• १२ असोज २०८१, शनिबार

प्रधानसेनापतिद्वारा दिक्तेलस्थित गोरखनाथ गणको निरीक्षण भ्रमण

blog

दिक्तेलस्थित गोरखनाथ गणको निरीक्षण भ्रमण गर्नुहुँदै प्रधानसेनापति महारथी प्रभुराम शर्मा । तस्बिर : नेपाली सेना

काठमाडौं, कात्तिक २५ गते । नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्माले दिक्तेलस्थित गोरखनाथ गणको निरीक्षण भ्रमण गर्नुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्था निरीक्षणको क्रममा प्रधानसेनापति शर्माले शुक्रबार गोरखनाथ गणको निरीक्षण भ्रमण  गर्नुभएको हो ।

निरीक्षण भ्रमणका क्रममा उहाँले उक्त गणको वस्तुस्थिति, निर्वाचनको एकीकृत सुरक्षा योजना कार्यान्वयनलगायत विविध पक्षबारे जानकारी लिनुभएको छ । साथै सेनापति शर्माले सकल दर्जालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त निर्वाचन सुरक्षासम्बन्धी जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिनुभयो ।


जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार निरीक्षण भ्रमणका क्रममा प्रधानसेनापति महारथी शर्माले खोटाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुखसँग अन्तरक्रियासमेत गर्नुभएको थियो ।

आजै प्रधानसेनापति शर्माले भक्तपुरको नगरकोटस्थि नेपाली सैनिक वार कलेजको निरीक्षण भ्रमण गर्नुका साथै त्यहाँको वस्तुस्थितिलगायत विविध पक्षबारे जानकारी लिनुभएको थियो ।