सेयर बजारले २१ सयको बिन्दु पछ्याएको छ । अघिल्लो साता सामान्य गिरावट भएर बन्द भएको बजार यो साताको पहिलो दिन झन्डै ६० अङ्कले सुधारिएको छ भने कारोबार रकममा पनि उच्च वृद्धि देखिएको छ ।आइतबार सेयर बजार मापक नेप्से परिसूचक ५७.६५ अङ्कले उकालो लाग्दा नेप्से परिसूचक २०८६.४२ को बिन्दुमा पुगेर रोकिएको छ ।
दुुनियाँको पहुँचभन्दा पर पारि पहरामा फुलेको एउटा अनाम फूल हुँ म झुक्किएर पनि नहेर्नु यता एउटा वर्जित फूल हुँ म
सनराइज बैङ्कले कस्टमाइज फोटो कार्डको सुरुवात गरेको छ । बैङ्कले समाजसेवी अनुराधा कोइरालालाई पहिलो कस्टमाइज कार्ड हस्तान्तरण गरी कार्डको शुभारम्भ गरेको छ ।बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले माइती नेपालको कार्यालयमा आयोजना भएको कार्यक्रममा कस्टमाइज फोटोसहितको कार्ड कोइरालालाई हस्तान्तरण गर्नुभएको होे ।
१. सार्वजनिक निकायमा खरिद कार्यको अनुगमनसम्बन्धी भएको व्यवस्थाबारे चर्चा गर्नुहोस् । सार्वजनिक खरिदसम्बन्धी कार्यविधि, प्रक्रिया तथा निर्णयलाई अझ बढी खुला, पारदर्शी, वस्तुनिष्ठ र विश्वसनीय बनाई सुशासनको प्रत्याभूति गर्न तर्जुमा गरिएको सार्वजनिक खरिद ऐन, २०६३ ले सार्वजनिक निकायबाट हुने खरिद कार्यको अनुगमन, नियमन र सार्वजनिक खरिद प्रणालीलाई व्यवस्थित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत नेपाल सरकारको निजामती सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको कर्मचारीको नेतृत्वमा एक सार्वजनिक खरिद अनुगमन कार्यालयको व्यवस्था गरी उक्त कार्यालयको काम, कर्तव्य र अधिकारको व्यवस्था गरेको छ, जसलाई निम्नअनुसार प्रस्तुत गर्न सकिन्छ ः
राष्ट्रिय–सन्दर्भ १. गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रूपमा कहिले उद्घाटन गरियो ? वि.सं. २०७९ जेठ २
फ्रान्सेली फिल्म ‘दिग्वी’को छायाङ्कन नेपालमा हुने भएको छ । फ्रान्सेली भाषामा निर्माण हुने फिल्मको छायाङ्कन काठमाडौँ र सगरमाथा क्षेत्रको नाम्चे आसपासमा हुने भएको हो ।
चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि अभिनेता भुवन केसीसहित १० जनाले आवेदन दिएका छन् । आइतबार आवेदन दिने अन्तिम दिन रहेको सञ्चार मन्त्रालयअन्तर्गतको संस्थान समन्वय शाखाका प्रमुख मुकुन्द शर्माले जानकारी दिनुभएको छ ।
अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेसीले आफ्नो टिमलाई फेरि अर्को उपाधि दिलाएका छन् । क्लब फुटबलमा थुप्रै उपलब्धि हासिल गरेको भए पनि देशका लागि उनले त्यति धेरै सफलता पाएका छैनन् । आफ्नो नेतृत्वमा पहिलो पटक कोपा अमेरिकाको उपाधि दिलाएका मेसीले यस पटक ‘फाइनालिस्मा’ उपाधि जिते ।
२०७२ को भूकम्पबाट क्षति पुगेका काभ्रेका शैक्षिक पूर्वाधार निर्माणमा साढे सात अर्ब रुपियाँभन्दा बढी खर्च भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ काभ्रेका अनुसार काभ्रेपलाञ्चोक जिल्लामा भूकम्पले क्षति पुगेका ३८१ वटा विद्यालय, शौचालय र खानेपानी आयोजनाको काम सम्पन्न गर्नका लागि सात अर्ब ६६ करोड २० लाख रुपियाँ खर्च हुने जनाएको छ ।
फिलिपिन्सका तानाशाह पूर्वराष्ट्रपति फर्निनान्ड मार्कोसका छोरा फर्निनान्ड मार्कोस जुनियर राष्ट्रपतिमा र वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा डुटेर्टे उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । ६४ वर्षीय मार्कोस जुनियर पूर्वसिनेटर हुन् । चुनावमा तालमेल गरेकाले दुवैको जित सम्भव भयो । गएको मे ९ मा त्यहाँ आमनिर्वाचन भएको थियो । राष्ट्रपतिमा निर्वाचित मार्कोस जुनियरले आफ्ना निकटतम प्रतिस्पर्धीको भन्दा दोब्बर अर्थात् ५६ प्रतिशत मत पाए ।
अध्यादेशले संशोधन गरेका कानुनी व्यवस्था नजगाउँदा लामो समयदेखि दुईवटा कानुनका केही प्रावधान शून्य अवस्थामा छन् । कानुनी शून्यता हुँदा तत्काल कुनै राजनीतिक दल विभाजन हुन चाहेमा के गर्ने स्पष्ट छैन । साथै संवैधानिक निकायमा पदाधिकारी नियुक्तिसम्बन्धी कार्यविधिको कानुन पनि शून्य छ ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले दुर्गम गाउँ पापुङका किसानलाई उन्नत जातको भैंसी वितरण गरेको छ । गाउँपालिकाले शुद्ध दूध उपभोग साथै किसानको आयआर्जन वृद्धि गर्नमा सहयोग पुर्याउने उद्देश्यले किसानलाई उन्नत जातको भैंसी वितरण गरेको हो ।
कोरोना सङ्क्रमणका कारण विगत दुई वर्ष पर्यटकविहीनजस्तै रहेको नेपालमा पछिल्ला महिनामा पर्यटक आगमनमा उल्लेख्य सुधार आउन थालेको छ । खासगरी सन् २०२२ यता प्रायः सबै महिनामा नेपाल भित्रिने पर्यटकको सङ्ख्या निरन्तर बढिरहेको छ । यो क्रम जुनमा पनि कायम देखिएको छ ।
बुद्ध जन्मस्थल लुम्बिनीका दानपेटिकाको रकम गन्न सुरु गरिएको छ । लुम्बिनीको प्रमुख आम्दानीको श्रोत मानिने दानपेटिका तीन महिनापछि आईतबार खोलिएको छ ।
आर्थिक वर्षको अन्तिममा सर्लाहीका जनप्रतिनिधि र कर्मचारीलाई खर्चालु कामको चटारो छ । आर्थिक वर्ष २०७८÷७९ सकिन अब दुई साता मात्रै बाँकी रहेकाले जनप्रतिनिधि र कर्मचारीलाई ‘क्लोजिङ’को चटारो परेको हो । पालिकाका कार्यालयहरूमा अहिले विभिन्न योजनाको भुक्तानी लिन उपभोक्ता समिति र ठेकेदारको भीडभाड बढेको छ ।