बुधार राति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ६ म्याग्निच्युडको भूकम्पका कारण बैतडीका विद्यालय भवनमा क्षति पुगेको छ। भूकम्पका कारण पाटन नगरपालिका र सिगास गाउँपालिकाका विद्यालयमा बढी क्षति पुगेको छ।
सीमाक्षेत्रमा हुँदै आएको अपराध नियन्त्रणका कुरालाई राजनीतिक दलले चुनावी मुद्दा बनाउन सकेका छैनन्। सामाजिक विकासका महत्त्वपूर्ण पक्षका रूपमा रहेको अपराध नियन्त्रण कार्यलाई दलले बेवास्ता गर्दै आएका छन्।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदान गर्ने दिन नजिकिँदो छ तर रामेछापको मन्थली नगरपालिका–९ की ५० वर्षीया निरमाया मगरलाई चुनावमा मत कसरी हाल्ने भन्ने चिन्ताले सताएको छ । निर्वाचन नजिकै आइसक्यो तर निरमाया मगरलाई यो निर्वाचनमा मतपत्र कतिवटा छन् र कस्ताकस्ता रङका मतपत्र छन् भन्नेसमेत थाहा छैन । उहाँले भन्नुभयो, “मत हाल्ने दिन आइसक्यो, यो चुनावमा कतिवटा मतपत्र हुन्छन्, कस्ताकस्ता रङका मतपत्र हुन्छन् थाहा छैन ।
एउटा मात्रै निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पृथ्वीसुब्बा गुरुङ र नेकपा (माओवादी केन्द्र)का देव गुरुङ हुनुहुन्छ । उहाँहरू दुवैको उम्मेदवारीमा प्रतिस्पर्धा मात्र होइन रोचक प्रसङ्ग पनि छ । दुई फरक राजनीतिक दलका प्रभावशाली नेता भए पनि दुवै जना लमजुङबाट प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धा गर्नुपर्छ भन्नेमा विश्वस्त हुनुहुन्न थियो । पृथ्वी लमजुङबाट प्रतिनिधि सभा नभई प्रदेश सभा सदस्यमा उम्मेदवारी दिन चाहनुहुन्थ्यो । देवलाई पनि पार्टीको स्थानीय समितिले कास्की जिल्लाबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रूपमा सिफारिस गरेको थियो ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई समावेशी तथा अपाङ्गतामैत्री बनाउन निर्वाचन आयोगले निर्देशन दिएको छ । नेपालको संविधानले अङ्गीकार गरेको समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प आत्मसात् गरेको आयोगले जनाएको छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो पटक मतदान गर्ने मतदाताले आफूहरूले सही मतदान प्रक्रियाबारे जानकारी नपाएको बताएका छन् । मतदान गर्ने दिन नजिकिँदै गर्दा हालसम्म कसैले पनि मतपत्रमा छाप कसरी लगाउने र मतदान प्रक्रियाबारे जानकारी नगराएको उनीहरूको गुनासो छ ।
रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी–४’ को अब डिजिटल प्रिमियर हुने भएको छ। भोलि शुक्रबारबाट नेपालको उदीयमान ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा चलचित्र डिजिटल प्रिमियर हुन लागेको हो। बिहीबार राजधानीमा आयोजित कार्यक्रमबीच एप र चलचित्रको टिमले यसबारेमा जानकारी गरायो। चलचित्र सिनेमाघर एपमा विज्ञापनरहित हेर्न सशुल्क र विज्ञापनसहित हेर्न निःशुल्क दुवै तरिकाले पाइनेछ।
