• १३ असोज २०८१, आइतबार

जापानका परराष्ट्र राज्य मन्त्री नेपाल आउँदै

blog

जापानका परराष्ट्र राज्य मन्त्री ताकेइ स्युनसुके

सरिता थापा 

जापान, कात्तिक ३० गते । जापानका परराष्ट्र राज्य मन्त्री ताकेइ स्युनसुके निर्वाचन पर्यवेक्षण गर्न नेपाल जाने हुनु भएको छ । मन्त्रालयले आज जारी गरेको सूचना अनुसार उहाँ प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पर्यवेक्षक प्रमुखको रुपमा नेपाल जान लाग्नु भएको हो । 

‘नेपालमा  मङ्सिर ४ गते (नोभेम्वर २० तारिख) मा हुन गइरहेको निर्वाचनलाई पारदर्शी, निष्पक्ष र शान्तिपूर्ण तवरले सम्पन्न होस् भन्ने जापानको चाहना हो’ विदेश मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको सूचनामा भनिएको छ । जापानका तर्फबाट निर्वाचन  पर्यवेक्षण गर्न पर्यवेक्षक प्रमुखका रुपमा परराष्ट्र राज्य मन्त्री ताकेइलाई नेपालमा खटाइएको विज्ञप्तिमा उल्लेख छ ।

परराष्ट्र राज्य मन्त्री ताकेइ १९ तारिख नारिता विमानस्थलबाट नेपालतर्फ प्रस्थान गर्ने र २० तारिख निर्वाचन सकिएपछि उहाँ भुटान र बङ्गलादेश हुँदै २५ तारिख जापान फर्कने तालिका रहेको छ ।

राज्यमन्त्री प्रमुख पर्यवेक्षकका रुपमा नेपाल जान लागेको टोकियोस्थित नेपाली दुतावसले पनि पुष्टि गरेको छ । परराष्ट्र राज्य मन्त्री नेपाल जाने सूचना नेपाली राजदुतावासलाई पनि जानकारी भएको दुतावासका उपनियोग प्रमुख अम्बिका जोशीले जानकारी दिनुभयो ।