• १७ असार २०८१, सोमबार

चिकित्सकविहीन बन्दै सिन्धुली अस्पताल

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी,कात्तिक १ गते । सिन्धुली जिल्लाको सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था सिन्धुली अस्पताल चिकित्सकविहीन बन्दै गएको छ। विशेषज्ञ चिकित्सकको सरुवासँगै स्वास्थ्य सेवा प्रभावित भएको सिन्धुली अस्पतालले जनाएको छ। अस्पताल विकास समितिका अध्यक्ष प्रल्हादकुमार पोखरेलका अनुसार चार महिनाको बीचमा बिनाजानकारी आठ जना विशेषज्ञसहितका चिकित्सकको सरुवा भएको छ।

उहाँले बिरामीको चाप बढेको समयमा विशेषज्ञसहितका आठ जना चिकित्सकको सरुवा भएपछि बिरामीको स्वास्थ्य परीक्षणमा समस्या भएको गुनासो गर्नुभयो। उहाँका अनुसार अस्पतालमा कार्यरत एमडीजीपी चिकित्सक डा. इशु गजुरेल, इन्टरनल मेडिसिनका डा. अभिषेक थपलिया, डा. सुमनमणि पोखरेललगायत दन्तरोग, सर्जन, छाला रोग विषेशज्ञ, डर्माटोलोजिस्ट, गाइनोकोलोजिस्ट र आ“खा रोग विशेषज्ञको सरुवा भएको हो।

डेङ्गु, स्क्रबटाइफस, ज्वरोलगायतका बिरामीको चाप दिनदिनै बढ्दै गएका बेला चिकित्सकको सरुवा भएपछि उपचारका लागि आएका बिरामीलाई अन्यत्र रिफर गर्नुको विकल्प नभएका अस्पतालले जनाएको छ। अस्पताल विकास समितिका अध्यक्ष पोखरेलले भन्नुभयो, “जनताले आधारभूत स्वास्थ्य सेवाबाट समेत वञ्चित हुनुपर्ने अवस्था आएको छ। ठूलो सङ्ख्यामा चिकित्सकको सरुवा भएपछि यतिखेर सिन्धुली अस्पताल चिकित्सकविहीनजस्तै भएको छ। आ“खा जा“चका लागि अस्पतालले १४ लाख रुपियाँभन्दा बढीको स्वास्थ्य उपकरण खरिद गरेकामा चिकित्सक नभएपछि अलपत्र भएको छ।”

उहाँका अनुसार ५० शøयाको सिन्धुली अस्पताललाई बागमती प्रदेश सरकारले सय शøयाको अस्पतालका रूपमा प्रस्ताव गरेको छ। यतिखेर दैनिक छ सयसम्म बिरामी आउने गरेका छन्। इन्टरनल मेडिसिनका डा. थपलिया र आ“खाका डाक्टरको तीन महिनामै सरुवा भएको छ। चिकित्सकको माग गरी प्रदेश तथा सङ्घीय मन्त्रालयमा जानकारी दिँदासमेत वास्ता नगरिएको अध्यक्ष पोख्रेलको गुनासो छ। डाइलासिस सेवा सुरु गर्ने तयारी भइरहेको बेलामा इन्टरनल मेडिसिन विशेषज्ञको सरुवा भएपछि समस्या आएको छ। अस्पतालले तत्काल एमडीजीपी, इन्टरनल मेडिसिन, डर्माटोलोजिस्ट र गाइनोकोलोजिस्टको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयस“ग माग गरेको उहाँको भनाइ छ।