संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले इथियोपियामा हिंसा बन्द गर्न आग्रह गर्नुभएको छ । उहाँले इथियोपियाको टिगरे क्षेत्रमा अहिले पनि हिंसा जारी रहेकाले हिंसा रोक्नुपर्ने र सो क्षेत्रमा इरिट्रयाका सेना रहेकाले ती सेना पनि फर्किनुपर्ने बताउनुभएको हो ।
धनगढी उपमहानगरपालिका–८ की ललिता सोब एकल महिला हुनुहुन्छ । बेरोजगार उहाँ एकल महिला भत्ताको भरमा जेनतेन गुजारा गर्दै आउनुभएको छ । एकल महिलाले क्षमतानुसारको रोजगारी पाउनुपर्ने माग राख्दै आउनुभएकी ललिताले उम्मेदवारले यस्ता सवाल सम्बोधन गर्न पहल गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कैयौँ निर्वाचनमा भोट खसालिसकेँ तर हामीजस्ता महिलाको समस्या दीर्घकालीन रूपमा समाधानका लागि पहल गर्ने जनप्रतिनिधि भेटिएका छैनन् । अब हुने निर्वाचनका उम्मेदवारले कम्तीमा पनि यस्ता सवाललाई समेट्नुपर्दछ ।”
तीन महिनामा कैलालीमा ४२३ जनामा डेङ्गु सङ्क्रमण भएको छ । वर्षायामको बेला अत्यधिक व्यक्तिमा डेङ्गु सङ्क्रमण भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कैलालीमा यो वर्ष सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा सबैभन्दा बढी व्यक्तिमा डेङ्गु सङ्क्रमण भएको छ । यो पालिकामा अहिलेसम्म डेङ्गुका बिरामीको सङ्ख्या १४१ पुगेको छ ।
डडेल्धुरामा यस आर्थिक वर्षमा ५२ वटा विद्यालय भवन बन्ने भएका छन् । सामाजिक विकास कार्यालय डडेल्धुराअन्तर्गत विभिन्न विद्यालयमा चार र दुईकोठे गरेर ५२ वटा भवन निर्माण गरिने भएको छ । आर्थिक वर्ष २०७९/८० मा वर्षको बजेट र योजनाबारे सो कार्यालयले आइतबार अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा दिइएको जानकारीअनुसार ४० लाख रुपियाँका दरले ११ वटा चारकोठे र २१ लाख रुपियाँका दरले ४१ वटा दुईकोठे भवन निर्माण गरिनेछन् । यस्तै २० लाख रुपियाँमा एउटा दुईकोठे भवन निर्माण गरिने सो कार्यालयका प्रमुख प्रयागराज जोशीले जानकारी दिनुभयो ।
बाढीपहिरोले क्षति पु-याएका कर्णालीका सङ्कटग्रस्त क्षेत्रमा राहत पु-याइएको छ । असोज १९ गतेदेखि परेको वर्षाले क्षति पु-याएका स्थानलाई सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो । कर्णालीका चार जिल्लामा प्रदेश सरकारले हेलिकोप्टरबाट अत्यावश्यकीय राहत सामग्री पु-याएको हो ।
झापामा मोटरसाइकल दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ । बिर्तामोड–२ स्थित बेलडाँगीमा भएको मोटरसाइकल दुर्घटनामा २ जनाको ज्यान गएको हो ।
कालीकोट जिल्लामा १२ दिनपछि अवरुद्ध विद्युत् प्रसारण लाइन सञ्चालन भएको छ । असोज १९ गते बिहान ११ बजेबाट अवरुद्ध भएको विद्युत् सेवा ३० गते रातिबाट सञ्चालन भएको हो । अविरल वर्षापछिको पहिरोले विद्युत् प्रसारणका पोल ढल्दा दैलेखको दुल्लुलगायतका ठाउँठाउँमा विद्युत्का पोल ढल्नुका साथै
भरतपुर अस्पतालको मेडिसिन कक्ष डेङ्गु र स्क्रबटाइफसका बिरामीले भरिएको छ। अस्पतालका मेडिसिन वार्डका लागि छुट्याइएको ५२ शय्यामध्ये अधिकांश डेङ्गु र स्क्रबटाइफसले भरिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो। आकस्मिक (इमर्जेन्सी) कक्षमासमेत अधिकांश बिरामी डेङ्गु र स्क्रबटाइफसका छन्। अस्पतालका १२ शय्या अब्जरभेसन, ३५ शøया आकस्मिक, २० शøया आईसीयूमध्ये ७० प्रतिशतभन्दा बढी डेङ्गु र स्क्रबटाइफसका बिरामी रहेका छन्।
कर्णाली राजमार्ग पहिरोले बन्द भएपछि जुम्लाको हवाई टिकटमा चाप परेका कारण टिकट वितरणमा नयाँ व्यवस्था सुरु गरिएको छ । टिकटका लागि विमानस्थलमा भीड बढेको र टिकट प्रणाली व्यवस्थापन गर्न कठिन भएपछि पहिलो चरणमा विमानस्थलमा पुगेका नागरिकलाई लाम लगाएर ११ वटा टिकटको दरले सातवटा उडानको रकम समेत उठाइएको छ ।
वर्षापछि मर्मत गरिएका जिल्लाका अधिकांश सडक पुनः अवरुद्ध भएका छन् । सदरमुकामबाट पालिका पुग्ने मुख्य सडक र अन्य ग्रामीण सडक मर्मतका लागि स्थानीय तह पुनः जुटेका हुन् । खलङ्गा–कालीमाटी, खलङ्गा–जयतपानी–सल्लीबजार, थारमारे–चौरपानी–चौरजहारी, श्रीनगर–दहखोला, मोखला–दमाचौरलगायत तीन दर्जन बढी सडक अवरुद्ध बनेका छन् । मर्मत गरेको केही दिनमा नै आएको वर्षाले पुनः सडक अवरुद्ध हुँदा पालिकालाई व्ययभार थपिएको छ । दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले सदरमुकामबाट पालिका जोड्ने मुख्य सडकलाई मर्मत गरी सञ्चालन गरिएको बताउनुभयो ।
काठमाडौं उपत्यकाको तापक्रम मङ्गलबार १२ डिग्री सेल्सियसमा झरेको छ । मनसुन बाहिरिएसँगै पछिल्लो समय न्यूनतम तापक्रम ह्वात्तै सुधार आउँदा चिसो बढेको छ ।
बागमती प्रदेशभित्रमा आफन्त नभएका असहाय बालबालिका राख्ने उद्देश्यले जिल्लाको पनौती नगरपालिका–५, गैह्रीगाउँमा निर्माण गरिएको प्रदेशस्तरीय बाल अधिकार संरक्षण भवन सञ्चालनमा अन्योल देखिएको छ। बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा निर्माण गरिएको भवन सञ्चालन गर्ने सम्बन्धमा प्रदेश सरकारले बजेट विनियोजन र बजेट कार्यान्वयन कार्यविधि तयार नगर्दा उक्त भवन कसले प्रयोग गर्ने भन्ने अन्योल बढेको हो।
सिन्धुली जिल्लाको सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था सिन्धुली अस्पताल चिकित्सकविहीन बन्दै गएको छ। विशेषज्ञ चिकित्सकको सरुवासँगै स्वास्थ्य सेवा प्रभावित भएको सिन्धुली अस्पतालले जनाएको छ। अस्पताल विकास समितिका अध्यक्ष प्रल्हादकुमार पोखरेलका अनुसार चार महिनाको बीचमा बिनाजानकारी आठ जना विशेषज्ञसहितका चिकित्सकको सरुवा भएको छ।