• १३ साउन २०८१, आइतबार

सल्यानमा निर्वाचनका लागि एक हजार ६३२ कर्मचारी खटिने

blog

सल्यानमा निर्वाचनमा खटिने कर्मचारीलाई अभिमुखीकरण तालिम सुरु भएको छ । तस्बिर : प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा
सल्यान, कात्तिक २५ गते ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सल्यानमा एक हजार ६३२ कर्मचारी खटिने भएका छन् । निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी र स्वयंसेवकलगायतका कर्मचारी खटिने जिल्ला निर्वाचन कार्यालय सल्यानका निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी बताउनुभयो ।

उहाँका अनुसार २०५ मतदान अधिकृत, सहायक मतदान अधिकृत २०५, एक हजार १७ सहायक कर्मचारी, सहयोगी २०५ गरि एक हजार ६०३२ कर्मचारी खटिने छन् ।

यहाँ जिल्लाभर २०२ मतदान केन्द र ११७ वटा मतदानस्थल कायम गरिएको छ । मतदान स्थल र एक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, पाँच सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी कर्मचारी रहनेछन् ।

सल्यानमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यका लागि जिल्लाका १० वटै स्थानीय तह गरी एक लाख ५७ हजार ७०१ मतदाता छन् । महिला ७७ हजार ४८९, पुरुष ८० हजार २१२ जना छन् ।

यस्तै, मुख्य निर्वाचनको कार्यालय सल्यानमा निर्वाचनको आवश्यक तयारी तीव्र बनाएको जनाएको छ । मतदान केन्द्रसम्म पठाउने सामानको तयारी, मतपत्रलगायतमा आवश्यक सामग्री विन्यास आदिको काम भइरहेको छ । मतदानमा खटिने कर्मचारीहरुलाई आज (शुक्रबार)देखि अभिमुखीकरण तालिम सञ्चालन गरिएको छ । तीन दिनसम्म सबै मतदानमा खटिने कर्मचारीलाई अभिमुखीकरण  गरिने मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार मतदानमा खटिने कर्मचारीको कार्यक्षेत्रसमेत निर्धारण गरिनेछ ।