• ११ मंसिर २०८१, मङ्गलबार

चुनावका लागि त्रिभुवन विश्वविद्यालय मङ्सिर १ गतेदेखि बिदा

blog

फाइल तस्बिर

काठमाडौं, कात्तिक २५ गते। त्रिभुवन विश्वविद्यालयले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समयमा विभिन्न क्याम्पस प्रयोग भएपछि मङ्सिर १ गतेदेखि नै बिदा दिने निर्णय गरेको छ। 

शुक्रबार त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले सूचना सार्वजनिक गर्नुहुँदै मङ्सिर १ गतेदेखि बिदा दिइएको जानकारी गराउनु भएको हो। 

क्याम्पस मतदान केन्द्रको रूपमा प्रयोग हुने र कर्मचारी निर्वाचनमा खटिनुपर्ने भएकाले मङ्सिर १, २ र ५ गते विश्वविद्यालयका सबै क्याम्पस र कार्यालयमा बिदा दिने निर्णय भएको उहाँको भनाइ छ।