• २१ असार २०८१, शुक्रबार

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

blog

१. अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि कसले चुम्यो ?

भारत (उपविजेता : दक्षिण अफ्रिका)

दक्षिण अफ्रिकालाई सात रनले हराएर भारत आइसिसी टी–२० विश्वकप क्रिकेटको उपाधि जित्न सफल भएको हो । भारत प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको हो । यसै गरी भारतले १७ वर्षपछि टी–२० विश्वकप जितेको छ । 

सन् २००७ मा विश्वकप टी–२० को पहिलो संस्करणको उपाधि जितेपछि भारतले अर्को उपाधि जित्न नवौँ संस्करणसम्म कुर्नु प¥यो । 

सन् २०११ को एक दिवसीय विश्वकपको उपाधि भारतले जितेको थियो । 

च्याम्पियन भारतले ट्रफीसहित २४ लाख ५० हजार अमेरिकी डलर पुरस्कार प्राप्त ग¥यो । 

उपविजेता दक्षिण अफ्रिकाले १२ लाख २८ हजार अमेरीकी डलर पुरस्कार प्राप्त ग¥यो ।

भारतका विराट कोहली फाइनल खेलमा ‘प्लेयर अफ द म्याच’ घोषित भए । 

भारतकै तेज बलर जसप्रित बुमराह ‘प्लेयर अफ दी टुर्नामेन्ट’ बने ।


२. नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०८० कस–कसलाई प्रदान गरियो ?

रङ्गमञ्च विधा : वरिष्ठ रङ्गकर्मी हरिहर शर्मा 

परम्परागत तथा शास्त्रीय सङ्गीत विधा : वरिष्ठ सङ्गीतज्ञ चन्दनकुमार श्रेष्ठ 

लोकसङ्गीत विधा : लोकगायक बोमबहादुर कार्की 

सङ्गीत विधा : गायिका तारा थापा

नाटक विधा : नाटककार गोपाल देवान 

नृत्य विधा : नृत्य निर्देशक जोगेन्द्र केसी 

सम्मानित छ जना स्रष्टा कलाकारलाई जनही एक लाख रुपियाँ प्रदान गरियो । 


३. नेपाली पत्रकारिता जगत्मा हिम डमरुको उपाधि कसले पाउनु भएको छ ?

बालकृष्ण बस्नेत 


४. नेपालको इतिहासमा पहिलो पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा भ्रष्टाचार मुद्दा दायर गरिएका बहालवाला मुख्य सचिव को हुन् ?

वैकुण्ठ आर्याल 

मुख्यसचिव वैकुण्ठ अर्यालसहित ११ जना र एक कम्पनीविरुद्ध विशेष अदालतमा अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले २०८१ असार ९ मा मुद्दा दायर गरेको हो । 

भ्रष्टाचारको मुद्दा लागेपछि नेपाल सरकारका मुख्य सचिव अर्याल स्वतः निलम्बनमा परेका छन् । 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार कुनै राष्ट्रसेवक थुनामा रहेको अवधि भर र मुद्दा दायर भएमा त्यस्तो राष्ट्रसेवक उक्त मुद्दा किनारा नलागेसम्म स्वतः निलम्बित हुने व्यवस्था छ । 


५. नेपाल जीवनस्तर सर्वेक्षण, २०२२/२३ अनुसार नेपालको साक्षरता दर कति प्रतिशत पुगेको देखिएको छ ? 

७७.४ प्रतिशत

क्षेत्रगत रूपमा काठमाडौँ उपत्यकाको सहरी इलाकामा सबैभन्दा धेरै ८९.६ प्रतिशत साक्षरता रहेको छ । यहाँ ९४.७ प्रतिशत पुरुष साक्षर रहेका छन् ।

सबैभन्दा कम साक्षरता मधेश प्रदेशको ग्रामीण भेगमा ६२.९ प्रतिशत मात्र साक्षरता रहेको छ । यहाँ ५३.७ प्रतिशत महिला मात्र साक्षर रहेको सर्वेक्षणले देखाएको छ ।

प्रदेशगत रूपमा महिला साक्षरता दर सबैभन्दा धेरै बागमती (७६.८ प्रतिशत) प्रदेशमा र सबैभन्दा कम मधेश प्रदेश (५९.९ प्रतिशत) मा रहेको छ । 

पुरुषमा सबैभन्दा धेरै साक्षरता दर गण्डकी प्रदेश (९१.३ प्रतिशत) मा र सबैभन्दा कम मधेश प्रदेश (७७.९ प्रतिशत) मा रहेको छ ।

प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै साक्षरता गण्डकी प्रदेशमा र सबैभन्दा कम मधेश प्रदेशमा रहेको छ ।

राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको साक्षरता दर ७६.३ प्रतिशत रहेको छ ।


६. नेपालका प्रथम महालेखा परीक्षक को हुन् ?

चन्द्रबहादुर थापा


७. लोक सेवा आयोग निलम्बनमा परेको समयावधि कुन हो ?

विसं २०१७ माघ २५ देखि २०१८ जेठ 


८. अनुसूचीको व्यवस्था नभएको नेपालको संविधान कुन हो ?

नेपाल अधिराज्यको संविधान, २०१५ 


९. मधेश प्रदेश सभाले प्रदेश बालिका संरक्षणसम्बन्धी विधेयक कहिले पारित गरेको हो ?

