म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पुगेका पर्यटकहरु बाक्लो हिमपातमा रमाएका छन् ।
धनकुटाको पाख्रीबास नगरपालिकाले चक्रवात (मोन्था) को प्रभावले केही दिन भारी वर्षा हुने सम्भावना देखिएकाले जोखिम मध्यनजर गरेर विद्यालय बन्द गर्न अनुरोध गरेको छ । बिहीवार नगर प्रमुख ज्ञानबहादुर गुरुङले एक सूचना जारी गर्दै मंगलबारसम्म विद्यालय बन्द गर्न अनुरोध गर्नुभएको हो ।
नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा केन्द्रीय सदस्यले महाधिवेशन र निर्वाचनमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।
पछिल्लो दुई दिन यता परेको हिमपात र प्रतिकूल मौसमका कारण सोलुखुम्बुको व्यस्त तेन्जिङ हिलारी विमानस्थल हवाई सेवा पूर्ण रूपमा ठप्प हुँदा पर्यटकहरु मारमा परेका छन् ।
नेपाली कांग्रेसका जेन–जी उमेर समूहका प्रतिनिधिमूलक युवाले पार्टीको विधान संशोधन गरेर आफ्ना लागि प्रवेशको ढोका फराकिलो बनाउन माग गरेका छन्।
तनहुँको व्यास नगरपालिका–५ स्थित साँगेफाँटको धानबालीमा वर्षाले क्षति पुर्याएको छ । धान बाली पाकेर भित्र्याउने बेलामा पानी परेपछि यहाँका किसान चिन्तित भएका छन् ।
नेपालमा शिक्षा र प्रविधिको क्षेत्रमा नयाँ अध्याय सुरु गर्दै सिपालु सोलुसनले तीन नवीनतम पहलहरू सिपालु कनेक्ट, सिपालु हार्डटेक र सिपालु सफ्टटेक औपचारिक रूपमा सार्वजनिक गरेको छ।
जापान सरकारले बिपी राजमार्ग पुनर्निर्माण र मर्मतका लागि दुई अर्ब ६० करोड अनुदान सहयोग प्रदान गरेको छ।
खोज र उद्धार कार्यमा सहयोग गर्न प्यालेस्टिनी क्षेत्रमा प्रवेश गर्न इजरायली स्वीकृतिको प्रतिक्षामा टर्कीको विपद् प्रतिक्रिया टोली अझै पनि गाजाको सीमामा पर्खिरहेको रक्षा मन्त्रालयको स्रोतले बिहीबार जनाएको छ ।
छलफपछि फुटबलको दीर्घकालीन विकासको अध्ययन गर्न एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठनसमेत गरिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले मलेसिया सरकारले वैदेशिक रोजगार व्यवसायीका लागि तोकेको नयाँ मापदण्डका कारण पर्न सक्ने सम्भावित असर अध्ययन गरी आवश्यक पहलकदमीका लागि गृहकार्य गर्न श्रम मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाई निर्देशन दिनुभएको छ।
चीनको महत्वपूर्ण खनिज बजारमा बढ्दो प्रभुत्वलाई सन्तुलनमा ल्याउने उद्देश्यसहित ग्रुप अफ सेभेन (जी-७) का ऊर्जा मन्त्रीहरु बिहीबार टोरन्टोमा भेला भएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले शिष्टाचार भेट गर्नुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ।
प्रतिकुल मौसमका कारण उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२,नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयको सेवा प्रभावित भएको छ ।