बङ्गलादेशमा आयोजना भएको यू–१५ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।
आज बिहान तीन जनालाई आक्रमण गरेर घरभित्र पसेको चितुवा मृत भेटिएको छ। स्याङ्जाको वालिङ नगरपालिका-१४ कफ्लेटीस्थित चण्डीप्रसाद पराजुलीको घरभित्र पसेको चितुवा मृत भेटिएको इलाका वन कार्यालय वालिङका प्रमुख सरोज जमरकट्टेलले बताउनुभयो।
विभागीय टोली त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी क्षेत्रले उत्पादनसँग दाँजिएर उभिन जरुरी रहेको बताउनुभएको छ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कपनस्थित खहरे खोलाको समस्या दुई वर्षभित्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
पत्रकार महिलाले आफूहरूको काम गर्ने शैलीमा निखारता आउन थालेको बताएका छन् । सञ्चारीका समूहले ललितपुरमा गरेको एक कार्यक्रममा पत्रकार महिलाले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रलाई स्थायी बनाउन गठबन्धन आवश्यक रहेको बताउनुभएको छ।
‘२०५६ सालमा मैले चुनाव जित्दै गर्दा यो पश्चिमी क्षेत्रमा बिजुलीको एउटा बल्ब झुन्डिएको थिएन । एक लाइन टेलिफोन सेवा यो क्षेत्रमा थिएन । अहिले हेर्नुहोस् यो क्षेत्र कस्तो भएको छ’ संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई विगत सम्झाउनु भयो ।
पाँचथरमा म्यादी प्रहरीलाई योग प्रशिक्षण दिइएको छ । फिदिमस्थित कर्भड हलमा १ सय १० जना म्यादी प्रहरीलाई योग प्रशिक्षण दिइएको हो ।
नेपाली कांग्रेसका युवा नेता एवम् काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र ५ का प्रत्यक्ष उम्मेदवार प्रदीप पौडेलले दिगो विकास र रोजगारी मुख्य सवाल रहेको बताउनुभएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी सत्तामा आए भ्रष्टाचारीमाथि डोजर चलाउने बताउनुभएको छ। शुक्रबार काठमाडौंमा राप्रपाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले राप्रपा शक्तिमा आए भ्रष्टाचारीमाथि डोजर चलाउने बताउनुभएको हो।
टीकापुर सामुदायिक पुस्तकालयमा नियमित पुस्तक पढ्न आउने पाठक महिनैपिच्छे नगद पुरस्कार पाउने भएका छन् । पछिल्ला वर्षमा पुस्तक पढने पाठकको सङ्ख्या घट्दै गएपछि पाठकको रुचि बढाउन पाठकलाई पुरस्कृत गरिन लागेको हो ।
त्रिभुवन विश्वविद्यालयले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समयमा विभिन्न क्याम्पस प्रयोग भएपछि मङ्सिर १ गतेदेखि नै बिदा दिने निर्णय गरेको छ।
अभिनेत्री मनिषा कोइरालाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विजयी गराउन आम मतदातालाई आह्वान गर्नु भएको छ ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले धरानको खानेपानीसहित अन्य समस्या समाधान गर्न एमाले नेतृत्वको सरकार आवश्यक भएको बताउनुभएको छ । समस्या समाधानमा एमाले सक्षम रहेको उहाँको भनाइ छ ।