काठमाडौँ, कात्तिक २५ गते । मर्जरमा गएका कम्पनीको दोस्रो बजारमा हुने सेयर कारोबार रोकिने समस्या अन्त्य हुने भएको छ। लगानीकर्ताले मर्जर सम्झौतापछि लामो समयसम्म कम्पनीको सेयर कारोबार रोक्का हुने समस्या अब भने हटेको छ। नियामक नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दर्ता गराएका सङ्गठित संस्था एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९’ बुधबार स्वीकृत गरेसँगै सर्वसाधारण सेयरधनीको सेयर कारोबार रोक्का हुने समस्याको अन्त्य भएको हो। स्वीकृत निर्देशिका बिहीबारदेखि लागू भएको हो।निर्देशिका कार्यान्वयनसँगै गाभ्ने र गाभिने तथा प्राप्तिका कारण रोकिएका कम्पनीको कारोबार क्रमशः खुल्दै जाने भएको छ। निर्देशिकामा भएको व्यवस्थाअनुसार कम्पनीले कारोबार खुलाउन निवेदन दिएसँगै सीडीएससी र नेपाल स्टक एक्सचेन्जले कारोबार खुला गर्ने भएका छन्।एकीकृत कारोबारपछि सेयर मिलानका लागि बढीमा १५ दिनसम्म सेयर कारोबार रोक्न सक्ने व्यवस्था निर्देशिकामा गरिएको छ। ‘एकीकृत व्यावसायिक कारोबार गरेको मितिबाट गाभ्ने वा गाभिने संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि बढीमा १५ कार्यदिनसम्म सेयर कारोबार रोक्का राख्न सम्बन्धित सङ्गठित संस्थाले धितोपत्र बजारसमक्ष निवेदन दिनुपर्नेछ’ निर्देशिकामा भनिएको छ। निवेदन प्राप्त भएपछि धितोपत्र बजारले सम्बन्धित संस्थाको सेयर कारोबार रोक्का राख्नुपर्नेछ।निर्देशिका प्रारम्भ हुनुअघि गाभ्ने/गाभिने वा प्राप्ति प्रक्रियामा रहेका कारण सेयर कारोबार रोक्का रहेका सङ्गठित संस्थाको आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गर्नुपर्ने निर्देशिकामा उल्लेख छ। यसका लागि कम्पनीले आधारभूत सेयरधनीको विवरणसहित नेप्से र सीडीएससीमा निवेदन दिनुपर्ने निर्देशिकामा उल्लेख छ।कुनै पनि कम्पनी मर्जर वा प्राप्तिमा जान लागेको भए उनीहरूको आधारभूत सेयरधनीको कारोबार रोक्का गर्नुपर्ने व्यवस्थासमेत निर्देशिकामा गरिएको छ। यसअघिकै व्यवस्थाअनुसार कम्पनीले मर्जर तथा प्राप्तिसम्बन्धी सम्झौता गरेको दिन वा भोलिपल्ट नै आधारभूत सेयरधनीको कारोबार रोक्का गर्न नेप्सेमा निवेदन गर्नुपर्नेछ। साधारण सभा नभएसम्मका लागि कारोबार रोक्का गर्नुपर्नेछ। एकीकृत कारोबार गरेपछि भने सेयर मिलानका लागि कम्पनीहरूले सबै सेयरधनीको कारोबार रोक्का गर्न सक्ने निर्देशिकामा उल्लेख छ।निर्देशिकाअनुसार आधारभूत सेयरधनीको सेयर कारोबार मर्जर सम्झौता भएको मितिदेखि साधारण सभा सम्पन्न नहुन्जेलसम्मका लागि रोक्का राख्नुपर्नेछ। बढीमा छ महिनाभित्रमा मर्जर प्रक्रिया सक्नुपर्ने व्यवस्था निर्देशकामा गरिएको छ। सोही अवधिमा साधारण सभा सम्पन्न नगरेको खण्डमा सम्बन्धित संस्थाको सञ्चालक समिति जवाफदेही हुनुपर्ने व्यवस्था निर्देशिकाका छ।विनियमावली पनि संशोधनएक महिनाअघि नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूको एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी व्यवस्थालाई संशोधन गरेको थियो। असोजमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी विनियमावली, २०७३ को पाँचौँ संशोधन गर्दै राष्ट्र बैङ्कले मर्जरका क्रममा हुने सेयर कारोबार रोक्का र त्यस्ता संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) व्यवस्थापनको अवधिसम्बन्धी व्यवस्थामा परिमार्जन गरेको थियो।