• २८ वैशाख २०८१, शुक्रबार

कमरेड शब्द मलाई असाध्यै मनपर्छ : अध्यक्ष थापा

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार १८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले ‘कमरेड’ भन्नुमा आपत्ति गर्नु नपर्ने बताउनुभएको छ । सो शब्द आफूलाई असाध्य मन पर्ने उहाँको भनाइ छ । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा नेकपा (माले) का पोलिटब्यूरो सदस्य रहेका कुमार श्रेष्ठलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष थापाले कमरेड भन्नुमा आपत्ति गर्नु नपर्ने बताउनुयो । 

उहाँले आफूलाई कमरेड शब्द धरै मनपर्ने कमरेडकै रुपमा नेता श्रेष्ठलाई पार्टीमा स्थान दिने बताउनुभयो । अध्यक्ष थापाले राप्रपा नेपाललाई बलियो राष्ट्रवादी पार्टी बनाउने उदघोष गर्नुभयो । उहाँले देशमा भइरहेको भ्रष्टाचारबिरुद्ध लड्न खोज्ने व्यक्तिका लागि राप्रपा नेपाल सदैव साथमा रहेको र आफ्नो पार्टीमा आवद्ध हुन उहाँले आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कमरेड भन्ने शब्द मलाई असाध्यै मन पर्छ । कमरेड भनेको ‘साथी’ भनेको हो । मित्र भनेको हो । जोसँग भावना मिल्छ, संघर्ष गरिन्छ, त्यो कमरेड हो । कमरेड शब्दमा आपत्ति गर्न नहुने उहाँको भनाइ छ । 

सो अवसरमा अध्यक्ष थापाले हिन्दु राष्ट्रका लागि लडिरहेका सबैलाई शक्तिलाई राप्रपा नेपालको अभियानमा जोडिन आग्रह समेत गर्नुभयो । मुद्दा मिल्ने शक्तिसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको उहाँले प्रष्ट पार्नुभयो ।