पेट्रोलको मूल्य प्रतिलिटरमा तीन रुपियाँ १६ पैसा बढेर आएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नोभेम्बर १६ मा पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य बढेर आएको हो। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटबढ भएका कारण पेट्रोलको मूल्य बढेर र डिजेलको घटेर आएको निगमले जनाएको छ। डिजेलको मूल्य भने प्रतिलिटरमा एक रुपियाँ ३० पैसा घटेर आएको निगमले जनाएको छ। यो नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १० रुपियाँ ७६ पैसा नाफा हुने अनुमान गरिएको छ। अघिल्लो पटक पेट्रोलमा १३ रुपियाँ ९२ पैसा नाफा रहेको थियो। यस्तै डिजेलमा यसअघि १२ रुपियाँ १३ पैसा घाटामा रहेकाले अझै डिजेलमा प्रतिलिटर १० रुपियाँ ८३ रुपियाँ घाटा रहने निगमले जनाएको छ।
नयाँबानेश्वरको व्यस्त चोकमा म्यादी प्रहरीको जिम्मेवारीमा खटिनुभएकी सरिता भुजेल सडकमा सवारीसाधनको अत्यधिक चाप हँुदा आकाशे पुल प्रयोग गर्न नसक्ने वृद्धवृद्धालाई सडक वारपार गर्न सहयोग गर्नुहुन्छ । उहाँको अचेलको दैनिकी म्यादी प्रहरीको पोसाकमा हातमा लट्ठी समातेर नयाँबानेश्वर चोकमा ट्राफिक व्यवस्थापन गर्न र नजिकै रहेको आकाशे पुल चढ्न नसक्ने वृद्धवृद्धालाई सडक वारपार गर्न सघाउने गर्दा बित्ने गरेको छ ।
प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन नजिकिएसँगै काठमाडौँबाट बाहिरिने सार्वजनिक यातायातमा यात्रुको चाप बढेको छ। जिल्लामा जाने अधिकांश बस रिजर्व भइसकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ। मङ्सिर ४ गतेको निर्वाचन अघिसम्म करिब पाँच लाख यात्रु बाहिरिने महासङ्घको अनुमान छ।
नेपालगञ्जस्थित नेपाल–भारत सिमानामा निर्माण भइरहेको एकीकृत भन्सार जाँच चौकी (आईसीपी)को निर्माण ७० प्रतिशत पूरा भएको छ। कोभिड–१९ र वर्षालगायतका कारण ढिलाइ भए पनि आगामी सात महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको निर्माण कम्पनीले जनाएको हो। यो जाँच चौकी भारतीय सिमानासँग जोडिएको नेपालगञ्ज उपमहानगरपालिका–१६, जयसपुरमा निर्माण भइरहेको छ।
विगत केही महिनायता समस्याग्रस्त रहेको अर्थतन्त्रका केही सूचकमा सुधार देखिएको छ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तीन महिनासम्मको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार शोधनान्तर, विदेशी विनिमय सञ्चिति तथा विपे्रषण आप्रवाहमा क्रमिक सुधार भइरहेको छ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरस्थित दिवाकर विक्रम मल्लको घरमा बम बनाउने क्रममा प्रेसर कुकर बम विस्फोट भएको छ । बुधबार राती करिब साढे आठ बजेतिर मल्लको घरमा विद्यार्थीले भाडामा लिएको कोठामा बम विस्फोट भएको थियो । नेत्र बिक्रम चन्द नेतृत्वको विप्लव समुहका कार्यकर्ताले बम बनाउने क्रममा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतलाई जवाफ पठाएको छ। महान्यायाधिवक्ता कार्यालयमार्फत कार्यालयका सचिव यादवप्रसाद कोइरालाले जवाफ पठाउनुभएको हो। सर्वोच्चका प्रवक्ता विमल पौडेलले अदालतमा जवाफ प्राप्त भएको जानकारी दिनुभयो।
विश्वभर एकसाथ मनाइने महिला हिंसाविरुद्धको १६ दिने अभियान नेपालमा मङ्सिर ९ गतेदेखि २४ गतेसम्म विविध कार्यक्रम गरेर मनाउन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तयारी थालेको छ। सोह्र दिनसम्म चल्ने यो अभियानमा महिला तथा बालिकाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न देशव्यापी सचेतना बढाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थाहरूसँग मिलेर कार्यक्रम गर्ने योजना मन्त्रालयले तयार गरिरहेको मन्त्रालयका महिला विकास अधिकृत ममता विष्टले जानकारी दिनुभयो।
नेपालमा विश्वकप फुटबल प्रसारणको कानुनी बाटो खुलेको छ। अतिरिक्त शुल्क लिएर खेलको प्रसारण गर्न लागेको भन्दै दायर रिटको अल्पकालीन आदेशलाई अदालतले निरन्तरता नदिएपछि कानुनी बाटो खुलेको हो। कतारमा हुने विश्वकपको प्रत्यक्ष प्रसारणको ‘एक्सक्लुसिभ राइट’ यो पटक मेडिया हबले पाएको छ। मिडिया हबले प्रसारणका लागि हिमालय टेलिभिजन नेटवर्कको हिमालय प्रिमियमसँग सम्झौता गरेको छ। अदालतले अन्तरिम आदेश खारेज गरेपछि विश्वकपको नयाँ प्याकेजको शुल्क पाँच सय भने कायम हुने भएको छ। यसमा कर लागू हुनेछ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानसम्बन्धी उपकरण (नेभिगेसन इक्विपमेन्ट) जडान भएका देशभरका विमानस्थलमा बिहीबारदेखि यान्त्रिक उडान गर्ने भएको छ । विमानस्थलमा जडान भएका उपकरणले काम गरे नगरेको परीक्षण गर्न एरोथाईको टोली नेपाल आइसकेको छ । कम्तीमा छ महिना र बढीमा हरेक दुई वर्षमा गर्नुपर्ने उक्त नियमित परीक्षण उडान गर्न एरोथाईको प्राविधिक उपकरण जडित जहाजसहितको टोली बुधबार भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेको छ । उक्त टोलीमा एरोथाईका पाइलट, रेडियो, एरोनटिकल, इलेक्ट्रोनिकल इन्जिनियर तथा प्राविधिक छन् । भैरहवा विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालका अनुसार एरोथाईको टोलीले बिहीबार गौतमबुद्व विमानस्थलमा यान्त्रिक परीक्षण उडान गर्नेछ ।
पर्वतको जलजला गाउँपालिका-३ माइनडाँडामा बुधबार साँझ जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
सीताराम विवाह पञ्चमी महोत्सवका अवसरमा सिङ्गारिएको जनकपुरधाम
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. शशाङ्क कोइरालाले सुकुम्बासीलाई लालपुर्जासहित रोजगारीको व्यवस्था मिलाउने बताउनुभएको छ।
जापानका परराष्ट्र राज्य मन्त्री ताकेइ स्युनसुके निर्वाचन पर्यवेक्षण गर्न नेपाल जाने हुनु भएको छ ।
निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय चुनावको स्थिर समय मंसिर १ गते राति १२ बजेदेखि सुरु हुने बताएको छ।