संसोधित विनियमावलीअनुसार अब गाभ्ने/गाभिने तथा प्राप्तिका कारण बन्ने नयाँ संस्थाको कर्जा निक्षेप अनुपात तोकिएको मापदण्ड (९० प्रतिशत)भन्दा बढी भएमा त्यसको समायोजन गर्न दुई वर्षको अवधि दिइएको छ। यसअघि विनियमावलीमा यस्तो व्यवस्था थिएन तर निर्देशिकामा भने एक वर्षको अवधि थियो। विनियमावलीको व्यवस्थाअनुसार सीडी रेसियोको सीमा उल्लङ्घन मर्जरकै कारण सिर्जित भएको प्रमाणित भए मात्र दुई वर्षको सुविधा प्राप्त हुनेछ। अन्यथा यसैसम्बन्धी निर्देशिकाको व्यवस्थाले एक वर्षभित्र नै व्यवस्थापन गर्नुपर्ने हुन्छ।विनियमावलीको पाँचौँ संशोधनमार्फत वित्तीय संस्थाहरू गाभ्ने/गाभिनेका सेयरको दोस्रो बजारमा कारोबार रोक्नेसम्बन्धी अख्तियारी धितोपत्र बोर्डमा छाडिएको थियो। ‘‘गाभ्ने/गाभिने तथा प्राप्ति प्रयोजनका लागि सेयर कारोबारको रोक्का तथा फुकुवा नेपाल धितोपत्र बोर्डले गरेको व्यवस्थाबमोजिम हुनेछ’’ विनियमावलीमा भनिएको छ। यसअघि गाभ्ने/गाभिने तथा प्राप्तिको सैद्धान्तिक सहमति गरेपछि राष्ट्र बैङ्कमा निवेदन दिने क्रममा सम्बन्धित संस्थाका साधारण सभाको निर्णयले नेपाल स्टक एक्सचेन्जबाट सेयर कारोबार रोक्का गराएको पत्रसमेत पेस गर्नुपर्ने व्यवस्था थियो।
नेपाल कृषिप्रधान मुलुक भनेर लामो समय चिनिए पनि कृषिमै स्वनिर्भरता हुन सकेको छैन। संसारभर कृषि उत्पादन बढाउन सरकारी तवरबाट कृषकको हक, हित तथा संरक्षण महत्त्वपूर्ण विषय हुन आउँछ। पछिल्ला दिनमा मुलुकले खाद्यान्न, फलफूल, बीउबिजनजस्ता कृषिजन्य उत्पादनकै आयातमा अर्बौं रुपियाँ धनराशि व्यय गरेको छ। यो अवस्थामा सुधार गर्न सरकारले कृषकका उब्जनी खरिद गरिदिने, राम्रो बजार मूल्य पाउने वातावरण तयार गरिदिनेजस्ता विषयलाई महत्त्व दिनु जरुरी छ। यसबाट मुलुकमा कृषि पेसामा आकर्षण वृद्धिका साथै रोजगारी सिर्जना, खाद्यान्न आयातमा कटौती, वैदेशिक मुद्राको बचतजस्ता पक्षहरूमा सकारात्मक प्रभाव पर्नेछ। यसै सन्दर्भमा सरकारले चालू आर्थिक वर्षका लागि धानको न्यूनतमा समर्थन मूल्य तोकेको छ। धानको न्यूनतम समर्थन तोकिँदा कृषकलाई केही हदसम्म भए पनि राहत देखिन्छ।
प्रतिनिधि सभा र प्रदेश सभाका लागि आगामी मङ्सिर ४ गते आमचुनाव हुँदैछ। यसका लागि निर्वाचन आयोगले सम्पूर्ण तयारी अन्तिम चरणमा पु-याएको छ भने सरकार पनि सो निर्वाचनलाई सफल तुल्याउन कटिबद्ध देखिएको छ। पाँच वर्षमा आउने यो प्रजातान्त्रिक उत्सवमा भाग लिन जनता उत्सुकतापूर्वक प्रतिक्षारत छन् भने विभिन्न दल तथा स्वतन्त्र उम्मेदवार आफ्ना योजना र घोषणापत्र लिएर आममतदाताबीच उत्साहका साथ पुगिरहेका छन्।
उखान छ ‘आगो ताप्नु मुढाको कुरा सुन्नु बूढाको’ । यो उखानको सान्दर्भिकता कहिल्यै पुरानो हुँदैन। तर व्यवहारमा पुरानो भइसकेजस्तो छ। मान्छेमा आधुनिक प्रविधिलाई पछ्याउन छोडेर कसले सुनिरहन्छ गन्धे बूढाका कुरा भन्ने सोच बढेको छ। कोही पनि बूढाको कुरा सुन्न चाहँदैनन् र मुढाको आगो पनि ताप्न चाहँदैनन्। किनभने सजिलो विकल्पको विकास भएको छ विज्ञान र प्रविधिका कारण। अनि उपेक्षामा परेका छन् बूढा र मुढा दुवै। टीभी, मोबाइल, ट्याब्लेटले बूढाका कुरालाई ओझेल पारेका छन् भने विद्युतीय उपकरणले मुढाको आगोलाई। एकदमै उपेक्षामा परेका छन् बूढा र मुढा दुवै। तर कल्पना गरौँ त, बूढा र मुढा दुवै नभए यो समाज कस्तो हुन्छ होला ?