विसं २०८० असार ८

यस्तो विधेयक मुलुककै पहिलो भएको दाबी गरिएको छ । 

१०. संयुक्त राष्ट्रसङ्घीय उच्च आयोग (युएनएचसिआर) ले नेपालमा रहेका शरणार्थीको दैनिकी, जीवनचर्या र उनीहरूको दैनिकीलाई सहज बनाउन युएनएचसीआर नेपालले खेलेका भूमिकाहरू समेटी प्रकाशित गरिएको तस्बिर पुस्तक कुन हो ? 

व्रिजेज अफ कम्प्यासन : अ फोटोग्राफिक ओडीसी अफ रिफ्युजिज इन नेपाल (सन् २०२४ जून २०)

पुस्तकमा विगत तीन दशकभन्दा अघिदेखि नेपालमा रहेका शरणार्थीको दैनिक जीवनयापनलाई सहज बनाउनुका साथै उनीहरूको सुरक्षा र 

संरक्षणमा नेपाल सरकारसँग मिलेर युएनएचसीआरले पु¥याएको योगदानलाई तस्बिरको रूपमा समेटिएको छ । 

शरणार्थीसम्बन्धी घोषणापत्र जारी भएको ५० वर्ष पुगेको सन्दर्भमा सन् २००० मा संयुक्त राष्ट्रसङ्घको साधारण सभाले सन् २००१ देखि जुन २० तारिखका दिन विश्व शरणार्थी दिवस मनाउने निर्णय गरेको थियो । 


११. १६ औँ पञ्चवर्षीय योजना अनुसार योजना अवधिमा बाह्रै महिना सिँचाइ उपलब्ध कृषियोग्य जमिनको क्षेत्रफल कति पु¥याउने लक्ष्य लिइएको छ ?

५० प्रतिशत 

१६ औँ योजनाले हाल २५ प्रतिशत रहेको सिँचाइ हुने कृषियोग्य जमिनलाई ५० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ । 

सिँचाइ समस्याको दीर्घकालीन समाधान गर्न पूर्वपश्चिम राजमार्गको समानान्तरमा नहर निर्माण गर्नुका साथै चुरे तथा पहाडी क्षेत्रमा ठुला पोखरी निर्माण गरी वर्षाको पानी सङ्कलन र पुनर्भरणको व्यवस्था गर्ने सरकारको योजना छ । 

त्यस्तै, हिमाली तथा पहाडी क्षेत्रमा नदीको पानीबाट लिफ्ट सिँचाइ र तराईमा भूमिगत स्रोतबाट पम्प सिँचाइलाई प्रोत्साहन गर्न विद्युत् महसुलमा राज्यले व्यवस्था मिलाउने योजना अगाडि सारेको छ । 

सरकारले पाँच वर्षभित्र धान, मकै, गहुँ, आलु, तरकारी बाली, मसला बालीमा आयात प्रतिस्थापन गर्ने लक्ष्य लिएको छ । 


१२. राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८१ असार १३ मा प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई–२०८०) को नतिजा अनुसार कति प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ?

४७.८६ प्रतिशत

सहभागीमध्ये ५२.१४ प्रतिशत विद्यार्थीको नतिजा नन ग्रेडेड (एनजी) आएको छ । 

यस पटक परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका छन् ।

एनजी समूहमा परेका दुई लाख ४२ हजार ३१३ जना विद्यार्थीका लागि तत्काल कक्षा ११ मा भर्ना हुने बाटो बन्द भएको छ । 

सैद्धान्तिक परीक्षामा न्यूनतम ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कनमा ४० प्रतिशत ल्याउन नसक्ने परीक्षार्थीको नतिजा एनजी आएको हो । 


१३. पाचौँ सुदूरपश्चिम स्पोर्टस् अवार्डमा सर्वोत्कृष्ट खेलाडी को घोषित भए ?

पुरुषतर्फ : दीपेन्द्र सिंह ऐरी (क्रिकेट) र महिलातर्फ जयन्ती बडु (कबड्डी) 

त्यस्तै, कबड्डीका विष्णुदत्त भट्ट वर्ष प्रशिक्षक बनेका छन् ।

वर्ष युवा खेलाडी हेमन्त पाल (भारोत्तोलन) 

सुदूरपश्चिम आइकन पुरुष विधामा क्रिकेटका नरेन भट्ट र आइकन महिलामा एथ्लेटिक्सकी देवकी धामी घोषित भए । 

लाइफटाइम अचिभमेन्ट अवार्ड तेक्वान्दो प्रशिक्षक गोविन्द विष्टले प्राप्त गरेका छन् । 

स्पेसल अवार्ड पौडीका अथर्व सिंह र कराँतेका प्रदीप वैजाली मगरले संयुक्त रूपमा प्राप्त गरेका छन् । 

वर्ष २०८० मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न आठ विधामा अवार्ड प्रदान गरिएको छ । 


१४. ‘राजजेता पार्क’ बनाउने योजना कुन प्रदेशको हो ?

कोशी प्रदेश


१५. रगत नीलो हुने समस्या के को कमीको कारणले हुन्छ ?

पाइरिडोक्सिन


१६. नागरिक एप सञ्चालन तथा एपमार्फत सेवा प्रवाह गर्ने सम्बन्धमा समन्वय कायम गर्न गठित समन्वय समितिको संयोजक को हुने व्यवस्था छ ?

सञ्चार तथा सूचना प्रविधि मन्त्री 


१७. नेपाली भाषामा लेखिएको पहिलो पुस्तक कुन हो ? 

अक्षराङ्क शिक्षा


१८. आव २०८०/८१ मा देशको कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान कुन प्रदेशको रहने अनुमान छ ? 

बागमती प्रदेश (३६.४ प्रतिशत), सबैभन्दा कम कर्णाली प्रदेश : ४.३ प्रतिशत

प्रस्तुतकर्ता : टङ्क केसी