शरद्को शीतल बिहान । छ किलो फलामझैँ गह्रौँ मन बोकेर उठेँ म । तलतिर त्रिवेणी बगिरहेछ । ढुङ्गाका कापकाप फोडेर बगेको नदीको कलकल सुसेली मलाई नमीठो लागिरहेछ । मानौँ, आफ्नै मुटुका कापकाप फोड्दै निस्केको आफ्नै बिरही बिलौना हो त्यो सुसाहट ।
यहाँका एक गाउँका स्थानीयवासीको सक्रियतामा करोडौँ रकम जुटाएर गाउँमा सुविधासम्पन्न विद्यालय भवन निर्माण गरेका छन् । सामूहिक एकता र इच्छाशक्ति भए नमुना काम गर्न सकिने म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लीका स्थानीयहरूले उदाहरण प्रस्तुत गरेका छन् ।
“हामी एक भारी घाँस नकाटी स्कुल जानै पाउन्नथ्यौँ । नटालेको भन्ने लुगा नै हुँदैनथ्यो । आज आफूले खाइ नखाइ सबै कुरा पु¥याइदिँदा मात चढेर स्कुल पो जान्न भन्छ । के गरेर जीवन चलाउने होला यसले ।” घामको रापसँगै कचकचको ताप चढ्न थालेको थियो सन्तुका घरमा । “केटाकेटीलाई सधैँ झपारेर मात्र हुन्छ र, उसको कुरै नसुनिदिएपछि के गरोस् त विचरा ! आइज बाबु भित्र ।” आमाले सन्तुको कपाल मुसार्दै भान्सातिर लैजानुभयो
राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङको मुक्तिनाथ मन्दिरको दर्शन गर्नुभएको छ । शुक्रवार बिहान मन्दिर परिसरमा निर्माण भएको बुद्धको मूर्तिको अनावरण गर्न मुक्तिनाथ क्षेत्र पुग्नुभएसँगै उहाँले मन्दिरको दर्शन गर्नुभएको हो ।
सुदूरपश्चिम प्रदेशको सेती लोकमार्गअन्तर्गत चैनपुर–ताक्लाकोट सडक निर्माणलाई राजनीतिक दलले हरेक निर्वाचनमा चुनावी मुद्दा बनाउने गरेका छन्। त्रिदेशीय नाका जोड्ने सो मार्ग बझाङ सदरमुकाम चैनपुरबाट १०३ किलोमिटर दूरीको छ। यस पटकसमेत सत्ता गठबन्धन दल र नेकपा (एमाले)ले यसलाई चुनावी मुद्दा बनाएका छन्। यद्यपि हरेक चुनावी मुद्दा बन्ने सो सडक बजेटमा चाहिँ प्राथमिकतामा नपर्ने गरेको मतदाताको गुनासो छ।
सुदूरपश्चिम प्रदेशको सेती लोकमार्गअन्तर्गत चैनपुर–ताक्लाकोट सडक निर्माणलाई राजनीतिक दलले हरेक निर्वाचनमा चुनावी मुद्दा बनाउने गरेका छन्। त्रिदेशीय नाका जोड्ने सो मार्ग बझाङ सदरमुकाम चैनपुरबाट १०३ किलोमिटर दूरीको छ। यस पटकसमेत सत्ता गठबन्धन दल र नेकपा (एमाले)ले यसलाई चुनावी मुद्दा बनाएका छन्। यद्यपि हरेक चुनावी मुद्दा बन्ने सो सडक बजेटमा चाहिँ प्राथमिकतामा नपर्ने गरेको मतदाताको गुनासो छ।
कैलालीको धनगढी उपमहानगरपालिका–७ स्थित देवहरिया वनस्पति उद्यानमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ। उद्यानलाई व्यवस्थित गरिएपछि अवलोकन गर्नेहरूको चहलपहल बढ्न थालेको हो। वनस्पति अनुसन्धान केन्द्रका अनुसार चालू आर्थिक वर्षको तीन महिनामा मात्रै २६ हजार ६० जनाले उद्यान अवलोकन गरेका छन्। उनीहरूबाट पाँच लाख १७ हजार २१५ रुपियाँ राजस्व सङ्कलन भएको वनस्पति अनुसन्धान केन्द्रले जानकारी दिएको छ। यसैगरी गत आर्थिक वर्षको असारमा करिब ५२ हजार रुपियाँ राजस्व सङ्लन गरिएको थियो।
हिमपातले बाटो अवरुद्ध भएका उपल्लो डोल्पाका विभिन्न मतदान केन्द्रमा मतदान कर्मचारी खटाउन निकै चुनौती भएको छ। असोजको अन्तिम साताको वर्षासँगै भएको हिमपातले अवरुद्ध सडक नाका अझै खुल्न सकेको छैन। मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीका अनुसार माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुन्डो गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिकाको तिन्जे, छार्काताङसोङ गाउँपालिकाको छार्कामा पर्ने मतदान केन्द्रमा हेलिकोप्टरको व्यवस्था नभईकन मतदान कर्मचारी पठाउन सकिने अवस्था छैन।
आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पर्व मनाइँदै छ । हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरी मनाइने धार्मिक प्रचलन रहेको छ।
घोराही उपमहानगरपालिका वडा नम्बर ११ चाँचलामा विद्युत् पुगेको एक वर्ष बित्यो। विकट बस्तीमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ को भित्री सक्राम हुँदै करिब छ किलोमिटर विद्युत् तार विस्तार भए पनि अझै सेवा सुरु हुन सकेको छैन। थ्री फेसको लाइन पुगे पनि स्थानीय सेवा प्रवाहमा जोडिन पाएका छैनन्।
पाल्पाका निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारले मत बदर हुन नदिन छुट्टै टोली बनाएर मतदातालाई मत हाल्न सिकाएका छन्। जिल्लामा गठबन्धनका तर्फबाट विभिन्न दलका उम्मेदवार बनेकाले मत बदर हुने आकलनसहित मतदातालाई मत दिन सिकाउने गरिएको उम्मेदवारको भनाइ छ। खासगरी सत्ता गठबन्धनबाट पाल्पा क्षेत्र नं. २ मा तीन दलका उम्मेदवार भएकाले मतदातालाई शिक्षा दिन टोली खटाइएको नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले जानकारी दिनुभयो।
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदातालाई मतदान प्रक्रियाबारे सचेत गराउने उद्देश्यले बागलुङका सबै वडाहरूमा मतदाता शिक्षा सञ्चालनको तयारी गरिएको छ। निर्वाचन आयोगको निर्देशिकाअनुसार जिल्लाका दसवटै स्थानीय तहले सबै वडामा कार्यरत स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा जनशक्तिका रूपमा तयार गरेका हुन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘क्यालिब्रेसन’ उडानको तयारी गरिएको छ। विमानस्थल सञ्चालनका लागि पूर्व रिठेपानी डाँडा कटान सकिएलगत्तै क्यालिब्रेसन उडान हुने जनाइएको छ। विमानस्थल आयोजना प्रमुख विनेश मुनाकर्मीका अनुसार एक हप्ताको सूचनापछि डाँडा कटान सुरु हुनेछ। रिठेपानी डाँडा १४ मिटर काटेपछि परीक्षण उडान गर्न सकिने प्रमुख मुनाकर्मीले बताउनुभयो।