• १८ असार २०८१, मङ्गलबार

सप्तरीका चौधरी बालुवाटारबाट बेपत्ता

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार १५ गते । शम्भुनाथ नगरपालिका ४, सीरकजडी, सप्तरीका नन्दीलाल चौधरी बालुवाटारबाट बेपत्ता हुनुभएको छ । उहाँका छोरा दीपक चौधरीका अनुसार मङ्गलबार दिउँसो १२ः३० बजे घरबाट घुम्न निस्कनुभएका वर्ष ७५ का चौधरी हिजोदेखि बेपत्ता हुनुभएको हो ।

पन्ध्र दिनअघिमात्र जिल्लाबाट काठमाडौं आउनुभएका चौधरी प्यारालाइसिस समस्याका कारण स्पष्ट बोल्न सक्नुहुन्न । उहाँका छोराका अनुसार बुवाको खोजीका लागि चाबहिल प्रहरीमा निवेदन दिएपछि प्रहरीले पनि खोजीकार्य गरिरहेको छ । हिजो साँझदेखि परिवारका सदस्यहरु उहाँको खोजीमा रहनु भए पनि चौधरी फेला पर्नुभएको छैन ।

काठमाडौंमा बस्ने सबै आफन्तकहाँ गएर खोजी गर्दा पनि बुवाको अवस्था कहीं पत्ता नलागेपछि थप शङ्का भएको छोरा दीपक चौधरीले बताउनुभयो । चाबहिल गोपीकृष्ण नजिक बस्नुहुने चौधरीलाई उहाँका गाउँले देवानन्द चौधरीले दिउँसो बालुवाटार नजिक भेटेर परिवारका सदस्यलाई खबर गर्नुभएको थियो । तर उहाँ आफै कोठा जानसक्छु भन्दै हिँडनु भए पनि अहिलेसम्म घर नपुग्नुभएको छोरा चौधरीले बताउनुभयो ।

उहाँका छोरा दीपक चौधरीले बुवालाई भेट्नुहुनेले नजिकको प्रहरी कार्यालय वा सम्पर्क नम्बर ९८४११९४३२८ मा खबर गरी सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।