जिल्ल्लाका ११ स्थानीय तहले विगत वर्ष भन्दा आर्थिक वर्ष २०८०/८१ मा इन्धन मर्मत र गाडी भाडामा ६० प्रतिशत कम खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालय काठमाडौँले सार्वजनिक गरेको स्थानीय तहको लेखा परीक्षण प्रतिवेदन अनुसार जिल्लाका ११ स्थानीय तहले आव २०७९/८० मा इन्धनमा पाँच करोड ८४ लाख एक हजार ९४० रुपियाँ, गाडी भाडामा एक करोड २२ लाख रुपियाँ र मर्मतमा तीन करोड ४९ लाख ८३ हजार ५९७ समेत गरी १० करोड ५५ लाख ८६ हजार ५५ रुपियाँ खर्च गरेका थिए । आव २०८०÷८१ मा इन्धनमा तीन करोड ३५ लाख ६५ हजार ४९८ रुपियाँ, गाडी भाडामा २७ लाख ८७ हजार ४८० रुपियाँ र मर्मतमा एक करोड १४ लाख सात हजार ६०२ रुपियाँ गरी चार करोड ६५ लाख ५८० रुपियाँ मात्र खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चारवटा पर्यटकीय स्थलहरुबाट चालु आर्थिक २०८२/०८३ मा एक करोड १५ लाख रुपियाँभन्दा बढी आन्तरिक आम्दानी सङ्कलन गरेको छ ।
गत भदौ २४ गते जेनजी समूहको आन्दोलनमा आगजनीबाट ध्वस्त गरिएको कर्णाली प्रदेश सभा भवन चालु आर्थिक वर्षको नियमित बजेटबाट पुनर्निर्माण गर्ने निर्णय भएको छ । कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङको अध्यक्षतामा बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले चालु आवको नियमित बजेटबाट पहिलो चरणमा सचिवालय र दलका पदाधिकारीहरूको कार्यालय पुनर्निर्माण गर्ने निर्णय गरेको हो । प्रदेश सभामा आगजनी भएको करिब ४९ दिनपछि यस विषयमा बैठक बसेको हो ।
हुम्लाको नाम्खा गाउँपालिका–६, लिमी लाप्चास्थित नेपाली भूभागमै पछिल्लो समय चीनको गतिविधि र निगरानी बढेको पाइएको छ । नेपाली भूभागमै चिनियाँ सुरक्षाकर्मीले अनुगमन र माइकिङ गरेर आवतजावतमा अवरोध गर्न थालेको स्थानीयको गुनासो छ । नाम्खा गाउँपालिका–६ को लाप्चा क्षेत्र (लोलुङजोङ) नेपाल र चीनबिच सीमाङ्कनका क्रममा अस्पष्ट रहेको स्थानमध्ये एक हो । चिनियाँ पक्षले यो क्षेत्रलाई निषेधित भने पनि विगतदेखि नै त्यहाँ पुगेर तीर्थालुले कैलाश मानसरोवरको दूरदर्शन गर्दै आएका छन् । यही क्षेत्रमा हाल चिनियाँ पक्षको उपस्थिति बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
धनकुटा नगरपालिका–९ स्थित कोशी लोकमार्गमा पर्ने तिनघुम्तीमा बस दुर्घटना हुँदा एक जनाको घाइते भएका छन् ।
सुदूरपश्चिम प्रदेश सभाको बैठक सञ्चालनका लागि गृहकार्य थालिएको छ । जेनजी आन्दोलनका क्रममा प्रदेश सभा भवनमा आगजनीपछि अनिश्चित बनेको सभाको बैठक सकेसम्म चाँडै सञ्चालन गर्नका लागि गृहकार्य थालिएको सभामुख भीमबहादुर भण्डारीले बताउनुभयो ।
क्यान्सर रोगसँग लड्न प्रयोग हुने ‘ट्याक्सोल’ नामको रसायन निस्कने लौठसल्लाको संरक्षण गरिएको छ । लौठसल्ला मासिन थालेपछि वनस्पति विभाग र जिल्ला वन कार्यालय बैतडीले १३९ बोट वरिपरि काँडेतारको बार लगाएर संरक्षण गरेको हो । विश्वमै निकै महँगो औषधीका रूपमा प्रयोग हुने ‘ट्याक्सोल’ नामको रसायन लौठसल्ला प्रशोधन गरेर निकाल्न सकिने बताइएको छ । पछिल्लो समय डोजरले जथाभाबी सडक निर्माण गर्दा यो प्रजाति सङ्कटमा पर्न थालेको छ ।
अहिलेसम्ममा ५६ हजार ६७३ जना काठमाडौँ महानगरवासी स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध भएका छन् । यसमा १३ हजार ५७५ जना ज्येष्ठ नागरिक, एक हजार ८५ जना अपाङ्गता भएका व्यक्ति, एचआइभी सङ्क्रमित दुई जनासहितका व्यक्ति रहेका छन् ।
नारायणगढ–मुग्लिन सडक पहिरोका कारण अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइन खोला नजिक पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
सिन्धुली जिल्लाको सुनकोशी गडतीर क्षेत्रमा रहेका ऐतिहासिक पाटीपौवा बेवारिसे अवस्थामा पुगेका छन् । पूर्वपश्चिम राजमार्ग खुल्नुअघि पूर्वीपहाडी तथा तराईका जिल्लाबाट नेपाल (काठमाडौँ) प्रवेश गर्ने पैदलमार्गका रूपमा अत्यधिक व्यस्त रहने त्यस क्षेत्रका पाटीपौवा पछिल्लो समय सुनसान अवस्थामा रहने गरेका छन् । बटुवाका निम्ति बास बस्न सुविधा होस् र राणाकालीन बडाहाकिम दौडाहा आउँदा बस्ने व्यवस्थाका लागि त्यस्ता पाटी विसं. १९५० तिर निर्माण भएका स्था
मौसम प्रतिकूलताका कारण ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान अवरुद्ध बनेको छ । पछिल्लो पाँच दिनयता निरन्तर वर्षा भई मौसम प्रतिकूल हुँदा सुकेटारमा शुक्रबारको उडान रद्द भएको हो ।
धानबाली भित्र्याउने बेलामा वर्षा भएपछि सप्तरीका किसान चिन्तित भएका छन् । खडेरीको मार जेलेर खेती गरेका यहाँका किसानलाई धान भित्र्याउने बेलामा वर्षा हुँदा चिन्ता बढाएको हो ।
रोटरी क्लबको आयोजनामा बुर्तिबाङमा महिलाका निम्ति सञ्चालित चारदिने निःशुल्क स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको छ । शिविरबाट ८२६ जना लाभान्वित भएका छन् ।
मेचीनगर नगरपालिका–१५ भएर बग्ने निन्दा खोलामा रु चार करोड २० लाख १९ हजार ५० लागतमा मल्टिस्पान झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयलाई बिर्तामोड वा धुलाबारीको यात्रा सहज भएको छ ।
पाकिसकेको धानबाली भित्र्याउने बेलामा लगातारको वर्षातले खेतमै धान उम्रिने हो कि भन्ने चिन्ता पाल्पाका किसानलाई परेको छ ।