्त्र अंग्रेजी अनुवाद रहेका छन्। साथै कृतिमा भोजपुरी भाषाका ध्वनीशास्त्रीय, रुप वर्णात्मक, रुपात्मक, रुप वाक्यात्मक लगायतका पक्षहरूको वर्णनसहित शब्द र खण्ड राखिएको छ। तिनीहरूलाई शब्द वा वाक्य पहिलो पटक देवनागरीमा प्रस्तुत गरिएको लेखकले जानकारी दिए।
नेकपा एकता राष्ट्रिय अभियान घोषणा भएको एक सातामै विवाद भएको छ।
कपिलबस्तुमा धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका –२ बालापुर बस्ने १९ वर्षीया सुशिला थारु रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक जेशी शाहले बताउनुभयो ।
उदयपुरको त्रियुगा नदी नियन्त्रणका लागि निर्माण गरिएको उच्च गुणस्तरको भनिएको तटबन्ध विभिन्न स्थानमा बाढीले बगाएको छ । सदरमुकाम गाईघाट हुँदै सप्तकोसीसम्म जोडिएको त्रियुगा नदी नियन्त्रण गर्न नेपाल सरकारले छुट्टै गुरुयोजना बनाएर काम गर्दैआएको छ ।
पाँचथरको फालेलुङ गाउँपालिका–७ को रातमाटेमा गएको परिरोमा परेर एक जनाको मृत्यु भएको छ। अन्य दुई जना बेपत्ता भएका छन्।
नवलपुर जिल्लामा पछिल्लो समय होमस्टे अर्थात घरवासबाट राम्रो आम्दानी हुन थालेपछि यसप्रतिको आर्कषण बढ्न थालेको छ । होमस्टे सञ्चालनमा सुरुका दिन स्मरण गर्दै अमलटारी मध्यवर्ती होमस्टेका सहव्यवस्थापक पिङकी महतो गाउँघरमा महिलाको जीवनस्तरमा होमस्टेले ठूलो परिवर्तन ल्याएको बताउनुभयो ।
छैटौं महिला साफ च्याम्पियनसिप फुटबल नेपालमा आयोजना हुने भएको छ । बंगलादेशको ढाकामा शनिबार वसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी बैठकले महिला साफ च्याम्पियनसिप भदौ १३ देखि २५ गतेसम्म नेपालमा आयोजना गर्ने निर्णय गरेको हो ।
नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले खेल पर्यटनलाई सरकारले प्राथमिकतामा राखेर अगाडि बढ्ने बताउनुभएको छ । विश्व खेलकुद पत्रकार दिवसका अवसरमा शनिबार नेपाल खेलकुद पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको ‘नेपालमा खेल पर्यटनको सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले युवा तथा खेलकुद मन्त्रालयसँगको समन्वयमा खेल पर्यटनलाई प्राथमिकतामा राखिने बताउनुभएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले ‘कमरेड’ भन्नुमा आपत्ति गर्नु नपर्ने बताउनुभएको छ । सो शब्द आफूलाई असाध्य मन पर्ने उहाँको भनाइ छ । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा नेकपा (माले) का पोलिटब्यूरो सदस्य रहेका कुमार श्रेष्ठलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष थापाले कमरेड भन्नुमा आपत्ति गर्नु नपर्ने बताउनुयो ।