• २१ असार २०८१, शुक्रबार

त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने

blog

काठमाडौं, असार १५ गते । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । अस्पतालले बुधबार एक सूचना जारी गर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तता दिने निर्णय गरेको हो  ।

अस्पतालले दाबी गरेको बीमाको रकम पठाउने भन्दै बीमा बोर्डले पत्राचार गरेपछि अस्पतालले बीमा कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ ।

“स्वास्थ्य बीमा बोर्डले असार १४ गते अस्पताललाई पत्राचार गर्दै स्वास्थ्य बीमा सम्बन्धी समस्यालाई यथाशीघ्र सम्बोधन गर्नलागि स्वास्थ्य बीमा बोर्डको बैठक र चिकित्सकहरुसँग विभिन्न चरणमा छलफल गरी समस्या समाधानका प्रक्रियाहरु अगाडि बढिसकेको छ र अस्पतालबाट प्रविष्ट भएका दाबीको मूल्याङ्कन गरी सोधभर्ना रकम अभिलम्ब पठाइने भएकोले स्वास्थ्य बीमा सेवा सूचारु गर्न अनुरोध भई आइएकोले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने निर्णय भएको छ ।” विज्ञप्तीमा उल्लेख छ ।

अस्पतालले असार ३ गते विज्ञप्ति निकाल्दै असार १५ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने घोषणा गरेको थियो ।