बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।
नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि सात दशकदेखि काव्यसाधनामा निरन्तर समर्पित रहनु भएका प्राज्ञ वैरागी काइँलालाई ‘वानीरा प्रज्ञा पुरस्कार’ समर्पण गरिएको छ ।
चितवनको निर्वाचन क्षेत्र नं. २ मा आइतबार सम्पन्न भएको उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको छ । विहान ७ बजेबाट सुरु भएको निर्वाचनमा साँझ ५ बजेसम्म सो प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले बताउनुभयो ।
बारा क्षेत्र नम्बर २ मा ६० प्रतिशत मतदान भएको छ। सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको र ५ बजेसम्म ६० प्रतिशत मतदान भइसकेको सहायक मुख्य निर्वाचन अधिकृत नवराज जोशीले जानकारी दिनुभयो।
पाँचथरको फालेलुङ गाउँपालिका ३ थकेपुङमा आगलागी हुँदा दुईवटा घर जलेका छन् ।
एसिसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स (युएई)ले सिङ्गापुरलाई २०१ रनले पराजित गरेको छ।
दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका रहेको फिल्म ‘नांगो गाउँ’को प्रदर्शन मिति सार्वजनिक भएको छ ।
तनहुँ–१ मा भएको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। क्षेत्र नम्बर १ अन्तर्गतका पाँच वटा पालिकामा ६९ मतदानस्थलका १५२ मतदान केन्द्रमा आइतबार शान्तिपूर्ण मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो।
स्थानीय तहका दलित जनप्रतिनिधिले आफूमाथि विभेद हुने गरेको बताउनुभएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीबाटै आफूमाथि विभेद हुने गरेको उहाँहरूको गुनासो छ ।
वैशाख २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म 'हल्कारा'ले चिठ्ठी लेखन प्रतियोगिता आयोजना गरेको छ ।
नेपाली काँग्रेस चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र प्रमुख जिल्ला अधिकारीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी दिएको छ ।
बढ्दो सुक्खायामका कारण खोला तथा नदीमा जलसतह घट्दा नदी प्रवाही जलविद्युत् आयोजनाको विद्युत् उत्पादन करिब २५ प्रतिशतको हाराहारीमा सीमित हुन पुगेको छ।
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले ठूलो राजनीतिक परिवर्तनपछि पनि मुलुक जस्ताको तस्तै रहेको बताउनुभएको छ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई पुनर्जीवित गराउन लागिपर्ने बताउनुभएको छ।
चितवनमा जारी मतदानमा चितवन निर्वाचन क्षेत्र २ मा ५३ प्रतिशत मत खसेको छ । एक लाख २४ हजार छ सय ९५ मतदाता रहेको यस क्षेत्रमा ६६ हजार मत अपरान्ह ४ बजेसम्ममा खसेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिनुभयो ।