• १२ साउन २०८१, शनिबार

‘जीवंत भोजपुरी मजबुन’ पुस्तक सार्वजनिक

blog

काठमाडौं असार १८ गते। भाषाविज्ञ तथा राजनीतिज्ञ डा. गोपाल ठाकुरद्वारा लिखित ‘जीवंत भोजपुरी मजबुन’ पुस्तक सार्वजनिक भएको छ।

लिंकम युरोपा जर्मनीबाट प्रकाशित अनुसन्धानमूलक उक्त ग्रन्थमा भोजपुरी रहनसहन, भेषभूषा, संस्कृति, भाषा, लोककथा, दैनिकी, घरेलु काम, अन्तर्वार्ता, मनोवाद, संवाद लगायतका सामाजिक, सांस्कृतिक तथा जनजीवनका विभिन्न पक्ष समोवश छन्। 

ग्रन्थकार डा. ठाकुरले भोजपुरी भाषा, संस्कृति, रहनसहन, रीतिथिति, जनजीवन, कृति, खाद्य प्रणाली लगायतका विविध पक्षलाई बुझ्न कृतिले मद्दत गर्ने बताए। उनले भने, ‘अन्तर्राष्ट्रिय रुपमा जसले भोजपुरी बुझेका छैनन् तिनका लागि समेत कृतिले सहयोग पुर्‍याउँछ। साथै शब्दकोशको काम गर्नेका लागि समेत यसले मद्दत पु¥याउँछ।’ उनका अनुसार भोजपुरी शब्दको प्रयोग कसरी भएको छ त्यसलाई थाहा पाउनका लागि समेत पुस्तक निकै उपयोगी छ।

कृतिमा विभिन्न १३ वटा अलग अलग विधाको खोजी गरिएको छ। भोजपुरी संस्कृति, समाज, कृषि, पाककला, लोकवार्ता, पर्यावरण लगायतका विविध पक्ष समेटिएको उक्त कृतिमा विभिन्न व्यक्तिका अन्तर्वार्ता, अनुभव, लोककथा आदि रहेका छन्। 

यो कृतिको प्रस्तुतिकरण, अन्तर्राष्ट्रिय ध्वनी वर्णमालामा नेपालको भोजपुरी क्षेत्रको रुपमा परिचित बारा–पर्साको बोलीलाई केन्द्रविन्दुमा राखी लेखकद्वारा अन्तर–रेखीयकरण प्रस्तुति गरिएको छ। जसमा देवनागरी, अन्तर्राष्ट्रिय ध्वनी वर्णमाला, रुपविन्यास, शाब्दिक अनुवाद र स्वतन्त्र अंग्रेजी अनुवाद रहेका छन्। 

साथै कृतिमा भोजपुरी भाषाका ध्वनीशास्त्रीय, रुप वर्णात्मक, रुपात्मक, रुप वाक्यात्मक लगायतका पक्षहरूको वर्णनसहित शब्द र खण्ड राखिएको छ। तिनीहरूलाई शब्द वा वाक्य पहिलो पटक देवनागरीमा प्रस्तुत गरिएको लेखकले जानकारी दिए।