पाल्पाको तिनाउ –३, झुम्सामा बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो २ बजेतिर स्याङ्जाबाट बुटवलतर्फ जाँदैगरेको ग १६ प १४८६ नम्बरको मोटरसाइकल र बुटवलबाट पाल्पातर्फ आइरहेको लु २ ख २४९ नम्बरको बस एकापसमा ठोक्किएको थियो ।
नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले गुल्मी २ मा आफ्नो प्रतिस्पर्धी कोही नभएको बताउनुभएको छ । निर्वाचनपछि नेकपा (एकीकृत समाजवादी) को राजनीतिक भविष्य पनि सकिने उहाँको दाबी छ ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लाका दुई निर्वाचन क्षेत्रमा ३३ जना उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।
पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट एक हजार ८४५ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा २५ जनामा कोरोना पुष्टि भएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमण गर्नुहुने भएको छ।
उपराष्ट्रपति नन्दबहादुर पुनलाई मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्र रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ।
पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महाकाली सन्धि कार्यान्वयन गर्नुपर्ने बताउनु भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण सुहाउँदो प्रकारको विकास अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । हिमालपारिको जिल्ला मुस्ताङको हिन्दु तथा बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल मुक्तिनाथ दर्शन एवम् भगवान् बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति निर्माण प्रक्रियाको शुभारम्भ गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
काठमाडौं जिल्ला अदालतले जबरजस्ती करणी आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका प्रवक्ता दीपक दाहालका अनुसार न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
स्थानीय तहको मतपरिणामलाई हेर्दा आगामी मङ्सिरमा हुने सङ्घीय चुनावमा काठमाडौं क्षेत्र नं १ मा सत्तागठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका प्रकाशमान सिंह र नेकपा (एमाले)का किरण पौडेलबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेपाली कांग्रेस र गठबन्धनको एकता आगामी निर्वाचन परिणाले देखाउने बताउनुभएको छ ।
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवम् सुर्खेत क्षे नं. २ (क) का उम्मेदवार यामलाल कँडेलले चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्दै बीरेन्द्रनगर सहरलाई आधुनिक र सुरक्षित सहर बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
इबोलाका विरुद्धमा सङ्घर्ष गर्नका लागि आर्थिक सहयोग आवश्यक रहेको युगाण्डाको सरकारले जनाएको छ । युगाण्डाको सरकारले हाल त्यहाँ फैलिएको इबोलाको प्रकोपको नियन्त्रण गर्न र यसकाविरुद्ध लड्न कम्तीमा पनि २० मिलियन अमेरिकी डलर आवश्यक रहेको जनाएको हो ।
प्रतिनिधिसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको भक्तपुर निर्वाचन क्षेत्र १, २ र ललितपुर निर्वाचन क्षेत्र नं. १, २ र ३ मा उम्मेदवारहरु बीच उच्च प्रतिस्पर्धा हुने भएको हो ।
भोटेकोशी गाउँपालिकामा तेस्रो लिस्तिकोट दुगुनागढी माउण्ट ट्रेल रेस २०७९ सम्पन्न भएको छ । जिल्ला र जिल्ला बाहिरको २४१ जना धावकले सो रेसमा सहभागी भएका थिए । २४ दशमलव ५ किलोमिटरको टे«ल रेस भोटेकोशी गाउँपालिकाको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयको प्राङ्गणबाट ऐतिहासिक भूमि दुगुनागढीमा पुगेर समापन भएको थियो ।