• १२ असोज २०८१, शनिबार

प्रधानमन्त्री कप क्रिकेट : आर्मी फाइलनमा

blog

फाइल तस्बिर

काठमाडौं, कात्तिक २५ गते। विभागीय टोली त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा आर्मी नेपाल पुलिस क्लबलाई दुई विकेटले हराउँदै फाइनलमा पुगेको हो। पुलिसले दिएको ३०५ रनको लक्ष्य आर्मीले ४९ दशमलव पाँच ओभरमा आठ विकेट गुमाएर पूरा गर्‍यो।

आर्मीको जितमा रोहित पौडेलले ८९ रनको अर्धशतकीय इनिङ खेले भने हरि चौहानले ७५ रनको योगदान दिए। राजेश पुलामीले अविजित ४३ रन बनाए भने साहब आलम १ रनमा अविजित रहे। कप्तान विनोद भण्डारीले ३२ रन जोड्दा विक्रम सोबले ३० तथा अर्जुन साउदले ११ रन जोडे। भीम सार्कीले १० रन जोड्दा कुशल मल्ल शून्य रनमा आउट भए।

पुलिसका करण केसी एक्लैले छ विकेट लिए भने राशिद खान र ललित राजवंशीले समान एकर/एक विकेट लिए।  त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर ३०४ रन बनाएको थियो। पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ खेलेका थिए। दीपेन्द्रले सर्वाधिक १४० रन बनाए। यस्तै आरिफ शेखले अविजित रहँदै ९१ रनको अर्धशतकीय इनिङ खेले। 

त्यसैगरी करण केसी आठ रनमा अविजित रहे भने कुशल भुर्तेल ३१, सुनिल धमला १३ र अमित श्रेष्ठ १० रनमा आउट भए। आर्मीका विक्रम सोबले तीन विकेट लिए भने सुशन भारीले एक विकेट लिए। अब उपाधि भिडन्तमा आर्मी र एपीएफ क्लब भिड्नेछन्। फाइनल खेल भोलि शनिबार हुनेछ। प्रतियोगिताको विजेता टोलीले रु १० लाख तथा उपविजेताले रु पाँच लाख पाउने छन्। रासस