क्षेत्र नं. १ का लागि जिल्ला समन्वय समितिको कार्यालय बागलुङ बजार र क्षेत्र नं. २ का लागि ढोरपाटन नगरपालिका–२ बुर्तिबाङस्थित कुथाप्लोमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयको सभाहलमा मतगणनास्थल निर्माण गरिएको हो ।
चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (र्यापिड रेस्पोन्स टिम) गठन गरेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि सरकारले घोषणा गरेको सार्वजनिक बिदा तथा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा समेत सर्वोच्च अदालत खुला रहने भएको छ।
घरेलु मैदानमा सोमबार राति भएको खेलमा रियल गेटाफेसँग १–० गोलले हरायो । यस हारले रियलको उपाधि दौडमा ठूलो धक्का लागेको छ । रियलको हारले शीर्ष टोली बार्सिलोनालाई फाइदा पुगेको छ ।
बाजुराका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुगेको छ । जिल्लाका नौवटै स्थानीय तहमा रहेका ७७ स्थलका ११८ स्थायी र एक अस्थायी गरी ११९ वटै मतदान केन्द्रमा कर्मचारी तथा सुरक्षाकर्मीसहित निर्वाचन सामग्री पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो ।
गृहमन्त्री ओमप्रकाश अर्यालले रामेछापमा सोमबार भएको सवारी दुर्घटनाका घाइतेलाई भेटी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित बारामा विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलको संयुक्त कारबाहीका लागि निर्देशन थियो, “अपरेसन एपिक फ्युरी’ स्वीकृत भएको छ । फिर्ता गरिएको छैन । शुभकामना !” त्यसपछि अमेरिकी सेनाले व्यापक आक्रमण सुरु गर्यो जसले इरानी कमान्ड र कन्ट्रोल स्थल ध्वस्त पारेको छ, मिसाइल पूर्वाधार नष्ट गरेको छ र नौ सेना जहाजलाई डुबाइ दिएको छ ।
सर्लाहीमा ३४ जना कैदीबन्दीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने भएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिएर मतदान केन्द्रमा जानुपर्ने निर्वाचन आयोगले जनाएको छ ।
फिलिपिन्सको मनिलाबाट करिब दुई घण्टा दक्षिणपूर्वको दुरीमा मङ्गलबार हेलिकप्टर दुर्घटना हुँदा एक जना मलेसियाली नागरिक र एक फिलिपिनो नागरिकको मृत्यु भएको जनाइएको छ ।
बुल्गेरियाका पूर्वराष्ट्रपति रूमेन राडेभले अर्को महिना हुने मध्यावधि निर्वाचनमा भाग लिनका लागि गठबन्धन गरेको मङ्गलबार घोषणा गर्नु भएको छ । उहाँको समूह पाँच वर्ष यता भएकोे आठौँ पटकसम्मको मतदानमा शीर्ष स्थानमा रहेको छ ।
अमेरिकाले बहराइन, जोर्डन र इराकमा सुरक्षा सेवामा रहेका कर्मचारीबाहेक अन्य गैर–आकस्मिक सेवामा कार्यरत अमेरिकी नागरिकलाई ती मुलुकबाट जति सक्दो छिटो बाहिरिन सूचना जारी गरेको छ ।
बिहीबार हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी सर्लाहीमा नेपाल-भारत सीमा नाका बन्द गरिएको छ ।