सरकारले विद्युतीय प्रणालीमार्फत राष्ट्रिय परिचयपत्रको पहुँच विस्तार गरी अनिवार्य गरेको छ । कात्तिक १२ गतेको मन्त्रीपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गृह मन्त्रालयको प्रस्तावमा राष्ट्रिय परिचयपत्रको आबद्धता विस्तार गरेको हो ।
भरतपुर, कात्तिक १४ गते । चितवनमा बिहिबार राति भएको यात्रुवाहक बस दुर्घटनामा ३३ जना घाइते भएका छन् ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालय कीर्तिपुर परिसरको जग्गामा फैलिएको करिब तीन सय रोपनी झाडी फाँडिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको पहलमा झाडी फाँडिएको हो ।
सप्तरीमा प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुमाथि कानुनी कारवाहीको प्रक्रिया अघि बढेको प्रहरीको भनाइ छ ।
सर्लाहीको दक्षिण–पूर्वी भेगस्थित हरिपुर्वा नगरपालिकाका प्रमुख विनोदकुमार साह कानु र प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साहमाथि बिहीबार साँझ आक्रमणको प्रयास भएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरले १६ थान (जङ्गी राउन्ड) एसएलआरको गोलीसहित जेनजी आन्दोलनका क्रममा आगजनी तथा लुटपाटमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
तनहुँको व्यास नगरपालिका –८, बाहुनपोखरा रिस्तीमा चितुवाको आक्रमणबाट एक युवती घाइते हुनुभएको छ ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले निर्वाचनका लागि शान्ति र सुरक्षाको प्रत्याभूति अनिवार्य रहेकाले यस्तै अवस्थामा निर्वाचनमा जान कोही तयार नहुने बताउनुभएको छ ।बिहीवार दाङको घोराहीमा प्रेस चौतारी नेपाल दाङ शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले यस्तो बताउनुभएको हो ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित सल्यानटारका आठ जना अपाङ्गता भएकाहरूलाई विद्युतीय ह्विलचियर प्रदान गरिएको छ ।
बिहीबार दिउँसो २ बजे भीमदत्त नगरपालिकाको सभा हलमा सुरु हुनै लागेको जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरूसँगको बैठक नोकझोंकमा परिणत भयो ।
मुम्बईको पवई क्षेत्रमा कैयौँ बालबालिकालाई बन्धक बनाउने व्यक्तिलाई मुम्बई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
मानव सेवा आश्रमको भवन निर्माण गर्नका लागि आयोजित महायज्ञको प्रचार प्रसारका लागि बागलुङ बजारमा अटो व्यवसायीले हातेमालो गर्नुभएको छ ।
इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीको टोलीले फरार रहेका दुई कैदीलाई पक्राउ गरी पुनः कारागार पठाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरू पछिल्लो समय जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका थिए ।
काटेर ठिक्क पारेको धान स्याहार्न नपाउँदै निरन्तर झरी परेपछि दाङका किसानहरू चिन्तित बनेका छन्। सोमबार रातिदेखि आएको झरी बुधबार दिउँसो घाम लागेपछि काटेको धान स्याहार गर्न किसानहरू जुटेका थिए । बिहीवार बिहानदेखि पुनः बर्षाको झरी लागेपछि काटेको धान खेतमै उम्रिने डरले किसानहरू थप पीडामा परेका हुन् ।
पूर्वी मकवानपुरको बागमती गाउँपालिका –३ स्थित चिरुवाखोलामा पाँच करोड रुपियाँभन्दा बढीको लागतमा पक्की पुल निर्माण सुरु भएको छ ।