सहरको दिगो विकास र सहकार्यको सन्देश प्रवाह गर्दै ‘जनकेन्द्रित स्मार्ट सहर’ नाराका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व सहरीकरण दिवस मनाइँदै छ ।
बिहानको झिसमिसे उज्यालोमा बागमती गाउँपालिकाको केन्द्रतर्फको बाटोमा केही मानिसहरू बेल्चा र कोदालो बोकेर अगाडि बढिरहेका हुन्छन् ।
सल्यानमा कुकुरले मानिस तथा अन्य जनावरलाई टोकेर घाइते बनाएसँगै समुदायमा त्रास फैलिएको छ । तर पशुमा रेबिज रोग रोकथामका लागि दिइने खोपको अभाव देखिएको छ ।
म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटका इन्द्रप्रसाद सुवेदीले दुवै आँखा देख्नुहुन्न । आवाजको भरमा मान्छे चिन्नुहुन्छ । हिँडेर घरदेखि टाढा जान सहयोगीको आवश्यकता पर्छ ।
विगतमा अरूको खेतमा मजदुरी गरेर गुजारा चलाउने बेदकोट नगरपालिका–१ चम्फापुरका जयप्रकाश राना अहिले आफ्नै बारीमा दर्जनौँ किसानलाई रोजगारी दिनसक्ने सफल व्यावसायिक किसान भएका छन् ।
बाख्रापालनबाटै राम्रो आम्दानी हुने भएपछि किसान महिला बाख्रापालनतर्फ आकर्षित भएको राप्तीसोनारी–६ टेपरीस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी प्रबन्धक दिव्या गुरुङले बताउनुभयो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गाको कारोबार गर्ने कम्पनीका लागि अनुमतिपत्र प्रदान गर्ने भएको छ ।
कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित १८ वर्षअघि सुरु गरिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको प्रगति २७ प्रतिशतमा सीमित छ ।
पश्चिम बागलुङमा पर्ने गलकोट नगर अस्पताललाई स्थानीयवासीले सहयोग गरेका छन् । गलकोट नगरापलिका वडा नं. ९ बाँसखोलाका स्वर्गिय रामबहादुर मल्लको स्मृतिमा परिवारका सदस्यले अस्पतालमा आवश्यक पर्ने सामग्री र उपकरण सहयोग गरेका हुन् ।
हिरक महोत्सव मनाएको सत्यवति गाउँपालिका–८ भार्सेको भार्से जनसहयोग माविमा विद्यार्थी टिकाउन भार्सेलीहरुको ‘प्रविधी मैत्री शिक्षा अभियान’ सार्थक बनेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
बैंकिङ्ग कसुर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । सो मुद्दामा राजविराज नगरपालिका–१४ निवासी ५६ वर्षीय रामकुमार मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
कुनै पनि मुलुकको राजनीतिक विकासक्रम सरल रेखामा मात्र अगाडि बढ्दैन । जनचाहनालाई प्रतिनिधित्व गर्दै विश्वमा ठुलठुला क्रान्ति, आन्दोलन र विद्रोह भएका छन् । नेपालमा विगत सात/आठ दशकमा धेरै परिवर्तन भए । सात सालको क्रान्तिले निरङ्कुश राणाशाही अन्त्य गरी प्रजातन्त्रको प्रारम्भ गरायो । संस्थागत गर्ने प्रक्रिया अगाडि बढ्दै जाँदा अवरोध आयो । विसं २०१७ पुस १ गतेको राजाको निरङ्कुश कदमले तीन दशक निरङ्कुश घेरामा