राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर आज अपराह्न स्वदेश फर्किँदै हुनुहुन्छ ।
नेपाल हिमालय सीमापार वाणिज्य सङ्घले तातोपानी नाकाबाट कन्टेनर छोड्न र रसुवा नाकाको मितेरी पुल छिटो निर्माण गर्न चीनको दूतावासलाई आग्रह गरेको छ । सङ्घका अध्यक्ष रामहरि कार्की नेतृत्वको टोलीले दूतावासको इकोनोमिक एन्ड कमर्सियल काउन्सिललाई त्यस्तो अनुरोध छ ।
सरकारले चालु आर्थिक २०८२/८३ को स्टार्टअप उद्यमका लागि कर्जा प्रदान गर्न प्रस्ताव आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले बुधबार कर्जा प्रदान गर्न प्रस्ताव माग गरेको हो । नवीनतम ज्ञान, सोच, सिप र क्षमता भएका स्टार्टअप उद्यमका लागि कर्जा प्रदा
सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल यतिबेला निकै व्यस्त बनेको छ । यस विमानस्थलमा अहिले हवाईजहाज र हेलिकोप्टर गरी दैनिक १६० भन्दा बढी उडान हुन थालेको छ । सगरमाथालगायत विभिन्न हिमशृङ्खला अवलोकन गर्न आउने पर्यटकको चाप बढेसँगै विमानस्थलको व्यस्तता बढेको हो ।
किसानको पौरखमा औद्योगिक श्रम जोडिएर बनेको उत्पादन अमेरिकी बजारको खाजा बन्न पुगेको छ । देशभरका ३५ हजार किसानको परिश्रमको फललाई रुपन्देहीको शुद्धोधनमा रहेको फस्ट च्वाइस फुड्स प्रालिले ‘किसानको पौरख हाम्रो गौरब’ नारासहित नेपाली खाजा अमेरिका पठाएको छ । उक्त कम्पनीले किसानको उत्पादनमा प्रशोधन गरेर मूल्य अभिवृद्धि गरी फ्रेन्च फ्राइज पहिलो पटक अमेरिकी बजारमा पठाएको हो । किसानको परिश्रमको फल भए पनि उत्पादन फल नभएर कन्दमूल आलु हो ।
परराष्ट्र मन्त्रालयले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट मलेसियाको परराष्ट्र मन्त्रालयलाई कूटनीतिक नोट पठाइसकेको जनाएको छ । श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकारले नेपालसहितका देशमा रहेका वैदेशिक रोजगार व्यवसायीका लागि तोकेको मापदण्ड तत्काल कार्यान्वयन गर्न नसकिने आशयसहितको कूटनीतिक नोट पठाएको हो ।
नेपाल र भारतबिच विद्युत् आदानप्रदानमा बनिसकेका प्रसारण लाइनको क्षमता विस्तार र प्रस्तावित प्रसारण लाइन निर्माण गर्न नेपाल–भारत प्राविधिक टोलीबिच सहमति भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले कतार राष्ट्रिय सङ्ग्रहालय तथा इस्लामिक कला सङ्ग्रहालयको बुधबार अवलोकन गर्नुभएको छ । कतारको राजधानी दोहामा जारी ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी हुन पुग्नुभएका राष्ट्रपति पौडेलले दुई सङ्ग्रहालयको अवलोकन गर्नुभएको हो ।
म्यान्मारमा अवैधानिक कार्यमा लगाइएका १४ नेपाली नागरिकको नेपाल सरकारले उद्धार गरेको छ । अझै ११ नेपाली नागरिक म्यान्मारमा अवैद्य काममा फसेको फेला पारिएको छ । परराष्ट्र मन्त्रालयको पहलमा १४ नेपाली नागरिकको उद्धारपछि थाइल्यान्डको बैङ्ककस्थित नेपाली दूतावासले बुधबार नेपाल फिर्ता पठाएको छ ।
नेपाली कांग्रेसका नेताहरूले १५ औँ महाधिवेशन गरेर पार्टीभित्र नेतृत्व र साङ्गठनिक रूपान्तरणमार्फत देश र जनतामा नवीन आशा र भरोसा जगाउनुपर्ने बताएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा असोज २८ देखि जारी केन्द्रीय कार्यसमिति बैठकमा बुधबार बोल्ने नेताहरूले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछिको परिस्थितिलाई दृष्टिगत गरी यथाशीघ्र १५ औँ महाधिवेशन गर्नुपर्नेमा जोड दिएका हुन् ।
जेनजी विद्रोहको संस्थागत रूपान्तरणका लागि साझा दृष्टिकोण तयार गर्नुपर्नेमा जोड दिइएको छ । जेनजी नेपालद्वारा बुधबार राजधानीमा आयोजित ‘जेनजी र बृहत् राजनीतिक संवाद, आजको सङ्कट र राजनीतिक निकास’ विषयक अन्तर्क्रियामा सहभागी जेनजी आन्दोलनका समर्थक नेताले सो कुरा बताएका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेता किसान श्रेष्ठले आफूहरू नेकपा (एमाले) मा फर्कन लागेको जानकारी दिनुभएको छ । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी पार्टी अध्यक्ष माधव नेपालले माओवादीसँग पार्टी एकता र घनश्याम भुसालले पार्टी पुनर्गठन गर्न लागेको बताउँदै आफूहरू दुवैतिर नलागी आफ्नै पुरानो घर फर्कन लागेको जानकारी दिनुभयो । आफूहरू एमाले प्रवेश गर्न लागेको नभई आफ्नो घर फर्कन लागेको उहाँको भनाइ थियो । “हाम्रो मूल घर, हामीले पसिना बगाएको, हामीले जीवन अर्पण गरेको पार्टी नेकपा (एमाले) मा प्रवेश होइन कि घर फर्कने अभियानमा जुटेका छौँ,” उहाँले भन्नुभयो ।
जेनजी आन्दोलनका क्रममा हत्या, आगजनी, तोडफोड, लुटपाट, चोरीलगायत हिंसात्मक गतिविधिमा संलग्न चार सय जना आरोपितलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । प्रहरी प्रधान कार्यालयबाट प्राप्त विवरण अनुसार प्रहरीले काठमाडौँ उपत्यका, धनुषा, पर्सा, बारा, चितवन, धादिङ, काभ्रे, पर्वत, म्याग्दी, कास्की र बाँकेलगायत मुलुकका विभिन्न २२ जिल्लाबाट पक्राउ परेकामध्ये १६० जनामाथि मुद्दा दायर गरिएको छ ।
सरकारका तर्फबाट आगामी निर्वाचनको उपयुक्त वातावरणका निम्ति संवाद तीव्र पार्ने क्रममा बुधबार प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा. रामवरण यादवबिच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको शिष्टाचार भेटवार्तामा आगामी निर्वाचनको तयारी र राजनीतिक वातावरणका विषयमा चर्चा भयो ।
अमेरिकाको न्युयोर्क सहरको मेयरमा जोहरान ममदानी निर्वाचित हुनुभएको छ । ३४ वर्षीय ममदानीको विजयले अमेरिकी राजनीतिमै नयाँ तरङ्ग ल्याएको छ । विश्वभर चर्चा चुलिएको छ ।