• १९ असोज २०८१, शनिबार

राजनीतिक स्थिरताका लागि गठबन्धन

blog

चुनावी भेटघाट कार्यक्रममा नेताद्वय भण्डारी र बराल । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, कात्तिक १ गते । गुल्मी निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभाका उम्मेदवार चन्द्र भण्डारीले संविधानको रक्षा र  राजनीतिक स्थिरताका लागि गठबन्धन आवश्यक भएको बताउनुभएको छ ।

कालीगण्डकी गाउँपालिकाको पुर्तिघाटमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले संविधानको रक्षा गर्न राजनीतिक स्थिरताका लागि गठबन्धन भएको बताउनुभयो । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक संविधान माथि प्रहार गर्ने काम गरेकाले गठबन्धन आवश्यक भएको बताउनुभयो ।

गठबन्धनले मात्रै देशलाई निकास र विकास दिन सक्ने भन्दै गठबन्धन बाहेक अन्य विकल्प नरहेको बताउनुभयो । गठबन्धनले जनताको मर्म बुझन सक्ने, संविधानको रक्षा र विकास पनि गर्ने भएकाले गठबन्धनका नेतालाई भोट दिएर जिताउन आग्रह गर्नुभयो ।

यस्तै, निर्वाचन क्षेत्र नम्बर १, प्रदेश सभा १ का उम्मेदवार सुदर्शन बरालले मुलुकको परिस्थितिले गठबन्धन जन्माएको बताउनुभयो । 

यस क्षेत्रमा गठबन्धनबाट कांग्रेस नेता चन्द्र भण्डारी र एमालेका प्रदीपकुमार ज्ञवालीबीच प्रतिनिधि सभाका लागि प्रतिस्पर्धा हुँदैछ । प्रदेश सभाका लागि गठबन्धनबाट माओवादी  केन्द्रका सुदर्शन बराल र एमालेका चिन्तामणि पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ ।