पाल्पाको सत्यवतीमा चिच्याएर ‘वर’ माग्ने मेला आज शुक्रबारदेखि सुरु भएको छ । पाल्पाको तिनाउ –४, सत्यवती ताल क्षेत्रमा चिच्याएर ‘वर’ माग्ने मेला सुरु भएको हो ।
म्याग्दीको पर्यटकीय स्थल घोडेपानीमा तेस्रो घोडादौड प्रतियोगिता आयोजना गरिएको छ । विदेशी तथा आन्तरिक पर्यटकलाई आकर्षित गर्न अन्नपूर्ण गाउँपालिका –६ स्थित घोडेपानीमा बिहीवार घोडादौड प्रतियोगिता आयोजना गरिएको हो ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको तयारीका लागि कैलालीको सुख्खडमा नमूना मतदान गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको सौराहा बजारमा बिहानीपख जङ्गलको गैँडा शहरमा घुम्दै । विशेष गरी गैंडाहरू सौराहा बजारमा बिहान र बेलुकी पख घुमेको देखिन्छ ।
भारतको पश्चिमी राज्य गुजरातका अधिकारीहरूले मोर्बीको मच्छुनदीमा हराएकाहरूको खोजी स्थगन गरेका छन् । गत आइतबार राति मच्छुनदीको झोलुङ्गे पुल भाँचिदा एक सय ४१ जनाको मृत्युभएको थियो भने कैयौँ हराएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मुक्तिनाथ मन्दिर परिसरमा निर्मित भगवान् गौतमबुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको विशाल मूर्ति निर्माण प्रक्रियाको शुभारम्भ गर्नुभएको छ ।
निर्वाचन प्रयोजनार्थका लागि निर्वाचन आयोगलाई भारत सरकारले ८० वटा सवारी साधन प्रदान गरेको छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको आवश्यक सबै मतपत्र छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको हो ।
नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले देशमा विकास र जनताका माग पूरा गर्न नेकपा एमालेको सरकार आवश्यक भएको बताउनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी हिमालपारिको जिल्ला मुस्ताङ पुग्नुभएको छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल मुक्तिनाथ दर्शन एवम् भगवान् बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यास गर्ने कार्यक्रमका लागि राष्ट्रपति भण्डारी मुस्ताङ आइपुग्नु भएको हो ।
बी–५२ बम्बर विमान स्पेनको भूमध्य सागर तटीय क्षेत्रमा इन्धनवाहक केसी–१३५ विमानसँग आकाशमै ठोक्किएको थियो। सम्भावित भयङ्कर घटनाबाट जोगिन विमानमा रहेका ७० किलो टनका हाइड्रोजन बममध्ये तीनवटा पालोमेस नगर नजिकै र एउटा समुद्रमा खसालियो। यसरी अमेरिकाले परमाणु दुर्घटना बेहोरेको यो पहिलो र अन्तिम घटना थिएन।
शरद्को शीतल बिहान । छ किलो फलामझैँ गह्रौँ मन बोकेर उठेँ म । तलतिर त्रिवेणी बगिरहेछ । ढुङ्गाका कापकाप फोडेर बगेको नदीको कलकल सुसेली मलाई नमीठो लागिरहेछ । मानौँ, आफ्नै मुटुका कापकाप फोड्दै निस्केको आफ्नै बिरही बिलौना हो त्यो सुसाहट ।
यहाँका एक गाउँका स्थानीयवासीको सक्रियतामा करोडौँ रकम जुटाएर गाउँमा सुविधासम्पन्न विद्यालय भवन निर्माण गरेका छन् । सामूहिक एकता र इच्छाशक्ति भए नमुना काम गर्न सकिने म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लीका स्थानीयहरूले उदाहरण प्रस्तुत गरेका छन् ।
“हामी एक भारी घाँस नकाटी स्कुल जानै पाउन्नथ्यौँ । नटालेको भन्ने लुगा नै हुँदैनथ्यो । आज आफूले खाइ नखाइ सबै कुरा पु¥याइदिँदा मात चढेर स्कुल पो जान्न भन्छ । के गरेर जीवन चलाउने होला यसले ।” घामको रापसँगै कचकचको ताप चढ्न थालेको थियो सन्तुका घरमा । “केटाकेटीलाई सधैँ झपारेर मात्र हुन्छ र, उसको कुरै नसुनिदिएपछि के गरोस् त विचरा ! आइज बाबु भित्र ।” आमाले सन्तुको कपाल मुसार्दै भान्सातिर लैजानुभयो