नेपालको कम्युनिस्ट आन्दोलनमा फरक खालको छवि बनाएका नेता हुनुहुन्छ गोकर्ण विष्ट र रामकुमारी झाँक्री । नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा लामो समय सङ्घर्ष गर्दै आउनुभएका विष्ट र नेत्री झाँक्रीको पहिचान युवामाझ लोकप्रिय छ । एमाले पार्टी विभाजनअघि विष्ट र झाँक्री दुवै माधव नेपाल–झलनाथ खनाल खेमामा हुनुहुन्थ्यो । पार्टी विभाजनपछि विष्ट एमालेमै बस्नुभयो । हिजो एउटै पार्टीबाट राजनीतिमा होमिनुभएका विष्ट र झाँक्री अहिले फरक पार्टीबाट मङ्सिर ४ गते हुने प्रतिनिधि सभाका लागि गुल्मी–२ बाट चुनावी मैदानमा उत्रनुभएको छ । यति बेला विष्ट र झाँक्रीको उम्मेदवारीको चर्चा देशभर चुलिएको छ ।
महाभारतको कथाअनुसार आपूm सारथि बनेर कृष्णले अर्जुनलाई युद्धकला सिकाए। अर्जुनलाई शिष्य र कृष्णलाई गुरु मान्ने हो भने महाभारतको यो किस्साबाट शिक्षक मार्गदर्शक र विद्यार्थी कर्मशील हुनुपर्ने आदर्श राजनीतिको दृष्टान्त प्राप्त हुन्छ। युधिष्ठिरको धर्मपरायणता र दुर्योधनको दम्भ अनि निर्णायक भूमिकामा रहेका कृष्णसँग गाँसिएको कथावस्तुमा महाभारतको युद्धले खिचातानी, कटुता, अन्यायका बीचमा पनि सुसंस्कारको पाठ पढाएको छ। धृतराष्ट्रको सत्तामुखी महìवाकाङ्क्षाका सामु धर्म, न्याय र सुशासनकै जित भएको देखाइएको छ।
वि.सं. २०७९ कात्तिक २३ गते बिहान २ बजेर १२ जाँदा पश्चिम नेपाल डोटीको खप्तड राष्ट्रिय निकुन्जको खप्तडबाबा आश्रम आसपास केन्द्रबिन्दु भएको ६.६ रेक्टर स्केलको भूकम्प गयो। जसको धक्का कर्णाली र लुम्बिनी प्रदेशसम्म अनुभव गरिएका समाचार आए। त्यसअघि कात्तिक २२ गते राति ९ बजेर ७ मिनेट र ९ बजेर ५६ मिनेटमा सोही क्षेत्र आसपास केन्द्रबिन्दु भएको क्रमशः ५.७ र ४.१ रेक्टर स्केलका भूकम्प गएको थियो। यी भूकम्पले त्यस क्षेत्र आसपासमा केही क्षति र हताहती भएको समाचार आएका छन्।
शनिबार राजधानीमा प्रविधि सम्बन्धी मेला आयोजना हुने भएको छ । मेलामा विद्यार्थीहरुले तयार पारेका विभिन्न किसिमका रोबोटिक्सदेखि भीआर अनुभव, पब्जी तथा फिफा खेलको अनुभव, थ्रीडी प्रिन्टिङ लगायत प्रदर्शनी रहनेछ । एड्भान्स रोबोटिक्स क्लबले आयोजना गरेको प्रदर्शनीकै क्रममा छुट्टै प्रतिस्पर्धा पनि सञ्चालन हुनेछ । जहाँ उत्कृष्ट छनोट हुने चार टोलीले मुम्बई आइआइटीको टेकफेस्टमा प्रतिस्पर्धा गर्न पाउनेछन् । उक्त फेस्टमा विभिन्न १८ ओटा देशहरुको सहभागिता रहने आयोजक एड्भान्स रोबोटिक्स क्लबका संयोजक संयम अर्यालले जानकारी दिनुभयो ।