नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्माले दिक्तेलस्थित गोरखनाथ गणको निरीक्षण भ्रमण गर्नुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्था निरीक्षणको क्रममा प्रधान सेनापति शर्माले शुक्रबार गोरखनाथ गणको निरीक्षण भ्रमण गर्नुभएको हो ।
नाबालिकामाथि यौन दुर्व्यवहारको मुद्दामा थुनामा रहेका पल शाहले नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पोखरामा आज पुनरावेदन दिएका छन्।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरु गठबन्धन निरन्तर टिकाएर लैजाने पक्षमा रहेको बताउनु भएको छ। उहाँले सबै एकै ठाँउमा र एउटै दलमा आउन नसक्ने अवस्था भएकाले गठबन्धन आवश्यक भएको प्रष्ट पार्नुभयो।
विहार सरकारले लागु गरेको मदिरा निषेध अभियान असफल भएको राज्यका एक जना वरिष्ठ नेताले बताएका छन् । यद्यपि त्यसबाट राज्यका जनतालाई केही लाभ भएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान केन्द्रहरुलाई लैङ्गिकमैत्री बनाउन निर्देशन दिनुभएको छ । मतदान केन्द्रहरु अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अशक्त, सुत्केरी भएका ब्यक्तिहरुले समेत सहज रुपमा मतदान गर्नेगरी मतदान केन्द्रहरु निर्माण गर्न मतदान अधिकृतहरुलाई निर्देशन दिनुभएको हो ।
संयुक्त राज्य अमेरिकाले युक्रेनलाई ४० करोड अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ । रुसले युक्रेनी सहर खेरसनबाट आफ्ना सेनालाई फर्कने आदेश दिएको एक दिनपछि उक्त अमेरिकी सहायता घोषणा भएको हो ।
पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सरकार गम्भीर नहुँदा आयोगहरुले सिफारिस गरेका विषय कार्यान्वयन हुन नसकेको बताउनुभएको छ । थारु आयोगको चौथो वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष मगरले सो कुरा बताउनुभएको हो ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सल्यानमा एक हजार ६३२ कर्मचारी खटिने भएका छन्
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकै छ । निर्वाचनका लागि दलहरु प्रचारप्रसारमा व्यस्त छन् भने चुनावको मुखमा रोजगारीको खोजीमा छिमेकी मुलुक भारत जान बाध्य छन्, नेपाली युवाहरु ।
वालिङ नगरपालिका–१४ कफ्लेटीमा चितुवाको आक्रमणबाट तीनजना घाइते भएका भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
काठमाडौं महानगरपालिले खुला रुपमा आगो बाल्न निषेध गरेको छ । महानगरले शुक्रबार एक सूचना निकाल्दै महानगरपालिकाका भित्र खुला रुपमा आगो बाल्न निषेध गरेको जानकारी दिएको हो ।
गुल्मीमा मादक पदार्थ बिक्री–वितरणमा रोक लगाइएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मादक पदार्थ बिक्री वितरणमा रोक लगाइएको हो ।
राष्ट्रसङ्घले लेबनानको हैजा नियन्त्रणका लागि करिब ९५ लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको छ । लेबनानमा केही समययतादेखि फैलिएको हैजा नियन्त्रण गर्न राष्ट्रसङ्घको सहयोगको याचना गरिएको लेबनानले जनाएको थियो ।
अमेरिकाबाट नेपाल ल्याइएको १० किलो गाँजासहित दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयमा बच्चाहरूको सोफा र वाटर डिस्पेन्सरको पार्सलमा लुकाइकाछिपाइ ल्याएको अवस्थामा उक्त १० किलो तीन सय ग्राम लागुऔषध गाँजा बरामद गरिएको प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।