• २८ वैशाख २०८१, शुक्रबार

पूर्व प्रधानमन्त्री नेपाल र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

blog

तस्बिर पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको निजी सचिवालय

काठमाडौं, असार १८ गते । पूर्व प्रधानमन्त्री एवम्  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबी  भेटघाट भएको छ ।

अध्यक्ष नेपाललाई भेट्न राजदूत श्रीवास्तव कोटेश्वरस्थित निवासमा पुग्नुभएको थियो । 

अध्यक्ष नेपालले राजदूत श्रीवास्तवलाई स्वागत गर्दै उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । 

नेपाल भारत सम्बन्ध र अहिले भइरहेको विविध समस्याका बारेमा कुरा भएको थियो । श्रीवास्तवले शिष्टाचार भेटपछि दुई देशबीचको सम्बन्धलाई बलियो बनाउने आश्वासन दिनुभएको थियो । रासस