• २१ फागुन २०८२, बिहिबार

बुल्गेरियाली पूर्वराष्ट्रपति गठबन्धन गरेर निर्वाचनमा जाने घोषणा

blog

बुल्गेरियाका पूर्वराष्ट्रपति रूमेन राडेभ ।

सोफिया, बुल्गेरिया, फागुन १९ गते । बुल्गेरियाका पूर्वराष्ट्रपति रूमेन राडेभले अर्को महिना हुने मध्यावधि निर्वाचनमा भाग लिनका लागि गठबन्धन गरेको मङ्गलबार घोषणा गर्नु भएको छ । उहाँको समूह पाँच वर्ष यता भएकोे आठौँ पटकसम्मको मतदानमा शीर्ष स्थानमा रहेको छ । 

डिसेम्बरको मध्यमा कन्जरभेटिभ नेतृत्वको सरकारलाई भ्रष्टाचार विरोधी प्रदर्शनले सत्ताबाट हटाएपछि नयाँ राजनीतिक अनिश्चितता निम्त्याएपछि अप्रिल १९ का लागि मतदानको मिति तोकिएको थियो । प्रदर्शनलाई समर्थन गर्ने रुमेन राडेभले करिब १० वर्षपछि राष्ट्रपति पदबाट राजीनामा दिने घोषणा गर्नु भएको थियो । 

पूर्व वायु सेना कमान्डर राडेभ आफैँ संसद सदस्यका लागि प्रतिस्पर्धामा उत्रिनु हुने छ वा सहभागी हुनु् हुने छैन अझै स्पष्ट छैन । “आज हामीले संसदीय चुनावमा भाग लिनको लागि केन्द्रीय निर्वाचन आयोगसँग प्रोग्रेसिभ बुल्गेरिया गठबन्धन दर्ता गरेका छौँ, “६२ वर्षीय पूवै राष्ट्रपतिले फेसबुकमार्फत् घोषणा गर्नुभयो । 

उहाँको समूहले ‘कुलीन र भ्रष्ट मोडेललाई भत्काउने छ’ र “स्वतन्त्रता, एकता र न्यायको लागि, र बुल्गेरियाको आधुनिक, लोकतान्त्रिक युरोपेली राज्यको रूपमा विकासको लागि आह्वान गर्ने छ ।” उहाँले थप्नुभयो । फेब्रुअरीमा प्रकाशित सर्वेक्षणले राडेभको तीन पार्टी गठबन्धन निर्वाचनमा पहिलो हुन सक्ने सङ्केत गरेका छन् । एक सर्वेक्षणका अनुसार उहाँको गठबन्धनले एक तिहाइ मतले जित्न सक्ने प्रक्षेपण गरिएको छ । 

उहाँ पहिलो पटक सन् २०१६ मा राष्ट्रपति निर्वाचित हुनुभएको थियो । उहाँको उम्मेदवारीलाई परम्परागत रूपमा रुस समर्थक मानिने समाजवादीले पनि समर्थन गरेका थिए । सन् २०२० मा व्यापक भ्रष्टाचार विरोधी प्रदर्शनको उहाँको समर्थनले चुनावको श्रृङ्खलालाई सुरु गरेको थियो र उहाँलाई सन् २०२१ मा राष्ट्रपतिको रूपमा दोस्रो कार्यकाल जित्न प्रेरित गरेको थियो । 

उहाँले युक्रेनलाई सैन्य सहायतामाथि प्रश्न उठाउनु भएको छ । गत महिना जर्मन दैनिक बर्लिनर जाइटुङलाई दिएको अन्तर्वार्तामा उहाँले ‘यो द्वन्द्वमा थप कूटनीति भएको हेर्न चाहेको’ बताउनु भएको थियो । उहाँले भन्नुभयो, “अहिलेसम्म हामीले सबै कूटनीतिक उपाय अवलम्बन नगरिकन मुख्यतया सैन्य र आर्थिक सहयोगमा ध्यान केन्द्रित गरेका छौँ । रासस/एएफपी