• १२ असोज २०८१, शनिबार

पत्रकार महिलालाई क्षमता विकास तालिम

blog

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक २५ गते । पत्रकार महिलाले आफूहरूको काम गर्ने शैलीमा निखारता आउन थालेको बताएका छन् । सञ्चारीका समूहले ललितपुरमा गरेको एक कार्यक्रममा पत्रकार महिलाले सो कुरा बताएका हुन् । 

पत्रकार महिलाको क्षमता अभिवृद्धि कार्यक्रममा तीन महिने तालिम तथा मेन्टरिङले आफूहरूको लेखन शैलीमा थप सहयोग पुगेको उहाँहरूको भनाइ छ । भक्तपुरकी पत्रकार सिर्जना खड्काले तीन महिनाको अवधिमा आफूले लेख्ने शैलीमा समेत परिवर्तन आएको बताउनुभयो । 

अर्का पत्रकार भावना शर्माले तीन महिनाको अवधिमा आफू निखारिने मौका पाएको बताउनुभयो । वरिष्ठ पत्रकारलाई मेन्टरका रूपमा पाउँदा पत्रकारिताका लागि अपरिहार्य सूक्ष्म विषय पहिचान गर्न सकेको बताउनुभयो । 

कार्यक्रममा अमेरिकी दूतावासका प्रवक्ता एन्ना रिचे एलेनले पत्रकार महिलाको वृत्ति विकासका लागि आफूहरूले सक्दो सहयोग गर्ने बताउनुभयो । पत्रकार पुरुषको तुलनामा पत्रकार महिलाको अवस्था दयनीय रहेकाले आफूहरूले स्तरोन्नतिका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

अमेरिकी दूतावासको सहयोगमा सञ्चारीका समूहले देशभरबाट छानिएका १० जना महिलालाई तालिम तथा मेन्टरिङ कार्यक्रमको आयोजना गरेको थियो ।