मिठो बास्ना र स्वादिलो चामलका रूपमा लिइने कालानामक धान लोप हुने अवस्थामा पुगेको छ । नेपालको तराईका केही जिल्लामा मात्र पाइने छुट्टै पहिचान बोकेको यस धानको खेती नगण्य हुँदा कालानमकको उत्पादनमा निकै नै कमी आएको छ ।
जेनजीको आन्दोलनको क्रममा फरार भएका दुईजना कैदीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
वालिङ नगरपालिका –५ जर्कोटमा मोटरसाइकल चर्को आवाजमा चलाएको विषयमा भएको विवादमा भएको हत्या आरोपमा एक फरारलाई ६५ दिनपछि प्रहरीले पक्राउ गरेको छ ।
नेपाल निर्माण व्यवसायी महासङ्घले अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई निर्माण उद्योगमा देखिएका पछिल्ला जटिल समस्या र त्यसले मुलुकको समग्र अर्थतन्त्रमा पार्न सक्ने प्रतिकूल प्रभावका विषयमा अवगत गराएको छ ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालका आठ जलविद्युत् आयोजनाको २८३ मेगावाट विद्युत् निर्यातको अनुमति नवीकरण गरेको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गत रहेको प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज (आइइएक्स) का लागि चार र मध्यकालीन सम्झौता अन्तर्गत हरियाणा राज्यमा निर्यात हुने चार आयोजनाका लागि निर्यात अनुमति करिब एक वर्षका लागि नवीकरण गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
बिहीबारदेखि परेको अविरल वर्षासँगै बिपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले वर्षासँगै आएको लेदोका कारण बिपी राजमार्ग दुईतर्फी रुपमा नै अवरुद्ध भएको जनाएको छ ।
अभिनेता राजेश हमालले पुस्तक ‘युगदेखि युगसम्म’ नितान्त जीवन र भोगाइका बारेमा लेखिएको बताउनुभएको छ । फाइनप्रिन्ट बुक्स र ¥यान्डम रिडर्स सोसाइटीको आयोजनामा भएको फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सवको अन्तिम सत्रमा हमालले पत्रकार अपिल त्रिपाठीसँग आफ्ना धेरै विगतका कुरा खोल्नुभएको हो । उहाँहरू बिचको कुराकानी ‘युगदेखि युगसम्म’ आधारित थियो ।
डा. शशि थापा पण्डितका तीन कृति ‘नेपाली कलामा कामकला, मल्लकालिक नेपालका नारीहरू, नागार्जुन क्षेत्रका सांस्कृतिक अध्ययन’ लोकार्पण भएको छ । नेपाल आदर्श महिला सङ्घ, बालाजुद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा प्रा. दिनेशराज पन्त, प्राडा जगमान गुरुङ, प्राडा वीणा पौडेल र प्राडा पेसल दाहालले संयुक्त रूपमा डा. शशिका कृतिहरूको लोकार्पण गर्नुभयो ।
बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा शुक्रबार साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ६२ पैसा र बिक्रीदर १४२ रुपियाँ २२ पैसा निर्धारण गरिएको छ ।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने ४९ जना मृतकका परिवारलाई सरकारले आर्थिक सहयोग उपलब्ध गराएको छ । गत भदौ २३ र २४ गते भएको आन्दोलनमा तीन जना प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो । प्रदर्शनकारीतर्फ ५३ जना नेपाली नागरिक, एक जना भारतीय नागरिक, १० जना कैदीबन्दीको मृत्यु भएको थियो । मृतकमध्ये १२ जनाको अझैसम्म पहिचान खुलेको छैन ।
सरकारले विद्युतीय प्रणालीमार्फत राष्ट्रिय परिचयपत्रको पहुँच विस्तार गरी अनिवार्य गरेको छ । कात्तिक १२ गतेको मन्त्रीपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गृह मन्त्रालयको प्रस्तावमा राष्ट्रिय परिचयपत्रको आबद्धता विस्तार गरेको हो ।
भरतपुर, कात्तिक १४ गते । चितवनमा बिहिबार राति भएको यात्रुवाहक बस दुर्घटनामा ३३ जना घाइते भएका छन् ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालय कीर्तिपुर परिसरको जग्गामा फैलिएको करिब तीन सय रोपनी झाडी फाँडिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको पहलमा झाडी फाँडिएको हो ।
सप्तरीमा प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुमाथि कानुनी कारवाहीको प्रक्रिया अघि बढेको प्रहरीको भनाइ छ ।