शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, फागुन १९ गते । स्पेनिस ला लिगाको उपाधि होडमा रहेको रियल म्याड्रिडलाई गेटाफेको झट्का लागेको छ ।
घरेलु मैदानमा सोमबार राति भएको खेलमा रियल गेटाफेसँग १–० गोलले हरायो । यस हारले रियलको उपाधि दौडमा ठूलो धक्का लागेको छ । रियलको हारले शीर्ष टोली बार्सिलोनालाई फाइदा पुगेको छ ।
गेटाफेलाई जिताउन मार्टिन साट्रियानोले ३९औँ मिनेटमा गर्नुभएको गोल निर्णायक बनेको थियो । उहाँले रियलको रक्षकको कमजोरीमा गोल गर्नुभएको हो । हारसँगै रियलको २६ खेलबाट ६० अङ्क पुगेको छ ।
शीर्षस्थानमा रहेको बार्सिलोनाको समान खेलबाट ६४ अङ्क छ । रियललाई हराएको गेटाफेको ३२ अङ्क जोड्दै ११औँ स्थानमा उक्लिएको छ । एजेन्सी