अन्तर्राष्ट्रिय गैरसरकारी संस्था बाल कोष जापानले पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको शैक्षिक क्षेत्रमा दिगो विकास गर्ने उद्देश्यका साथ चार करोड ५९ लाख ५४ हजार ९२७ रुपियाँ बराबरको आर्थिक साझेदारी गर्ने भएको छ ।
नियतिले हिर्काएको गहिरो चोट बोकेर यतिबेला देश फेरि एउटा अलमलमा फसिरहेको छ, निर्वाचन हुन्छ अनि निर्वाचन हुँदैन । योसँगै गाँसिएको अर्को मलमल हो, संसद् पुनस्र्थापना गर्नु पर्छ/हुनु पर्छ वा नगरौँ/हुनु पर्दैन । इतिहासमा यति धेरै लामो अलमल र अ
स्याङ्जा मात्रै होइन यस आसपासका जिल्लामा सडक बालबालिका भेटिए वा अभिभावकविहीन बालबालिकालाई आश्रय दिनु परेमा सबैले सम्झने नाम हो ‘अमोर सेवा नेपाल’ ।
सामुदायिक विद्यालयको शिक्षामा सुधार गरी गुणस्तर वृद्धि गर्न कार्यरत शिक्षकको सक्षमता वृद्धि गर्नु पर्छ । विश्वविद्यालयका क्याम्पसले उत्पादन गरेका शिक्षाशास्त्र बिएड र एमएडकै आधारमा शिक्षक नियुक्त गर्दा र शिक्षक हुन सक्ने मापदण्ड बनाउँदा भरपर्दो भएन ।
सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको शुद्धीकरण, सुदृढीकरण र नवीनतम जनअभिमतका आधारमा समुन्नत राष्ट्रनिर्माणको अठोटसहित राजनीतिक दललाई रूपान्तरण गर्ने महोत्सव हो निर्वाचन । सरकारले घोषणा गरे अनुरूप देश निर्वाचनको तयारीमा छ ।
पश्चिम गुल्मीको मदाने गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य धमाधम भएको छ । वडा नम्बर–६, पुर्कोटदहको सेवा प्रवाह गर्दै आएको यस पालिकाको प्रशासकीय भवन निर्माणको भौतिक प्रगति हालसम्म ८० प्रतिशत भएको मदाने गाउँपालिकाका सूचना अधिकारी सुशील पोखरेलले जानकारी दिनुभयो ।
माथिल्लो हुम्लाका हवाई यात्रुलाई टिकटका लागि गोलाप्रथाको सहारा लिनु परेको छ । हवाईजहाजहरू काठमाडौँ फिर्ता हुँदा उडान कम भएपछि यात्रुलाई टिकट पाउन गोलाप्रथाको सहारा लिनु परेको हो ।
बिहीबारदेखि सुुरु भएको वर्षाका कारण मेची राजमार्ग पुनः अवरुद्ध भएको छ । गएको असोज १८ गते रातिको वर्षाका कारण मेची राजमार्गको राजदुवालीस्थित माइखोलामाथिको सडकमा पहिरो गएर अवरुद्ध भएको थियो ।
अलैँचीको मूल्य एक लाख रुपियाँभन्दा माथि पुगेको छ । उच्च गुणस्तरको अलैँचीको मूल्य प्रतिमन एक लाख सात हजार रुपियाँ पुगेको छ । अलैँची बिक्रीको पहिलो सिजन भदौदेखि नै प्रतिमन ९० हजार रुपियाँमा खरिदबिक्री भएको अलैँचीले कात्तिकको दोस्रो साता पुग्दा उच्च मूल्य कायम गरेको इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौडेलले बताउनुभयो ।
मिठो बास्ना र स्वादिलो चामलका रूपमा लिइने कालानामक धान लोप हुने अवस्थामा पुगेको छ । नेपालको तराईका केही जिल्लामा मात्र पाइने छुट्टै पहिचान बोकेको यस धानको खेती नगण्य हुँदा कालानमकको उत्पादनमा निकै नै कमी आएको छ ।
जेनजीको आन्दोलनको क्रममा फरार भएका दुईजना कैदीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
वालिङ नगरपालिका –५ जर्कोटमा मोटरसाइकल चर्को आवाजमा चलाएको विषयमा भएको विवादमा भएको हत्या आरोपमा एक फरारलाई ६५ दिनपछि प्रहरीले पक्राउ गरेको छ ।
नेपाल निर्माण व्यवसायी महासङ्घले अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई निर्माण उद्योगमा देखिएका पछिल्ला जटिल समस्या र त्यसले मुलुकको समग्र अर्थतन्त्रमा पार्न सक्ने प्रतिकूल प्रभावका विषयमा अवगत गराएको छ ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालका आठ जलविद्युत् आयोजनाको २८३ मेगावाट विद्युत् निर्यातको अनुमति नवीकरण गरेको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गत रहेको प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज (आइइएक्स) का लागि चार र मध्यकालीन सम्झौता अन्तर्गत हरियाणा राज्यमा निर्यात हुने चार आयोजनाका लागि निर्यात अनुमति करिब एक वर्षका लागि नवीकरण गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
बिहीबारदेखि परेको अविरल वर्षासँगै बिपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले वर्षासँगै आएको लेदोका कारण बिपी राजमार्ग दुईतर्फी रुपमा नै अवरुद्ध भएको जनाएको छ ।