• ७ वैशाख २०८१, शुक्रबार

कार्तिक १८ मा 'बुलाकी'

blog

काठमाडौं, असार १५ गते । फिल्म 'बुलाकी' कार्तिक १८ बाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले फिल्मको रिलिज मितिसँगै पोस्टर समेत सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको पोस्टरमा सुरक्षा पन्त, नरेन खड्का र विराज विष्ट फिचर्ड छन् । कर्णाली भेगको जनजीवन तथा संस्कृति समेटिएको फिल्ममा लक्ष्मण सुनारको निर्देशन रहेको छ । 

डोल्पा, जाजरकोट र रुकुममा खिचिएको फिल्ममा सुरक्षा, नरेन्द्र खड्का, नवअभिनेता विराज विष्ट र प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री, उपासना वाइवा, सोनु सेढाइँ, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त परियारको अभिनय छ ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा सौगात कँडेल सह निर्माता रहेको फिल्ममा शिव ढकालको छायाङ्कन छ ।