हात्तीको आक्रमणबाट घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगन्जकी ५१ वर्षीया रुगैदा खातुन हुन् ।
खेतबारी बाँझै राखेर चामल किनेर खानेहरूको सङ्ख्या बढ्दो रहेको छ । तर कपिलवस्तुकाे शुद्धोधन गाउँपालिका ५ निवासी मोहित कुमाल भने आफ्नो खेतबारी नभए पनि अरूकै बारीमा अधियाँ (कमाइको आधा-आधा) धान खेती गरेर परिवारको गुजारा चलाउँदै आउनुभएको छ ।
पश्चिमी वायुका कारण देशका पहाडी भूभागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीका कारण देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ भने प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा भएको मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
मुलुकमा व्यवस्था फेरिए पनि दोलखाको भीमेश्वर नगरपालिका–७ को पाठशाला टोलको दलित बस्तीमा परिवर्तन नआएको उनीहरूको गुनासो रहेको छ ।
सुकुम्बासी र अव्यवस्थित बसोबासीकाे समस्या समाधान गर्न भनेर जिल्ला तहमा गठित सुकुम्बासी समस्या समाधान आयोग गठन भएकाे २८ वर्ष बिते पनि उपलब्धि भने शून्य रहेको छ ।
पाँचथरको रानिटारमा आयोजित दोस्रो दीपावली गोल्ड कपको उपाधि रानीटार युनाइटेडले हात पारेको छ ।
चाडपर्वको समयमा यात्रुलाई अप्ठेरोमा पारेर बढी भाडा असुल गर्ने १९ सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारबाही गरेको छ ।
वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेको छ । बर्खायाममा पानीको बहाब बढपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन हुन थालेका हुन् । असार, साउन र भदौ महिनामा उक्त नदीमा बाढी आउने भएकाले तीन महिना मोटरबोट बन्द हुन्छ । पछिल्लो समय नारायणी नदीमा मोटरबोट चढेर मनोरन्जन लिने आन्तरिक पर्यटकहरुको भीड नै लाग्न थालेको छ ।
निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्यका काठमाडौं क्षेत्र नं.४ का उम्मेदवार गगन कुमार थापालाई पुनः स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आयोगले निर्वाचनका लागि मतपत्र तथा निर्वाचन सामाग्रीको ढुवानी कार्यलाई तीव्रता दिएको छ।
महोत्तरीको भंगाहा नगरपालिका वडा नं ८ मा कात्तिक १० गते भएको घटनाको छानबिनका लागि गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा सो दिन छठ पर्वको अवसरमा आयोजित कलश यात्राको सिलसिलामा भएको विवादमा असमान्य स्थिति सिर्जना भइ भएको घटनाको छानबिन समिति गठन भएको जानकारी दिइएको छ ।
जापानमा कारहरूमा पूर्णरूपमा नयाँ प्रयोग भइरहेको छ ।
तिहारको भोलिपल्ट अर्थात् आज जिल्लाकै ठूलो सराएँ मेला लागेको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ दलबीचको गठबन्धनलाई बलियो बनाउन आग्रह गर्नुभएको छ । कांग्रेस तनहुँको कार्यालयमा आज बसेको गठबन्धन दलका नेताहरुको बैठकमा वरिष्ठ नेता पौडेलल सो आग्रह गर्नुभएको हो ।