अर्थमन्त्री जनार्दन शर्माले बेरुजुका विषयमा सरकारले अपनाएका विधि र पद्धतिमा अध्ययन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहमा अनियमित्ता बढ्दैजानु चिन्ताको विषय भएको बताउनुभएको छ । महालेखापरीक्षकको ६४ औं वार्षिकोत्सवको अवसरमा बुधबार यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो चिन्ता व्यक्त गर्नुभएको हो ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।
गृहमन्त्री बालकृष्ण खाणले नागरिकतासम्बन्धी विधेयक पारित गर्नका लागि उच्च तहमा छलफल भइरहेको बताउनुभएको छ । ।
खोलामा डुबेर आज एक बालक बेपत्ता हुनुभएको छ । प्रहरीले दिएको जानकारीअनुसार धनगढी उपमहानगरपालिका –१९ जे गाउँका ११ वर्षीय निखिल विक खोलामा डुबेर बेपत्ता हुनुभएको हो ।
बाईसे चौबिसे राज्यबाट नेपाल एकीकरण भएकाबेला गोर्खाली फौजले हिडेको बाटो नेपाली सेनाले खोज्न थालेको छ । नेपाल एकीकरण हँुदा पूर्वबाट पश्चिमसम्म पुगेको गोर्खाली फौजले प्रयोग गरेको बाटो सेनाले खोज्न थालेको हो ।
बुधवार नेप्से परिसूचक ४१.३९ अङ्क बढेर १९६२.७१ बिन्दुमा पुगेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्रि ज्ञानेन्द्रबहादुर कार्कीले श्रेणीविहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारीहरुको सेवा समूह र पद परिवर्तन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
कृषकहरु मल बिउँको चिन्तामा रहेकाबेला पोखराका पर्यटन व्यवसायीहरुले विदेशी पर्यटकलाई सहभागी गराएर १७ औं असारे रोपाइँ महोत्सव मनाएका छन् । ‘पोखरा सबै मौसमका लागि’ भन्ने मूलनाराकासाथ पोखरा पर्यटन परिषद्ले आज महोत्सव आयोजना गरेको हो ।
काठमाडौं, असार १५ गते । फिल्म 'बुलाकी' कार्तिक १८ बाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले फिल्मको रिलिज मितिसँगै पोस्टर समेत सार्वजनिक गरेको हो ।सार्वजनिक गरिएको पोस्टरमा सुरक्षा पन्त, नरेन खड्का र विराज विष्ट फिचर्ड छन् । कर्णाली भेगको जनजीवन तथा संस्कृति समेटिएको फिल्ममा लक्ष्मण सुनारको निर्देशन रहेको छ । डोल्पा, जाजरकोट र रुकुममा खिचिएको फिल्ममा सुरक्षा, नरेन्द्र खड्का, नवअभिनेता विराज विष्ट र प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री, उपासना वाइवा, सोनु सेढाइँ, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त परियारको अभिनय छ ।छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा सौगात कँडेल सह निर्माता रहेको फिल्ममा शिव ढकालको छायाङ्कन छ ।
शम्भुनाथ नगरपालिका ४, सीरकजडी, सप्तरीका नन्दीलाल चौधरी बालुवाटारबाट बेपत्ता हुनुभएको छ । उहाँका छोरा दीपक चौधरीकाअनुसार मंगलबार दिउँसो १२ः३० बजे घरबाट घुम्न निस्कनुभएका वर्ष ७५ का चौधरी हिजोदेखि बेपत्ता हुनुभएको हो ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने दाबी गर्नुभएको छ।
बुधबार बिहान ७ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२मा रहेको मेट्रो कलेजमा कृषि विषय पढ्ने विद्यार्थीहरु हिलाम्य खेतमा देखिए ।
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वामपन्थी शक्ति वैज्ञानिक समाजवादको लक्ष्यमा अघि बढ्नुपर्ने बताउनुभएको छ।
विष्णुप्रसाद पोखरेलदमक, असार १५ गते। झापामा केही वर्ष अघिसम्म धान रोप्नका लागि खेताला नपाइने समस्याले गर्दा हैरानी बेहोर्दै आएका किसान पछिल्लो समय धानखेतीमा आधुनिकरण र प्रविधिको प्रयोगप्रति उत्साहित बन्न थालेको पाइएको छ। हराएको पर्म लगाउने परम्पराको विकल्पमा सामूहिक धानखेती सुरु भएपछि धानखेतीमा एक प्रकारको क्रान्ति आउन थालेको छ।जिल्लामा सहकारी तथा कृषिसम्बन्धी विभिन्न फार्मले आधुनिक प्रकारका धान रोप्नेदेखि लिएर काट्ने र झार्नेसम्मका प्रविधिको प्रयोगलाई जोड दिन थालेपछि उत्पादन लागत घट्नुका साथै खेताला नपाइने समस्याको विकल्प निकालेको हो। बुधबार झापाको कमल गाउँपालिका–७ मा लखनपुर साना किसान सहकारी संस्थाले आधुनिक धान रोप्ने मेसिनबाट धान रोपेर असार १५ मनाएको छ।कार्यक्रममा सहभागी प्रदेश १ का कृषि सचिव मेघनाथ तिम्सिनाका अनुसार पछिल्लो समयमा झापासहित प्रदेश १ मा किसानले धान खेतीमा आधुनिकरण सहितको प्रविधिको प्रयोग थालेका छन् । 'प्रविधि तथा यान्त्रिकरणको प्रयोग र सामूहिक खेती प्रणालीबाट कृषिमा परिवर्तन सम्भव छ', उहाँले भन्नुभयो। उत्पादन लागत घट्ने र उत्पादन बढ्ने भएकाले यो सबैका लागि लाभदायी हुने पनि उहाँले बताउनुभयो।किसानको सहजताका लागि विभिन्न सहकारी संस्था, कृषि फार्म र कृषि समूहलाई सरकारले कस्टम हायरिङ्ग सेन्टीको सञ्चालनका लागि अनुदान एवं सहयोग गर्न थालेपछि सामूहिक रुपमा खेती प्रणाली गर्नेक्रम बढेको पाइन्छ। 'प्रदेश सरकारले कृषिको आधुनिकरणका लागि यान्त्रिकरण र सामूहिक तथा चक्लाबन्दी खेतीलाई प्रवर्धनका लागि बजेटको ठूलो हिस्सा छुट्याएको छ', तिम्सिनाले भन्नुभयो।आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यन्वयन एकाइ झापामार्फत कमल गाउँपालिकामा मात्र पनि दुई वटा आधुनिक र सुविधायुक्त चारपाङ्ग्रे धान रोप्ने मेसिन भित्रिएको छ। साना किसान सहकारी संस्था कमल गाउँपालिका लखनपुर र तीन वटा सहकारी संस्थाले एकैसाथ यो मेसिन भित्र्याएको पाइएको हो। 'मेसिनको धान रोपाइँ देखेर किसान पनि दङ्ग देखिनु भएको छ', साना किसान सहकारी संस्था लखनपुरका व्यवस्थापक टङ्क पराजुलीले भन्नुभयो। उहाँका अनुसार किसानले पनि सहकारीको यो मेसिन निश्चित भाडा तिरेर लगेर प्रयोग गर्न सक्ने भएकाले यस क्षेत्रमा कृषिमा नयाँ अध्याय सुरु हुने पराजुलीको भनाइ छ। कृषि उपकरण राख्ने कस्टम हायरिङ सेन्टर स्थापना गरेर किसानलाई उपलब्ध गराउने आफूहरुको योजना रहेको उहाँकाे भनाइ छ ।