• २४ असार २०८१, सोमबार

सिसिटिभी क्यामेराको निगरानीमा लुम्बिनीको दान गणना सुरु

blog

सिद्धार्थनगर, असार २० गते । बुद्ध जन्मस्थल लुम्बिनीका दानपेटिकाको रकम गन्न सुरु गरिएको छ । लुम्बिनीको प्रमुख आम्दानीको श्रोत मानिने दानपेटिका तीन महिनापछि आईतबार खोलिएको छ ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईको नेतृत्वमा सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरुको उपस्थितीमा दानपेटिका खोलिएको हो । यसलाइ गनेर सक्न ४ दिन लाग्ने अनुमान गरिएको छ । दानपेटिकामा संकलित रकमलाई पारदर्शी बनाउन सिसिटिभि क्यामेरा जडान गरि दान रकम गणना सुरु गरिएको हो ।

लुम्बिनी भ्रमणमा आएका तिर्थालु र पर्यटकहरुले गरेको दानलाई लुम्बिनीको विकासमा लगाउने गरि दानपेटिका सबैपक्षको रोहवरमा खोलिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले जानकारी दिनुभयो ।

विगतमा दानपेटिका चोरी हुने गरेको घटना समेत बाहिरिएको थियो । तर, अहिले लुम्बिनी क्षेत्रको सुरक्षा व्यवस्था समेत चुस्त पारिएकाले चोरी हुने समस्या नरहेको लुम्बिनीका सुरक्षा अधिकृत खगेन्द्र काफ्लेले बताउनुभयो  । कोषाध्यक्ष भट्टराईका अनुसार यसअघि २०७८ चैत १८ गते दानपेटिका खोलिएको थियो । १५÷१५ दिनमा दानपेटिका खोल्नुपर्ने भएपनि दानपेटिका भरिएपछि मात्रै खोल्ने गरिएको उहाँको भनाइ छ ।

अघिल्लो पटक दानपेटिकामा ३७ लाख

अघिल्लो पटक दानपेटिकामा ३७ लाख दान संकलन भएको थियो । लुम्बिनीमा प्रमुख आम्दानीको श्रोतका रुपमा दानलाई लिने गरिएको छ ।

आन्तरिक आम्दानीबाटै प्रशासनीक व्यवस्थापन गर्दै आएको कोषले जनाएको छ । कोरोना भाइरस (कोभिड–१९) पछि भने दानपेटिका लामो समयसम्म खाली हुने गरेको छ । 

Author

कपिल ज्ञवाली