• १९ असोज २०८१, शनिबार

महिला साफ च्याम्पियनसिप नेपालमा

blog

फाइल तस्बिर ।

काठमाडौं, असार १८ गते । छैटौं महिला साफ च्याम्पियनसिप फुटबल नेपालमा आयोजना हुने भएको छ । बंगलादेशको ढाकामा शनिबार वसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी बैठकले महिला साफ च्याम्पियनसिप भदौ १३ देखि २५ गतेसम्म नेपालमा आयोजना गर्ने निर्णय गरेको हो ।

साफ बैठकमा अखिल नेपाल फुटबल संघ (एन्फा) को तर्फबाट प्रतिनिधित्व गर्नुभएका महासचिव किरण राईले साफ आयोजनाको प्रस्ताव गर्नुभएको थियो । यसअघि पाँचौं संस्करण पनि नेपालले आयोजना गरेको थियो । विराटनगरमा भएको महिला साफमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।