• १९ असोज २०८१, शनिबार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा अग्रता बढाउँदै आर्मी

blog

पोखरा, कात्तिक १ गते । गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले अग्रता बढाउँदै लगेको छ । हालसम्म चार सय ६४ पदकको छिनोफानो हुँदा आर्मीले  ६१ स्वर्ण, ३९ रजत र २८ कांस्य पदकसहित कूल एक २८ पदक हात पारिसकेको छ । 

दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले २३ स्वर्ण, १७ रजत र २५ कांंस्यपदक सहित ६५ पदक जितेको छ। अर्को विभागीय टिम एपिएफले १६ स्वर्ण, २५ रजत र ३३ कांस्य पदक सहित कूल ७४ पदक हात परेको छ।

यसैगरी बागमती प्रदेशले १४ स्वर्ण, २२ रजत र २३ कांस्य सहित कुल ५९ पदक जित्दा गण्डकी प्रदेशले १० स्वर्ण, ८ रजत र २० कांस्य पदक सहित ३८ पदक आफ्नो पोल्टामा पारेको छ ।

यता एनआरएनएले ६ स्वर्ण, ६ रजत चार कांस्यसहित १६ पदक, प्रदेश–१ ले तीन स्वर्ण आठ रजत र २१ कांस्य सहित ३२ पदक, मधेश प्रदेशले दुई स्वर्ण, तीन रजत र सात कांस्य पदक सहित १२ पदक जितेका छन्।

त्यसैगरी, सुदूरपश्चिम प्रदेशले दुई स्वर्ण, एक रजत, ११ कांस्यसहित १४ पदक, लुम्बिनी प्रदेशले एक स्वर्ण, नौ रजत र १२ कांस्यसहित २२  र कर्णाली प्रदेशले एक स्वर्ण, एक रजत, दुई कांस्य पदकसहित चार पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। प्रतियोगिता खेलहरू जारी रहेका छन् ।