• १६ भदौ २०८१, आइतबार

इबोला फैलिन नदिन उच्च सतर्कता

blog

कम्पाला, कात्तिक १ गते । युगान्डाको राजधानी कम्पालामा इबोला भाइरसको सङ्क्रमण फैलिन सक्ने खतरा धेरै रहेकाले यहाँ उच्च सतर्कताका राखिएको छ । यहाँका राष्ट्रपति योवेरी मुसेवेनीले कम्पालामा यो भाइरसको सङ्क्रमण र फैलावटको अधिक सम्भावना रहेको भन्दै यस सहरमा उच्च सतर्कता अपनाइएको बताउनुभएको हो ।

उहाँले ट्विट गरेर सो कुराको जानकारी दिनुभएको हो । सोमबार युगान्डाको मुबेन्डेमा दुई जनामा यो भाइरसको सङ्क्रमण देखिएको थियो । त्यसैले सो सङ्क्रमण यहाँ नआओस् भनेर सतर्कता अपनाइएको उहाँले बताउनुभएको छ ।

मुबेन्डे यसअघि इबोलाको सङ्क्रमण निकै धेरै भएको नगर हो । युगान्डामा इबोला सोही सहरबाट फैलिएको थियो । त्यसैले अहिले पनि यहाँ उक्त भाइरसको सङ्क्रमण देखिएकाले अहिलेदेखि नै उच्च सतर्कता अपनाइएको र यहाँ सो भाइरसको सङ्क्रमण हुन नदिन आवश्यक पूर्वतयारी र मापदण्डहरू अपनाइएको उहाँले सो ट्विटमा भन्नुभएको छ ।

यही अक्टोबर १५ सम्मको युगान्डाको तथ्याङ्क अनुसार यहाँ ५८ जनामा इबोलाको सङ्क्रमण देखिएको थियो र तीमध्ये १९ जनाको मृत्यु भएको थियो । त्यस्तै २० जना सङ्क्रमित निको भएर घर फिर्किएका थिए ।

गत सेप्टेम्बर २० मा यहाँ मुबेन्डेमा पहिलो पटक इबोलाको सङ्क्रमण देखिएको थियो । केही वर्षअघि अफ्रिकामा देखिएको यो सङ्क्रमण घातक रहेको छ । यस सङ्क्रमणबाट अफ्रिकी देशहरूमा हजारौँ मानिसको ज्यान लिइसकेको छ । रासस/सिन्ह्वा