• १२ वैशाख २०८१, बुधबार

खोलामा डुबेर एक बालक बेपत्ता

blog

फाइल तस्विर

अविनाश चौधरी

धनगढी, असार १५ गते । खोलामा डुबेर आज एक बालक बेपत्ता हुनुभएको छ । प्रहरीले दिएको जानकारीअनुसार धनगढी उपमहानगरपालिका –१९ जे गाउँका ११ वर्षीय निखिल विक खोलामा डुबेर बेपत्ता हुनुभएको हो । 

कैलारी गाउँपालिका –६ धर्मपुरस्थित आफ्नो मामाघर गएकोबेला गौकन्द्री खोलामा पौडी खेल्नेक्रममा उहाँ डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । 

दिउँसोतिर नुहाउनेक्रममा विक खोलामा डुबेको स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि, इलाका प्रहरी कार्यालय बहुलियाबाट खटेको प्रहरी टोलीले खोजीकार्य गरिरहेको जोशीले बताउनुभयो ।