वर्षासँगै गएको पहिरोले अवरुद्ध बनाएको सडकको मर्मत कार्यमा जनप्रतिनिधिहरु जुट्नुुभएको छ । अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाले दश दिन भन्दा बढी सडक अवरुद्ध भएपछि आफैँ सडक मर्मतका लागि लागेको बताउनुुभयो ।
राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लबका सोमबहादुर कुमालले चार सय मिटर पुरुष दौडमा ३२ वर्ष पुरानो कीर्तिमान भंग गर्नुभएको छ । पोखरा रंगशालामा कुमालले मंगलबार आशाराम चौधरीको नाममा रहेको कीर्तिमान भंग गर्नुभएको हो ।
गुल्मी निर्वाचन क्षेत्र नम्वर १ प्रतिनिधि सभाका उम्मेदवार चन्द्र भण्डारीले संबिधानको रक्षा र राजनीतिक स्थिरताका लागि गठबन्धन आवश्यक भएको बताउनुभएको छ ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा मगंलबार बिहान पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा जलेश्वर नगरपालिका वडा नं. २ बस्ने सञ्जय ठाकुरको १३ वर्षीय छोरा अंकित ठाकुर रहेको प्रहरीले जनाएको छ ।
पूर्वी नवलपरासीमा भएको कुस्ती महिलातर्फका सबै स्वर्ण पदक विभागीय टोली नेपाल आर्मी र सुदूरपश्चिम प्रदेशले कब्जा गरेका छन् ।
युगान्डाको राजधानी कम्पालामा इबोला भाइरसको संक्रमण फैलिन सक्ने खतरा धेरै रहेकाले यहाँ उच्च सतर्कताका राखिएको छ ।
नवौँ राष्ट्रिय खेलकुदमा पौडी प्रतियोगितातर्फ मड्गलबार दुई राष्ट्रिय किर्तिमान कायम भएका छन् । पुरुष २ सय मिटर बटरफ्लाई हिट राउण्ड र ५० मिटर फ्रिस्टायलको हिट राउण्डमा कीर्तिमान कायम भएका हुन् ।
एथलेटिक्स महिला लङजम्पमा आर्मीकी जयरानी थारुले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । पोखरा रंगशालामा ५.५८ मिटर जयरानीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जित्नुभयो ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र छपाइ सम्पन्न भएको छ ।
नौ वर्षीया छाेरीकी आमा, छ महिनाअघि मात्र म्याराथन खेलेकी । पहिलो पटक म्याराथनमा सहभागी र ३६ वर्षको ढल्कँदो उमेर । यी कारणले विन्द्राधन्के श्रेष्ठ देशारले नवौँ राष्ट्रिय खेलकुदमा महिला म्याराथनमा स्वर्ण पदक जित्छ भन्ने अपेक्षा कसैले गरेका थिएनन् ।
गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले अग्रता बढाउदै लगेको छ । हालसम्म चार सय ६४ पदकको छिनोफानो हुँदा आर्मीले ६१ स्वर्ण, ३९ रजत र २८ कांंस्य पदकसहित कूल एक २८ पदक हात पारिसकेको छ ।
बर्सेनि करिब ६० क्विन्टल धान उत्पादन गर्ने नरैनापुर ४ का इसराफिल खानको घरमा अहिले एक किलो पनि धान छैन । ६० क्विन्टल धान मध्ये परिवारका लागि खान पुग्ने राखेर बाँकी सबै बिक्री गर्दै आउनुभएका उहाँले यस वर्ष के खाने भन्ने चिन्ताले सताउन शुरु गरेको बताउनुभयो ।
राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा जारी महिला भलिबलको मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई पराजित गर्दै शसस्त्र प्रहरीको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ ।
गण्डकी प्रदेशमा अहिले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जारी छ । प्रतियोगिताको आयोजक हो, राष्ट्रिय खेलकुद परिषद (राखेप) । प्रतियोगितामा स्थानीय पालिका, जिल्ला हुँदै प्रदेशबाट खेलाडी छनोट भइ अहिले राष्ट्रिय खेलकुदमा खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले इथियोपियामा हिंसा बन्द गर्न आग्रह गर्नुभएको छ । उहाँले इथियोपियाको टिगरे क्षेत्रमा अहिले पनि हिंसा जारी रहेकाले हिंसा रोक्नुपर्ने र सो क्षेत्रमा इरिट्रयाका सेना रहेकाले ती सेना पनि फर्किनुपर्ने बताउनुभएको हो ।